काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार सम्बन्धि छलफलको सुरूवात गरिएको बताएका छन् ।
अर्थतन्त्रलाई गति दिनेबारे प्रधानमन्त्री प्रचण्डले आज सिंहदरबारमा बोलाएको छलफलमा अर्थतन्त्रमा देखिएका समस्यालाई छिटो, छरितो रुपमा समाधान गर्नेबारे छलफल जारी राख्ने बताएका हुन् ।
आज भएका छलफललाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा कार्यशैलीमा त्यो देखिने बताए ।
अर्थतन्त्रमा समस्या रहेको छ तर राज्यका निकायले पस्तुत गरेका तथ्य र तंथ्याङ्कले अर्थतन्त्र सुधार गर्नै नसकिने अवस्थामा भने नरहेको प्रष्ट भएको बताए ।
सरकारले सुरुवात गरेको आजको छलफललाई जनताले सहि ढंगले लिने प्रधानमन्त्रीको विश्वास व्यक्त गरे ।
पछिल्लो समय केही मान्छेहरूले रिण तिर्न पर्दैन भनेर अराजकता मच्चाउने काम गरेको बताउँदै रिन लिएपछि तिर्नुपर्छ भन्नेमा सरकार दृड रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।
बैमानी गर्ने र अनैतिकतालाई छुट दिन नसकिने बताउँदै उनले विभिन्न कारणले रिण तिनै नसक्नेलाई नेपाल राष्ट्र बैंकले अध्यन गरि सहजीकरण गर्ने बताए ।
सरकारले निर्माण व्यावसायीको रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने, प्रदेशलाई अधिकार दिने र प्रदेशका कामलाई प्रभावकारी बनाउने तर्फ लागिराखेको जानकारी दिए ।
सरकार र निजी क्षेत्रबीच सहकार्य गर्ने कुरालाई कृयाशिल गर्ने, सुशासन प्रवर्द्धनका लागि विषेश निर्णय लिने प्रधानमन्त्रीले बताए ।पछिल्लो राम्रो रोजगारीमा रहेका मान्छेहरू समेत विदेसीने क्रम बढेको बताउँदै विदेसीने कुरा संस्कृतिकै रुपमा विकास भएको उनले बताए र प्रधानमन्त्री प्रचण्डले मान्छे विदेसीने कुरा बेरोजगारीको कुरा मात्रै नभएर संस्कार र संस्कृति जस्तो बन्न पुगेकाले त्यसबारे सबै गम्भिर भएर राष्ट्रपेमी भावनाको विकासमा जोड दिन आवश्यक रहेको बताए ।
अझै केही वर्ष युरोप अमेरिकामा दिने हाराहारीकै तलब नेपालले दिन नसक्ने कुरा सत्य भएको बताउँदै राष्ट्रिय भावनाले मात्रै यो समस्यालाई रोक्न सकिने बताएका हुन् ।