काठमाडौं । सत्तारुढ पार्टी नेकपा (माओवादी केन्द्र)को जनवर्गीय संगठन अखिल(क्रान्तिकारी)ले देउसी भैलो खेल्ने भएको छ ।
भूकम्पप्रभावित जिल्ला रूकुम पश्चिम र जाजरकोटका नागरिकको सहयोगार्थ देउसी भैलो खेल्न लागेको क्रान्तिकारीका अध्यक्ष पंचा सिंहले जानकारी दिइन् ।
कात्तिक २६,२७ र २८ गते खेलिने देउसी भैलोमा सहभागी हुन् उपत्यकामा रहेका आफ्ना नेताकार्यकर्तालाई क्रान्तिकारीले आह्वान गरेको छ ।
क्रान्तिकारीले भूकम्प प्रभावित क्षेत्रमा विद्यालय तथा आवास पुनर्निमाणको लागि आफ्ना २०० जना नेता कार्यकर्तालाई स्वयंसेवकको रूपमा एक महिनाको लागि खटाउने निर्णय गरेको छ ।
क्रान्तिकारीले आ-आफुबीच रकम संकलन गरेर १० लाख रुपैया भुकम्प पिडितलाई राहात स्वरुप प्रदान गर्ने निर्णय गरिसकेको छ ।