जाजरकोट भूकम्प पीडितहरूलाई अखिल(क्रान्तिकारी) त्रि-चन्द्रको सहयोग

काठमाडौं । अखिल(क्रान्तिकारी) त्रि-चन्द्र क्याम्पस कमिटीले जाजरकोट भूकम्पका पीडितलाई आर्थिक सहयोग गरेको छ ।

जाजरकोट र रुकुम क्षेत्रका भुकम्प पीडितहरूको लागि अखिल (क्रान्तिकारी) त्रि-चन्द्र क्याम्पस समितिद्वारा संचालित आर्थिक सहयोग संकलन अभियानबाट जम्मा भएको रकम केन्द्रीय कमिटी मार्फत सहयोग गरेको हो ।

त्रि-चन्द्र क्याम्पस कमिटीका अध्यक्ष प्रेम तामाङका अनुसार केन्द्रीय अध्यक्ष पञ्चा सिंहमार्फत १ लाख २० हजार रूपयाँ भूकम्प पीडितका लागि क्याम्पस कमिटीले सहयोग गरेको हो । सो रकम अखिल( क्रान्तिकारी)का क्याम्पस पदाधिकारीहरू, केन्द्रीय कमिटी सदस्य रामचन्द्र भट्ट लगायतले संगठनको केन्द्रीय कार्यालय पुगी अध्यक्ष पञ्चा सिंहलाई हस्तान्तरण गरेका हुन्।

सो रकम केन्द्रीय अध्यक्ष पञ्चा सिंहलाई हस्तान्तरण गर्दै क्याम्पस अध्यक्ष तामाङले आफुहरूले संचालन गरेको अभियानमा ऐक्यबद्धता जनाउने क्याम्पसमा कमिटीका पूर्व नेताहरू,क्याम्पस कमिटीका पदाधिकारीहरू , सदस्यहरू लागयतलाई धन्यवाद व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्