हमासको बन्धकमा विपीन पनि रहेको पुष्टि

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले हमासको आक्रमणमा हराइरहेका नेपाली नागरिक विपीन जोशीको खोजी कार्य जारी रहे पनि फेला पार्न नसकिएको बताएको छ ।

७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरूमध्येमा विपीन पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको दूतावासले जनाएको छ ।

याे पनि पढ्नुस  इजरायलमा फसेका नागरिकलाई स्वदेश ल्याउन आवश्यक तयारी भइरहेको छ : प्रधानमन्त्री

“पिवीनको पछिल्लो अवस्थाबारे यकिन गर्न सकिएको छैन । हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको छ,” दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ ।

कमेन्ट गर्नुहोस्