माओवादी सांसद लामाद्धारा भूकम्प पिडितको राहतका लागि १ लाख ११ हजार सहयोग

काठमाडौं । माओवादी केन्द्रकी सांसद छिरिङ लामाले आफ्नो ३ महिना बराबरको तलब नगद र जिन्सी गरी सहयोग गरेकी छन् । उनले जाजरकोट र रुकुममा गएको विनासकारी भूकम्पबाट क्षति भएकाको उद्धार र राहतका लागि सो सहयोग गरेकी हुन् ।

सांसद लामाले माओवादी केन्द्र कर्णाली प्रदेशले स्थापना गरेको राहत कोषमा रु १ लाख ११ हजार जम्मा गरेकी हुन् साथै उनले लत्ताकपडा पनि सहयोग गरेकी छिन् ।

याे पनि पढ्नुस  अर्जेन्टिनामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

सासंद लामा पनि कर्णालीबाट प्रतिनिधित्व गर्छिन । जनताको पिडामा मलामपट्टी लगाउँन केही सहयोग हुन्छ कि भनेर आफुले पार्टीले स्थापना गरेको राहत कोषमा रकम हस्तान्तरण गरेको बताइन् ।

कमेन्ट गर्नुहोस्