एन्फाका अध्यक्ष नेम्वाङले पाए विश्वासको मत

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईले विश्वासको मत प्राप्त गरेका छन् ।

मकवानपुरको हैटौँडामा बिहीबार सम्पन्न एन्फाको विशेष साभारणसभामा उनीहरूविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव असफल भएर विश्वासको मत प्राप्त गरेका हुन् ।

मतदानमा ८७ मध्ये कुल ५३ मत खसेको थियो । त्यसमध्ये एक मत बदर भएको थियो । मतदानमा अविश्वासको प्रस्तावको पक्षमा एक मत पनि खसेन ।

अविश्वासको प्रस्ताव असफल भएसँगै अध्यक्ष नेम्वाङको पद जोगिएको छ । नेम्वाङले एन्फा अध्यक्ष पदमा निरन्तरता पाउने भएका छन् ।

केही समयपछि नै नेम्वाङ पक्षले पत्रकार सम्मेलन गर्ने भएको छ । यसका अतिरिक्त असन्तुष्ट पक्षले पनि छुट्टै पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्