विचार

Proportion
२०७३, २७ चैत्र आईतवार

के सरकार भ्रष्ट भए लोडसेडिङ र मूल्य नियन्त्रण हुन्छ बाबुराम जी ?

तपाई पनि प्रधानमन्त्री हुनुहुन्थ्यो । तपाईको पालमा पनि देशमा यत्तिकै (केही कम होला) बिजुली निस्किन्थ्यो । तर लोडसेडिङको अवस्था उस्तै थियो । अहिले हामीले आधा घण्टा प्राविधिक कारणले पनि बिजुली जाँदा आत्तिने अवस्था आएको छ । के भ्रष्ट सरकार भएको अवस्थामा लोडसेडिङ अन्त्य हुने हो बाबुराम जी ?

Proportion
एभरेष्ट टिप्पणी२०७३, २६ चैत्र शनिबार

के गृहमन्त्री निधिले सरकार छोड्लान ?

सरकार हेर्दा यो एउटा पार्टीको एकल सरकार हो जस्तो देखिन्छ । यातायात मन्त्रालयदेखि स्वास्थ्यमन्त्रालय, कृषि देखि उर्जासम्म भएका हरेक कामहरु एउटा निश्चित ढाँचामा अघि बढेको लाग्छ । गगन थापाले गरेका काम माओवादीका एजेण्डा हुन भने कृषिमा कांग्रेसका एजेण्डा माओवादी मन्त्रीले पुरा गरेका छन् ।

Proportion
रूद्रप्रसाद भट्टराई२०७३, २४ चैत्र बिहीबार

प्रचण्डको प्लान : सबै दललाई समेटेर बैशाख ३१ मै स्थानीय तहको चुनाव !

कुलमानले देशै उज्यालो पार्न सक्छन्, गगनले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्न सक्छन्, त्यसमा सबैको भूमिका प्रभावकारी छ । यदी दुईक्षेत्र सुधार हुन सक्छ भने सम्पूर्ण क्षेत्रमा विकास सम्भव छ । देशको कार्यकारी प्रमुखले चाहेमा चुनाव मात्र होइन सबैकुरामा सकारात्मक परिवर्तन सम्भव बन्छ र बनाउनुपर्छ । चुनाव हुनैपर्छ सबैलाई समेटिनैपर्छ । एक तहमा देखिएको शुन्यता मेट्दै संघीय मूलुकको चाहनामा अब एक इन्चपनि रोक्नु हुँदैन । अगाडि बढेको रथलाई गन्तब्यमा पु¥याउन सकिएन भने ‘पछुताउनु’बाहेक अरु विकल्प हुनेछैन । गाउँपालिका र नगरपालिकामा तातेको माहौललाई सेलाउन दिनु हुँदैन । तत्काल वार्ता र सहमतिको वातावरण बनाउनुपर्छ । सबै दलहरु लचिलो बन्नुपर्छ ।

Proportion
विशाल बस्नेत२०७३, २२ चैत्र मंगलवार

माओवादी केन्द्रको ‘गाउँ–गाउँमा फ्री वाइफाई’ नाराबाट किन शसंकित छन बिरोधीहरु?

माओवादी केन्द्रको चुनाबी घोषणापत्रमा उल्लेख गरिएको ‘गाउँ–गाउँमा फ्री वाइफाइ ’ भन्ने नारा अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । यही विषय अहिले ...

Proportion
सरिता कार्की२०७३, २१ चैत्र सोमबार

‘एमालेलाई भोट दिए कुलमान हट्छन्, फेरी हुन्छ लोडसेडिङ’

व्यवस्थापन दोश्रो वर्षको परीक्षा दिँदै गर्दा १४ घण्टासम्म लोडसेडिङ हुँदा छोरी रोएको सम्झिन्छिन उनी । अहिले त्यही छोरी बिबिएसको परीक्षा दिइरहेछे । “त्यो बेला बत्ती नभएर मैनबत्तीमा परीक्षाको तयारी गर्नु परेको थियो छोरीलाई, कति दिन त चिन्ता मानेर रोई पनि । अहिले चौथो वर्षको परीक्षा चलिरहेको छ उसको । कति खुशी होली बत्ती नगएर” राधिकाले भनिन् ।

Proportion
भीष्म थापा२०७३, २१ चैत्र सोमबार

‘डाक्टर’ बाबुराम र ‘क्रान्तिकारी’ बैद्यको नौटंकी

१० घण्टापछि उनीहरु बाहिर निस्किए । वैद्य समर्थकहरुले यो हिरासतको बसाईलाई पनि “नयाँ जनवादी क्रान्ति”सँग जोडे । बाबुरामसँग मिलेर चुनाव चिन्ह माग्न गरिएको आन्दोलन कुन अर्थमा नयाँ जनवादी क्रान्ति थियो, त्यसको परिभाषा त बैद्यले नै देलान् तर समग्रमा उनीहरुले आइतबारको प्रहसनलाई संघर्षको प्रतिकका रुपमा स्थापित गर्न खोजे । बाबुरामले निरंकुशताको बिरोधका अर्थमा यसलाई भजाउन खोजे । तर सार्वजनिक भएका तथ्य र तस्वीरले यो बाबुरामको नौटंकी भन्दा फरक केही थिएन भन्ने कुरा पुष्टि गरेको छ ।

Proportion
अनिश तामाङ२०७३, २० चैत्र आईतवार

शिक्षामा गुणस्तर र आधुनिकरणका लागि गाउँ गाउँमा फ्रि वाईफाई !!

शिक्षा अर्थात चेतना यसको विकासका लागि नयाँ नयाँ प्रविधिको प्रयोग गर्न आवश्यक छ। विभिन्न खोजमुलक नयाँ जानकारीहरुको साथमा दिएको आधुनिक ...

Proportion
रूद्रप्रसाद भट्टराई २०७३, १९ चैत्र शनिबार

भयरहित हुनुपर्छ स्थानीय तहको चुनाव

के गर्ने हरेक व्यवस्था चुन्ने नै यहि जनता । काम हुँदा खुसी हुने अनि नहुँदा गाली गर्ने उही सँस्कार हो ...

Proportion
२०७३, १७ चैत्र बिहीबार

आफूले बजेट ल्याउन नपाउँदा पनि छलाङ मारे प्रचण्डले

प्रचण्ड सरकारले विषम परिस्थिति आर्थिक बृद्धिका क्षेत्रमा देशलाई पुर्याएको यो योगदान दीगो हुनु जरुरी छ । यसका लागि राष्ट्रिय विकासको दीर्घकालिन योजनालाई उल्लेख्य ढंगले कार्यान्वयन गर्ने नेतृत्व यो देशले पाउनु पर्दछ । विगतकै बजेटका आधारमा यति काम गर्न सकिने अवस्थामा आफ्नो योजनामा बजेट ल्याएर त्यसलाई कार्यान्वयन गर्न सके ५ वर्षभित्र नेपाल आर्थिकरुपमा निकै अगाडि बढ्न सक्ने

Proportion
रूद्रप्रसाद भट्टराई२०७३, १० चैत्र बिहीबार

मधेसी ‘मूर्गा’ हुन् ?

तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको अगुवाइमा ०६३ मा मधेसले ८ बुँदामा महत्वपूर्ण तीन अवसर पायो । स्वायतता, संघीयता र समावेशीता । कीर्तिपूरको नयाँबजारदेखि पाँगा चोक हुँदै सम्पूर्ण तराई विजयोत्सवमा झुम्यो । मलाई स्पष्ट थाहा छ साथी दिपेन्द्र तिवारीले मलाई उचाल्दै ‘जय मधेस’ भने, र उनलाई मैलेपनि खुलेर साथ दिएको थिएँ । मधेसी जनताले पाएको नयाँ अधिकारले हामी सबैलाई खुशी तुल्याएको थियो ।