भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार दृढ छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताएका छन्।

उनले अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक देखिएका छन्, यद्यपि दवाव अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने आवश्यकता महसुस भएको चर्चा पनि गरे।

बिहीवार काठमाडौंमा आयोजित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

उनले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढीरहेको बताए। उनले देशमा विद्यमान चुनौतिहरूलाई अवसरमा बदल्न सबै क्रियाशील हुनुपर्ने बताए । उनले आर्थिक दबाब चिर्नका लागि रणनीतिक कदम चाल्नुपर्ने महशुस भएको बताए।

प्रधानमन्त्रीले भने, ‘‘अहिले हामीले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढीरहेको सन्दर्भमा देशमा विद्यमान चुनौतिहरुलाई अवसरमा बदल्न हामी सबै क्रियाशील हुनुपर्छ ।’’

प्रधानमन्त्रीले पश्चिम नेपालमा गएको भूकम्पपछिको उद्धार र राहतमा सरकारले तदारुकताका साथ पहलकदमी लिएको दाबी गरे। उनले २०७२ को भूकम्पबाट सिकेको पाठबाट यस पटक पुनस्र्थापना र पुनःनिर्माणको कामलाई व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताए।

कमेन्ट गर्नुहोस्