जाजरकोट भूकम्प : मृतक अधिकांश बालबालिका र महिला

सुर्खेत । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएका मध्ये झन्डै आधा संख्या बालबालिका रहेको पाइएको छ भने भूकम्पमा परी मृत्यु हुने बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ ।

प्रहरीले उपलब्ध गराएको तथ्यांकानुसार कात्तिक १७ गते राति गएको भूकम्पमा परी मृत्यु भएका १५७ मध्ये ७८ बालबालिका रहेका छन् ।

याे पनि पढ्नुस  जाजरकोट भूकम्प २६ हजार ५२० घरमा पूर्ण क्षति

भूकम्पमा परी जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ बालबालिकाको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।

उनका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने झन्डै आधा बालबालिका रहेका छन् । जाजरकोटमा मृत्यु भएका १०५ मध्ये बालक २७ र बालिका २३ रहेका रोकाले बताए ।

याे पनि पढ्नुस  भुकम्पमा मृत्यु हुनेहरुको सम्झानामा ‘नेपाल पदयात्रा बृत्तचित्र २०७२’ सार्वजनिक (हेर्नुस भिडियो)

भूकम्पमा परी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएकामा २८ बालबालिकाले रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिए ।

उनले भने, “रुकुम पश्चिममा भूकम्पमा मृत्यु भएका मध्ये अधिकांश बालबालिका छन् । दुईजना १० महिनाका बालबालिकाले समेत ज्यान गुमाएका छन् ।”

याे पनि पढ्नुस  भुकम्पमा मृत्यु हुनेहरुको सम्झानामा ‘नेपाल पदयात्रा बृत्तचित्र २०७२’ सार्वजनिक (हेर्नुस भिडियो)

बेला–बेलामा हुने यस्ता विपद्मा महिला, बालबालिका र ज्येष्ठ नागरिकसँगै अपांगता भएका व्यक्ति धेरै समस्यामा पर्ने गरेका छन् । रासस

 

कमेन्ट गर्नुहोस्