काठमाडौं । नेपाली इथिकल ह्याकरको टोली ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२३’ प्रतियोगितामा तेस्रो भएको छ ।
सेमिफाइनलमा स्पेनसँग पराजित नेपालले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा फ्रान्सलाई हराउँन सफल भएको हो ।
यससँगै नेपाली टिमले कूल एक लाख ६० हजार डलर (करिब दुई करोड १२ लाख रुपैयाँ) बढी पुरस्कार प्राप्त गरेको छ ।