काठमाडौं ।अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष समेत रहेका नेकपा (माओवादी केन्द्र)का नेता जनक बर्तौलामाथि सांघातिक आक्रमण भएको छ ।
आज अपरान्ह ३ बजेको समयमा मध्यवानेश्वरमा अपरिचित व्यक्तिले पछाडिबाट रड प्रहार गरेको प्रहरीले जनाएको छ ।
टाउँकोमा रड प्रहारबाट घाइते भएका बर्तौलाको नर्भिक अस्पताल थापाथलिमा उपचार भैरहेको छ । उनको स्वास्थ्य खतरामुक्त रहेको छ ।
रड प्रहार गर्नेको प्रहरीले खोजीकार्य तिब्र पारेको छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले रड प्रहारबाट घाइते बर्तौलालाई भेटी शिघ्रस्वाथ्यलाभको कामना गरेका छन् ।
उनले अपराधिलाई कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकि नराखिने दृढता समेत व्यक्त गरेका छन् ।