‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ देशलाई नयाँ युग तर्फ लैजाने अभियान : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान माओवादी केन्द्रले हिजो त्याग,तपस्या र वलिदनीबाट ल्याएकाे प्राप्त उपलब्धिहरूको रक्षा गर्दै देशलाई नयाँ युग तर्फ लैजाने अभियानको सुरुवात भएको बताएका छन् ।

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत कीर्तिपुरका जनतासँग साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले सरकारमा रहेर जनतामा देशमा केही गर्न सकिन्छ है भन्ने आशा र भरोसा जगाउँने काम गर्नुपर्ने बताए । सोहि अनुसार उनले सामाजिक न्याय सुशासन र समृद्धिको पक्षमा काम गर्न खोजिएको बताए ।

सामन्ति राज्य व्यवस्थाको अंशको रुपमा रहेको मिटरब्याज पिडित किसानहरूलाई मिटरब्याजबाट मुक्त गरिएको उनले बताए । नागरिकता नभएका नेपालीका सन्तानलाई नागरिकता उपलब्ध गराएर उनीहरूको अभिभाकत्व ग्रहण गरिएको, विदेशमा रहेका नागरिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरी सामाजिक न्यायको क्षेत्रमा काम गरिएको बताए ।

सरकाले भूमाफिया, तस्करका विरुद्ध जनताकाे पक्षमा काम गरेको उनले बताए । त्यसबाट आंतकित भएर सरकारविरुद्ध केही जाली फटाहरूले कु प्रचार गर्न समेत लागि परेको बताउँदै सरकारले गर्न खोजेका सकारात्मक प्रसासबारे जनतालाई बुझाउनुपर्ने उनले बताए ।

अर्थतन्त्रलाई चलायमान गराउनको निम्ति विभिन्न निर्णय गरेको उनले बताए । पछिल्लो समय राजस्व बढ्न थालेको, रेमिटेन्स बढेको, पर्यटक आउँने क्रम बढेको बताउँदै भएपनि भने जति हुन नसकेकाे उनले बताए । अर्थतन्त्रलाई थप गतिशिल गराउँन तिहार लगत्तै अर्थ विधहरूसँग बृहत छलफल गर्न लागेको  प्रधानमन्त्रीले जानकारी दिए ।

जनअपेक्षा अनुसार सबै काम गर्न गठबन्धनका सिमितता रहँदा रहदै पनि अधिकतम काम गर्नका लागि प्रतिपक्षलाई समेत समेटेर अगाडि बढ्ने गरी सबै पक्षसँग छलफल गरी राखेको अध्यक्ष प्रचण्डले जानकारी दिए । उनले जनताका सबै समस्याको समाधान गर्दै जनताको खास नेतृत्व माओवादी केन्द्रले मात्रै गर्न सक्छ भन्ने कुराको स्थापित गर्नुपर्ने  बताए ।

प्रधानमन्त्री प्रचण्डले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ जस्तै सरकारको नेतृत्व गर्ने बताए। ०६४ कै स्थितिमा फर्किन नसके पनि सो सरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।

उनले सरकारबाट सुशासन, समृद्धि र सामाजिक न्यायको नयाँ आन्दोलनको सुरुआत गरेको र अझै नयाँ आन्दोलनको आवश्यकता रहेको बताए । उनले प्रधानमन्त्री कहिलेसम्म रहने भन्नेकुरा मुख्य नभएको तर जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा आफ्ना लागि मुख्य रहेको बताए ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले कृर्तिपुर वासीहरूले राखेका प्रश्नहरूको उत्तर सहित सम्बोधन गरेका थिए । सो क्रममा उनले पहिलोपटक किर्तिपुर वासीकोलागि यस अघि  प्रधानमन्त्री हुँदा गर्न नसकेका काम अहिलेको कार्यकालमा गर्ने प्रतिवद्धता समेत जनाए ।

कमेन्ट गर्नुहोस्