तेलंगानामा निर्माणाधीन रंगशाला भत्किँदा तीनजनाको मृत्यु, १० घाइते

नयाँ दिल्ली । दक्षिणी भारतीय राज्य तेलंगानामा निर्माणाधीन इनडोर स्टेडियमको एक भाग सोमबार भत्किँदा कम्तीमा तीनजनाको मृत्यु भएको छ भने, अन्य १० जना घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। सो दुर्घटना तेलंगानाको राजधानी हैदराबादबाट ३० किलोमिटर पश्चिममा रहेको रंगा रेड्डी जिल्लाको मोइनाबाद गाउँमा भएको हो ।

घाइतेहरूलाई तुरुन्तै नजिकको अस्पतालमा लगिएको प्रहरी अधिकारीले बताएका छन् ।

रंगशालाको स्ल्याब र पर्खाल भत्किँदा थुप्रै कामदारहरू भाग्नावशेष मुनि फसेका थिए । सो दुर्घटना हुँदा कम्तीमा २० कामदार घटनास्थलमा रहेको बताइएको छ।

निर्माण विज्ञहरूका अनुसार प्रायः निर्माण नियमहरू उल्लंघन, प्रशासनको लापरबाही र भ्रष्टाचारजन्य गतिविधिका कारण भारतमा यस्ता दुर्घटना हुने गरेको पाइएको छ । साथै कम गुणस्तरका सामग्रीको प्रयोग, अपर्याप्त सुपरिवेक्षण र कामदारहरूको कमजोर सुरक्षा मापदण्ड पनि दुर्घटनाका मुख्य कारण मानिएका छन् । राससरसिन्ह्वा

कमेन्ट गर्नुहोस्