तस्बिरमा भग्नावशेष जाजरकोट र रुकुमपश्चिम, उद्धारमा खटिए सुरक्षाकर्मी

काठमाडौं । गएराति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टरको भूकम्पले जाजरकोट र रुकुमपश्चिमसहित आसपासका जिल्ला भग्नावशेषमा परिणत भएको छ। सबैभन्दा बढी क्षति जाजरकोट र रुकुमपश्चिममा भएको छ।

प्रहरीले दिएको पछिल्लो जानकारीअनुसार भूकम्पबाट मृत्यु हुनेको संख्या एक सय ३३ पुगेको छ भने घाइतेको संख्या एक सय ४० छ। घर भग्नावशेष भएका छन्। घरमा पुरिनेको संख्या यकिन हुन सकेको छैन। सुरक्षाकर्मीको टोली रातिदेखि नै उद्धारमा खटिएको छ।

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहानैदेखि खटिएका छन् ।उनी स्वास्थ्यकर्मीको टोली सहित सो क्षेत्रमा गएका हुन् ।

कमेन्ट गर्नुहोस्