उदाउँदो सूर्यलाई पूजा गरी छठ पर्वको समापन

काठमाडौं। उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई चार दिन लामो छठ पर्वको आज बिहान समापन गरिएको छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिइएको थियो ।

जल एवं सूर्यदेवको आराधना र उपासना गर्न देशैभरका नदि तथा पोखरी तटमा भक्तजनको भीड लागेको थियो ।

कमेन्ट गर्नुहोस्