दुई सय स्वास्थ्यकर्मी भूकम्प प्रभावित क्षेत्रमा परिचालित

जाजरकोट। दुई सय चिकित्सक, स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्र खटिएको छ । गत शुक्रवार मध्यरातमा गएको भूकम्पमा परि घाइते भएका सर्व साधारणको उपचारका लागी सात वटै पालिको गाँउबस्ती खटिएको हो ।

जाजरकोट अस्पतालका फोकलपर्षन कृष्ण बहादुर खत्रीका अनुसार नेपालगन्ज, सुर्खेत काठमाडौँ, दाङ्, लगायत अस्पताल तथा स्वास्थ्य संस्था नेपाली सेना, सशस्त्र प्रहरीका विशेषज्ञ डाक्टर स्वास्थ्यकर्मीको टोली सहयोग गर्न औषधि सहित जाजरकोट पुगेको टोली सात वटै पालिकाका ग्रामीण बस्तीमा पुगेको फोकल पर्सन खत्रीले बताए ।

ईन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुबेदीको टोली भूकम्पको केन्द्र विन्दु रामी डाँडा पुगेको डाक्टर सहित काउनसेलरको टोलीले बारेकोट गाउँपालिका १ रामिडाँडा, सिल्पाचौरका घाइते तथा प्रभावित जनतालाई स्वास्थ्य उपचार गर्न थालेको ईन्सेक कर्णाली प्रदेशका संयोजक सुवेदीले बताए ।

बारेकोट १ रामिडाँडामा राहत सामाग्री समयमा नपुगेका कारण खुल्ला आकाश मुनी सर्व साधारण बस्न बाध्य भएका छन् ।

कमेन्ट गर्नुहोस्