जलविद्युत्मा लगानी बढाउन अन्तर्राष्ट्रिय लगानीकर्तालाई राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अबको लगानी जलविद्युत्केन्द्रित हुनुपर्ने बताएका छन् । नेपालको बिजुली भारत र बंगलादेशमा निर्यात हुने भन्दै उनले यो क्षेत्रमा अन्तर्राष्ट्रिय लगानीकर्ताले लगानी बढाउन सक्ने उल्लेख गरे ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ‘३७औँ क्यासी कन्फरेन्स’मा उनले जलविद्युत्सँग आईटी र पर्यटन क्षेत्रमा पनि लगानी बढाउन आह्वान गरे ।

भारत र चीनका बीचमा नेपाल हुनु व्यापारका निम्ति अवसर भएको भन्दै राष्ट्रपति पौडेलले उद्योगमा लगानी बढाएर यसको फाइदा लिन आग्रह गरे ।

कन्फरेन्समा दुई दर्जनभन्दा बढी लगानीकर्ता सहभागी छन् ।

कमेन्ट गर्नुहोस्