भूकम्प लगत्तै उद्धार र उपचारमा देखाएको सक्रियताप्रति रास्वपाद्धारा सरकारको प्रशंसा

काठमाडौं । संसदको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डसँग भेटघाट गरेको छ ।सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबार रास्वपाका उपसभापति एंव सांसद डोरप्रसाद अर्याल, सांसदहरू मनिस झा , सुमना श्रेष्ठ, सोविता गौतम लगायतले प्रधानमन्त्री प्रचण्डसँग भेट गरी भूकम्पपछि प्रधानमन्त्रीले चालेका कदमको खुलेर प्रशसा गरेका हुन् ।

भेटघाटका क्रममा रास्वपाका नेताहरूले शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्प पछि राहत तथा उद्धारमा सरकार एंव प्रधानमन्त्र स्वंयमले देखाएको सक्रियताको खुलेर प्रशसा गरेका छन् ।

रास्वपाले उद्धार र उपचारको लागि सरकारलाई धन्यवाद दिंदै एकद्वार प्रणाली भन्दै गर्दा राहतमा कोही नछुटुन भन्ने सुझाव समेत दिएको छ । साथै, सडक पहुँच नभएकोलाई प्राथमिकतामा राख्दै चिसोको बेला पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएका प्रायः सबैजसो माग क्याबिनेट र विपत्त प्राधिकरणबाट निर्णय गराएको बताए । सबैभन्दा टाढा र सबैभन्दा गरिबलाई पहिलो प्राथमिकता भन्ने आफ्नो निर्देशन र रास्वपा पार्टीको भावना मिले उनले बताए ।

कमेन्ट गर्नुहोस्