सिरहाको लाहानबाट अटोमेटिक पेस्तोलसहित तीनजना नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरीले सिरहाको लाहानबाट अटोमेटिक पेस्तोलसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । सशस्त्रको इन्टेलिजेन्स ब्युरोले लाहानबाट एउटा ९ एमएमको अटोमेटिक पेस्तोलसहित तीनजनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरूमा सप्तरीको सुरुङ्गा नगरपालिका–८ बस्ने ३१ वर्षीय अनिल राम, सोही नगरपालिका–५ का ३० वर्षीय जिबानन्द चौधरी र सप्तरीकै खडक नगरपालिका–४ का ३५ वर्षीय सञ्जयप्रसाद चौधरी रहेका छन् ।

विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले लाहान नगरपालिका–१ हाइवेबाट दुई थान गोली लोड भएको अटोमेटिक पेस्तोल, एकलाख ८४ हजार २५३ रुपैयाँ, चार थान मोबाइल, नेपाल टेलिकमको २२ थान सिमकार्ड, एनसेलको १४ थान सिमकार्ड, नेपाल टेलिकमकै ५० रुपैयाँ दरको २६ हजारको र १०० दरको ९६ हजारको रिचार्ज कार्ड बरामद गरेको छ ।

यसैगरी उनीहरू सवार स ९ प ४९७१ नम्बरको मोटरसाइकल र तीन लाख ४२ हजार ५ सय बराबरको एनसेलको रिचार्ज कार्डसमेत बरामद भएको छ ।

उनीहरू विभिन्न अपराध र फिरौतीमा संलग्न भएको बुझिएको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्