अखिल क्रान्तिकारी र वाईसियल उद्धार र पुनस्र्थापनाको काममा सक्रिय

रुकुम पश्चिम । जाजरकोटमा शुक्रबार गएको भूकम्पको कारण क्षति भएका रुकुम पश्चिमका विभिन्न काममा उद्धार, राहत वितरण तथा पुनस्र्थापनाको काम तिब्र रुपमा भईरहेको छ ।

यसै क्रममा रुकुम पश्चिमस्थित नेकपा (माआवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी), वाईसियल र जन साँस्कृतिक महासंघको टोलीले आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा उद्धार र पुनस्र्थापनाको कामलाई निरन्तरता दिएको छ ।

याे पनि पढ्नुस  माओवादी केन्द्रद्धारा भूकम्प प्रभावितका लागि ५० लाख हस्तान्तरण

आईतबार अखिल ९क्रान्तिकारी० का केन्द्रिय सचिव तुल देवकोटाको नेतृत्वमा रहेको टोलीले सानीभेरी गाउँपालिकामा उद्धार र पुनस्र्थापनाको काम गरेको छ । अखिल (क्रान्तिकारी) का पूर्व जिल्ला अध्यक्ष नारायण केसीका अनुसार आज सानीभेरी गाउँपालिका १ का रझेना, पक्रैया र चाईना बगरमा पुगेर उद्धार र पुनस्र्थापनाको काम गरिएको छ ।

याे पनि पढ्नुस  दैलेखमा ५.१ रेक्टर स्केलको भूकम्प

उहाँका अनुसार आज ३५ बढी घरमा पुगेर पुरिएका अन्नपात, लत्ताकपडा र अन्य घरायसी सामान निकालिएको छ । त्यसैगरी भूकम्प पीडित तथा प्रभावितहरु बस्नलाई टेन्ट निर्माण गर्ने, मरेका पशु चौपायाहरुको व्यवस्थापन गर्ने काम गरिएको केसीले बताउनुभयो ।

उक्त टोलीले आजै १५ घर परिवारको लागि अस्थायी बासस्थान समेत निर्माण गरेको बताईन्छ । यो कार्यलाई निरन्तर सञ्चालन गरिने बताईएको छ ।

याे पनि पढ्नुस  सुदूरपश्चिममा दशैंको मुखमा भूकम्पको त्रास

यस कार्यमा युवा नेता डम्बर थापा, बिद्यार्थी नेताहरु तुल देवकोटा, नारायण केसी, बिशाल बिष्ट, किरण विश्वकर्मा, दुर्गा प्रसाद विश्वकर्मा लगायतको सक्रियता रहेको थियो ।

कमेन्ट गर्नुहोस्