साहलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मौलापुर नगरपालिका, रौतहटकी प्रमुख रिनाकुमारी साहलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले साहलाई पदमुक्त गर्न नेकपा (एमाले)ले गरेको पत्रचार र निर्वाचन आयोगले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । आदेशमा नगर प्रमुखको पदमा रही साहलाई कामकारवाही गर्न भनिएको छ ।

एमालेले नगर प्रमुख साहले दल त्याग गरेकाले पद स्वतःरिक्त हुने भनेर निर्वाचन आयोगमा पत्रचार गरेपछि आयोगले गत असोज २९ साह पदमुक्त भएको निर्णय गरेको थियो । उक्त निर्णयविरूद्द साहले सर्वोच्च अदालत रिट निवेदन दायर गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्