काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को अध्यक्षमा देवेन्द्र प्रसाद यादव नियुक्त भएका छन् । मन्त्रिपरिषद्को निर्णय अनुसार उनी सो पदमा नियुक्त भएका हुन् ।
सरकारले हालै गठन गरेको परिषद्मा सिराहा सोठाइनका ६५ वर्षीय यादवलाई बढीमा एक वर्षका लागि नियुक्त गरेको कृषि मन्त्रालयले जनाएको छ ।
कृषि मन्त्रालयबाट सहसचिवबाट अवकाश प्राप्त गरेका यादवसँग पशु सेवा क्षेत्रको ३० वर्षको अनुभव रहेको छ । मलेसियाबाट पशु आहार सम्बन्धी अध्ययन गरेका उनलाई पशु क्षेत्रका विज्ञ मानिन्छ । सेवा अवधिमा हिमाल, पहाड र तराईका विभिन्न १५ वटा जिल्लामा पशु क्षेत्रमा सेवा दिइएका छन् ।