उपलब्धीमाथि प्रश्न उठाउने दुश्साहस भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीमाथि प्रश्न उठाउने दुश्साहस भइरहेको बताएका छन्। मानवअधिकारवादी नेता तथा वाम बुद्धिजीवि पद्मरत्न तुलाधरको पाँचौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले भने ‘अहिले विभिन्न कोणबाट माथि नै प्रश्न उठाउने दुश्साहस भएको छ ।यसलाई नयाँ पुस्तामा कसरी हामी यहाँ आइपुगेको हो भन्ने बुझाउनु आवश्यक भएको छ । यसका लागि संघर्ष गर्नुहुने पद्मरत्नको योगदान उहाँको स्मृति दिवसका सन्दर्भमा झनै आवश्यक बनेर गएको छ ।’

उनले जनयुद्धका समयमा रोल्पामा गएको स्मरण गर्दै पद्मरत्न तुलाधर र दमननाथ ढुंगाना दुबैले जनयुद्धलाई राजनैतिक आन्दोलनको रुपमा व्याख्या गर्नुभएको बताए । प्रधानमन्त्री प्रचण्डले भूमिगतरुपमा अन्य दलहरुसँग सहमति र शान्तिको वातावरण बनाउन पद्मरत्न तुलाधर र दमननाथ ढुंगाना दुबैको भूमिका रहेको उल्लेख गर्दै सांस्कृतिक र भाषिक सम्मान आन्दोलन तथा जातीय पहिचान र वर्गीय उन्मुक्तिका निम्ति निरन्तर आवाज उठाएको बताए ।

कमेन्ट गर्नुहोस्