काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूर्यको पूजा आराधना गरी मनाइने पर्व छठको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले एक शुभकामना वक्तव्य जारी गर्दै छठ पर्वका अवसरमा तराईबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइशुभलाई कामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले नेपाली समाजमा प्रचलित सबै चाडपर्वहरूमा आफ्नो ऐतिहासिक पृष्ठभूमि र विकासक्रमको संकेन्द्रण पाइने बताएका हुन् । मानव जीवन कृषि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारहरूको खुसियाली एवं कृषि युगको निरन्तरताको प्रतीकका रूपमा सूर्यको आरधना गरी छठ पर्वको परम्परा सुरूवात भएको प्रधानमन्त्रीको भनाई छ ।
छठ पर्व प्रकृति र मानव जीवनबीच जीवन्त व्यवहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा समेत स्थापित रहेको प्रधानमन्त्रीले बताएका छन् । यो पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनउपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने गर्दछन् ।
यस्तो छ शुभकामना वक्तव्य