भारत सबै सम्भव सहयोग गर्न तयार छ : प्रधानमन्त्री मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

नेपालको जाजरकोटमा शुक्रबार राती ६.४ म्याग्निच्युटको भूकम्प गएपछि भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत यस्तो प्रक्रिया दिएका हुन् ।

प्रधानमन्त्री मोदीले भनेका छन्, ‘‘भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ। हाम्रो साथ शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’’

शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२९ पुगेको छ । नेपाली प्रहरीले विहान ८ः१५ बजेसम्मको अवस्थालाई जानकारी अनुसार १२९ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस्