त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारीमा शिवलाल भुसाल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी तीन महिनाका लागि शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले पाएका छन् । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्तिक १७ गते उनलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

यसअघिका उपकुलपति डा.धर्मकान्त बास्कोटाको पदावधि कार्तिक १६ देखि सकिएपछि उपकुलपति पद रिक्त थियो ।

त्रिवि ऐन, २०४९ को दफा २१ ९ख० अनुसार डा। भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको त्रिविले जनाएको छ । सो दफाअनुसार उपकुलपति पद रिक्त भएमा सो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनाका लागि सहकुलपतिको परामर्शमा कुलपतिले उपकुलपतिको जिम्मेवारी तोक्न सक्ने व्यवस्था छ । यसरी तोकिने व्यक्ति वरिष्ठताका आधारमा हुने ऐनमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्