कोसीमा एमाले प्रतिपक्षमा बस्ने, समर्थन फिर्ता नलिने

काठमाडौं । कोसी प्रदेशमा नेकपा (एमाले) संसदीय दलको बैठकले प्रदेशसभामा प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।

सरकारबाट शनिबार बाहिरिएपछि सोमबार बसेको संसदीय दलको बैठकले एमालेकै समर्थनमा बनेको सरकारमा पछि विश्वासको मत दिएका सबैलाई राखेर एमालेलाई नै कर्नरमा पार्ने प्रयास भएको निष्कर्ष निकाल्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।

प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार एमाले प्रतिपक्षमा बसे पनि मुख्यमन्त्रीलाई दिएको विश्वासको मत भने फिर्ता लिने छैन ।

कमेन्ट गर्नुहोस्