अर्थतन्त्रलाई गति दिन आज बृहत् छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि आज छलफल गर्दै छन् । अर्थतन्त्रसम्बन्धी छलफल गर्न उनले बृहत् बैठक आह्वान गरेका हुन् ।

सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको भन्दै उनले बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा अर्थविधहरूसँग गम्भीर छलफल गरिने प्रधानमन्त्रीले बताएका छन् ।

याे पनि पढ्नुस  केदार कार्की गठबन्धनकै मुख्यमन्त्री : प्रधानमन्त्री प्रचण्ड

बैठकले ठोस प्याकेज घोषणा गर्ने र अर्थतन्त्रमा सुधार ल्याउने प्रधानमन्त्रीको विश्वास रहेको छ । तिहार र छट पर्व सकिनासाथ प्रधानमन्त्री प्रचण्डले यस किसिमको छलफलको आह्वान गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अर्थ क्षेत्रका विज्ञ तथा अर्थविधहरूसँग अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्न लागेका हुन् ।

कमेन्ट गर्नुहोस्