एकीकृत समाजवादीले भूकम्पपीडितलाई २५ लाख दिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले भूकम्पपीडितका लागि २५ लाख दिने भएको छ ।

सोमबारको सचिवालय बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले २५ लाखको स्रोत कार्यकर्ताबाट आर्थिक संकलन रहेको पनि बताए ।

कमेन्ट गर्नुहोस्