भूकम्पपीडितको उद्धार र राहतमा हातेमालो गर्न राजनीतिक दललाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपीडितको उद्धार र राहतमा हातेमालो गर्न सबै राजनीतिक दललाई आह्वान गरेका छन् ।

“पीडितलाई राहत र घाइतेहरूको उपचारका लागि सरकार गम्भीर रहेको जानकारी गराउँदै यस कार्यमा सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल र नागरिक समाजमा अपिल गर्दछु,” प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

याे पनि पढ्नुस  चार पटक भूकम्प, जनजीवन त्रसित

शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको विनासकारी भूकम्पको क्षति बुझ्न, घाइतेहरूको उद्धार र पीडितको राहतका निम्ति अहिले आफू प्रभावित क्षेत्रमा रहेको उनले जनाएका छन् ।

शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाई गएको ६४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा १३६ जनाले ज्यान गुमाएका छन् ।

याे पनि पढ्नुस  स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला प्रस्थान

भूकम्पले ठूलो क्षति गरेपछि प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा गएका थिए ।

कमेन्ट गर्नुहोस्