नेपालमा कार्वन उत्सर्जन शून्य बनाउन कुनै चुनौति छैन : मन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा कार्वन उत्सर्जन शून्य बनाउन कुनै चुनौति नरहेको बताएका छन् । मङ्गलबार काठमाडौंमा आयोजना भएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्नुहुँदै अर्थमन्त्री डा। महतले यस्तो बताएका हुन् ।

मन्त्री महतले कार्वन उत्सर्जन कम गर्न नेपालको ४५ प्रतिशत वन जङ्गल बनाएको विषयलाई विश्वले प्रशंसा गर्नुपर्ने बताए। उनले नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अक्सिजन धेरै उत्पादन गर्ने र कार्वन उत्सर्जन कम गर्नका लागि ४५ प्रतिशत भू–भाग जङ्गलका रुपमा स्थापित गरिरहेको जानकारी दिए ।

‘‘नेपालको ४५ प्रतिशत जमिनमा जङ्गल स्थापित गरिसकेका छौं । सन् १९९० देखि ३० प्रतिशत रहेकोमा अहिले ४५ प्रतिशत पु¥याएका छौं । नेपालले अक्सिजन धेरै उत्पादन गर्ने र कार्वन उत्सर्जन कम गर्ने काम गरिरहेका छौं । यसलाई विश्वले प्रशंसा गर्नुपर्छ । अहिले नेपालको जलवायुसम्बन्धी चुनौति भनेको कार्वन उत्सर्जन शून्यमा बनाउन सक्छ की सक्दैन भन्ने होइन । त्यो नेपालले गर्दैछौं । त्यो नेपालले गर्छ । नेपालले एक्सनबाट नै बताइसकेका छौं । कार्वन उत्सर्जन कम गर्न सवारीसाधनहरु समेत विद्युतीयमा परिमार्जन भइरहेका छन् ।,’’ मन्त्री महतले भने, ‘‘अहिले विद्युतीय सवारी साधनहरुको माग उच्च छ । त्यसैले नेपालले राखेको सन् २०४५ भित्र विशुद्ध शून्य उत्सर्जनमा पुग्ने लक्ष्य कुनै शङ्का छैन । नेपालले एक्सन र तथ्याङ्कबाट प्रमाणित गर्छ । तर नेपालले कार्वन उत्सर्जन शून्य बनाउँदैमा जलवायु परिवर्तनको प्रभाव नेपालले भोगिरहेको छ । त्यसमा नेपालले कार्वन उत्सर्जन शून्य बनाउँदैमा जलवायु परिर्वतनको प्रभावबाट नेपाल मुक्त हुन्छ ? हुँदैन ।’’

अर्थमन्त्री महतले कार्वन उत्सर्जन कम गर्न सवारीसाधनहरु समेत विद्युतीयमा परिमार्जन भइरहेको उल्लेख गरे । उनले सन् २०४५ भित्र विशुद्ध शून्य कार्वन उत्सर्जनमा पुग्ने लक्ष्यमा विश्वले कुनै शङ्का नराख्न आग्रह गरे । उनले नेपालले जलवायु परिवर्तनको कारण भोगिरहेको समस्या कार्वन उत्सर्जन शून्य बनाउँदैमा मुक्त नहुने भन्दै अन्य विकसित देशले पनि पूरा गर्न आवश्यक रहेको बताए।

उनले विकशित देशले उत्सर्जन गरेको कार्वनका कारण भएको जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको बताए। उनले नेपालका हिमालहरुको हिउँ पग्लिएको नेपालले कार्वन उत्सर्जन गरेको कारणले नभएर अन्य देशका कारणले भएको भन्दै विकसित मुलुकहरुले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्नका लागि आर्थिक सहयोग गर्नुपर्ने बताए। उनले जलवायु परिवर्तन न्यूनीकरणका लागि विभिन्न फण्डहरुबाट पाउनुपर्ने सबै सहयोग नेपालले पनि पाउनुपर्ने माग कोप सम्मेलनमा राखिने बताए ।

मन्त्री महतले भने, ‘‘विकसित देशले उत्सर्जन गरेको कार्वनबाट नेपालले भोगि रहेको छ । नेपालका हिमालहरुको हिउ पग्लिएको नेपालले कार्वन उत्सर्जन गरेका कारणले नभएर अन्य देशको कारणले हो । विकशित मुलुकहरुले जलवायु परिर्वतनले पारेको असर न्यूनीकरण गर्नका लागि सहयोग चाहियो । नेपालका ठूला आयोजनाहरुको लागत कस्ट बढ्ने गरेको छ । त्यो बढेको कस्ट व्यहोर्ने की न व्यहोर्ने ?’’

उनले नेपालमा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने डोनर एजेन्सीहरुबाट सहयोग लिएर नेपालमा रिपोर्ट मात्रै प्रस्तुत गर्नेभन्दा पनि कार्यक्रम ल्याउन आग्रह गरे । उनले सन् २०३० भित्र नेपालको कुल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट परिपूर्तिको सुनिश्चितता गर्ने गरी नेपालमा जलविद्युतमा लगानी भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्