प्रधानमन्त्री प्रचण्ड र चिनियाँ सचिव वाङबीच भेटघाटमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागी थियो ।

भेटमा दुईदेशबीचको आपसी सहकार्य र आपसी हितबका बारेमा छलफल भएको बताइएको छ ।

सचिव वाङ छुङछेङ लगायतको टोली नेपालको पाँच दिने भ्रमणमा रहेको छ । बुधवार काठमाण्डौं आइपुगेको टोलीले हिजैदेखि भेटघाटलाई तिव्रता दिएको छ ।

वाङको भ्रमण दलमा नेपाल मामिला हेर्ने चिनियाँ निकायका प्रतिनिधि पनि सहभागी छन् ।भ्रमण दलले अन्य दलका नेताहरूसँग पनि भेटघाट गर्ने कार्यतालिका रहेको छ ।

चिनियाँ नेता वाङ शुक्रबार पोखरा गएर त्यहाँका मुख्यमन्त्रीसँग भेट्ने र चीन–नेपाल सांस्कृतिक आदान प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका पनि रहेको छ ।

भेटवार्ताहरु दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा केन्द्रित हुने बताइएको छ । चिनियाँ नेता वाङको भ्रमणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

कमेन्ट गर्नुहोस्