आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई एक करोड ५० लाखको चेक हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले भूकम्प प्रभावितका लागि घोषणा गरेको रकम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन् ।

उनले प्रधानमन्त्री कार्यालयमा पुगेर एक करोड ५० लाखको चेक हस्तान्तरण गरेका हुन् । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रुपबाट प्रवद्र्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसनमार्फत घोषणा गरिएको सहयोग रकमको चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

याे पनि पढ्नुस  इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री डा। प्रकाशशरण महत र मुख्यसचिव डा. बैकुण्ठ अर्यालसमेत उपस्थित थिए ।

सहयोग रकम हस्तान्तरण सँगै आइएमई ग्रुपले भूकम्पका कारण मृत्यु भएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

याे पनि पढ्नुस  भूकम्पको क्षतिबाट प्रधानमन्त्री मर्माहत, राहत तथा उद्धारमा जुट्न अपील

साथै, भूकम्प प्रभावित क्षेत्रमा आईएमई ग्रुप तथा आईएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोगसमेत उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।

कमेन्ट गर्नुहोस्