काठमाडौं । भाटभटेनी सुपर मार्केटले जाजरकोट र पश्चिम रुकुममा ८० लाख बराबरको चामल प्रदान गरेको छ । भूकम्प पीडित जनताको लागि उक्त चामल हस्तान्तरण गरिएको हो ।
भाटभटेनीका तर्फबाट चार लाख २० हजार केजी चामल बिहीबार नै रुकुम पश्चिम लगेर सरकारी निकायलाई हस्तान्तरण गरिएको चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले जानकारी दिए । उनका अनुसार जाजरकोटका लागि पठाइएको चामल आज त्यहाँ पुगेको छ ।
जाजरकोटमा पनि सरकारी राहत कोषमार्फत् वितरण गरिनेछ । जाजरकोट पनि रूकुम पश्चिममा जत्तिकै चार लाख २० हजार केजी चामल सहयोग गरिएको उनले जानकारी दिए ।
भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राहत कोषमा एक करोड ११ लाख एक हजार १११ रुपैयाँ सहयोग प्रदान गरिसकेका छन् ।
उनका अनुसार पीडितका लागि आवश्यकताअनुसार अझै सहयोग गर्ने तयारी भाटभटेनीले गरेको छ ।