माओवादी केन्द्रीय समिति बैठक, तस्बिरमा हेर्नुहोस्

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ।बैठक भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आजदेखि सुरु भएको हो।

बैठकमा ४ सय ९ केन्द्रीय सदस्यसहित ८ सय जनाभन्दा बढीको उपस्थिति रहन…

बौद्ध–जोरपाटी सडकखण्डमा धमाधम कालोपत्रे (तस्वीर)

काठमाडौ‌ं, जेठ २ । स्थानीयको आन्दोलनपछि बुधबारदेखि टुसाल–बौद्ध–जोरपाटी सडकखण्डमा धमाधम कालोपत्रे गरिँदै । तस्वीर- फेसबुकबाट साभार

स्थान उही– १७ वर्ष अघि र आज

रुसी राष्ट्रपति भ्लादमिर पुटन र उत्तर कोरियाली राष्ट्रपति किम जोङ अङबीच रुसको ब्लादिवोस्तोक शहरमा वार्ता भएपछि संसारको ध्यान तानिएको छ । यो संयोग नै भन्नुपर्छ, पुटिनले आज भन्दा १७ वर्ष अघि किमका बुवा तथा तत्कालिन कोरियाली प्रमुख किम जोङ इलसँग २३ अगस्त २००२ का दिन यही शहरमा भेट गरेका थिए । त्यतिखेर पनि यो भेटघाटले निकै चर्चा बटुलेको थियो । अहिले भिन्न परिस्थिति भएपनि कोरियाको अन्तर्राष्ट्रिय सम्बन्धमा भने खासै फरक देखिँदैन । बरु ऊ झन चौतर्फी घेरिन पुगेको छ ।

देशभर ढाका टोपी दिवस यसरी मनाइयो (फोटोहरु)

काठमाडौं, पुस १७ । युवती ढाका टोपी लगाएर सेल्फी खिँच्दै एघारौँ राष्ट्रिय टोपी दिवसको उपलक्ष्यमा हनुमानढोका परिसरमा उपस्थित भएका युवती ढाका टोपी लगाएर सेल्फी खिँच्दै । टोपी लगाएर सामूहिक तस्वीर खिचाउँदै एघारौं राष्ट्रिय टोपी दिवसको उपलक्ष्यमा हनुमानढोका परिसरमा उपस्थित भएका युवायुवती ढाका टोपी लगाएर सामूहिक तस्वीर खिचाउँदै । टोपी दिवस राष्ट्रिय टोपी दिवसको अवसरमा “पुर्खाको रगत र पसिनाले जोगाएको मेरो देश नेपाली टोपीले आफ्रनै पहिचान बनाएको मेरो देश” लेखेको व्यानर र टोपी लगाएका पदमोदय पब्लिक नमुना उच्च माध्यमिक विद्यालयका विद्यार्थी । तस्वीरः रासस

यसरी ‘लुकामारी’ खेल्छन् ढेडु बाँदर

धादिङ । जिल्लाको सिद्धलेक गाउँपालिकाको कुम्पुर क्षेत्रमा रहेको कालोमुख भएको बाँदर मानिस देख्ने बित्तिकै यसरी लुक्छन् । वन विनाश र डडेलोका कारण यो प्रजाति लोप हुने अवस्थामा छ । तस्वीरः रासस  

असन बजारमा भाइटिकाको लागि बिक्रीमा राखिएको मसला

नेपालीको महान चाड तिहारको लागि असन बजारमा विभिन्न थरिका भाइ मसालाहरु बेच्न राखिसकेका छन् । गतवर्षको तुलनामा यो वर्ष भाई मसालाको मूल्य निकै महँगो रहेको उपभोक्ताले जनाएको छ । तस्वीरः रासस

‘सुखी नेपाली, समृद्ध नेपाल’ काे राजधानी !

काठमाडौं, असोज २० । सरकारले समृद्धिका जति कुरा गरेपनि जनताले यो सास्ती भोग्दासम्म कागज र भाषणमा सिमित हुने ‘सुखी नेपाली, समृद्ध नेपाली’ नाराले सार्थकता पाउँदैन । राजधानीकै भिन्नि स्थानमा जनताले दैनिक भोग्नु परेको सास्ती र खानु परेको ध्लोले परिवर्तनको अनुभुति कसै गरे दिँदैन । छरछिमेकका पाहुँना आउँदा टाल्ने सडक र लिपपोत गर्ने भित्तोले क्षणिक चमक दिएपनि जनताको अनुहारमा चमक नल्याउँदासम्म समृद्धि सम्भव छैन । वर्षैदेखि जोरपाटी–सुन्दरीजल सडकखण्डका जनताले याे सास्ती कहिलेसम्म भोग्नु पर्ने हो अझै ? तस्बिर : पूर्णप्रसाद मिश्र, रासस

फोटो अफ द डे

ओखलढुंगा, असोज १२ । ओखलढुंगाको पलापुका स्थानीयले खानेपानीको हाहाकार भोगेको धेरै भयो । खानेपानी भर्न बिहान ३ बजेदेखि लाइन रहेका महिलाको पालो बिहानको झुल्केघामसम्म पनि नआउँदा कोही निन्द्रा पु-याउदै छन् भने कोही पालो कुरेर सबेका छन् । खानेपानी मन्त्रालयले खानेपानीको जटिल समस्या भोगिरहेका जनताका लागि अभियाकै रुपमा मन्त्रालयमा जानकारी गराउनका लागि हट लाईन (टोल फ्रि नम्बर) सन्चालन गरेको छ । आफ्नो समस्या टिपाउँन पैसा नलाग्ने नम्बर १६६००१४२१११ वा खानेपानी मन्त्रालयको वेभसाइट तथा खानेपानी मन्त्री बिना मगरको फेसबुक पेजमा व्यवस्था गरिएको छ । खानेपानीको यस्तै समस्या भोगेको वा देखेका जनताहरुले माथि उल्लेखित नम्बर तथा वेभपेजमा समस्या टिपाएर समस्याबाट मुक्त हुन सकिने भएको छ । तस्बिर : पूर्णप्रसाद न्यौपाने, ओखलढुंगा, रासस

फोटो अफ द डे

न्यूयोर्क, असोज ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभाका प्रतिनिधिमण्डलका नेतालाई आयोजना गरेको स्वागत समारोहमा सहभागी भएपछि प्रधानमन्त्री केपी ओली तथा धर्मपत्नी राधिका शाक्य राष्ट्रपति ट्रम्प तथा श्रीमती ट्रम्पसँग । तस्वीर सौजन्य–न्यूयोर्कस्थित संरासंको नेपाली स्थायी नियोग, रासस

बुधबार बौद्ध–टुसाल सडक क्षेत्र डुबानमा

बुधबारदेखि लगातार भएकाे वर्षाका कारण काठमाडौंको विश्वसूचीमा परेको बौद्धनाथ क्षेत्रको सडक डुबान ग्रस्त भएको छ । सडक डुबानका कारण सवारी साधन, युवायुवती, बुढाबुढी, विद्यार्थीहरुलाई आवतजावत गर्न निकै कठिनाई भएको छ । तस्वीरः इभा राजवाहक

सभापति शेरबहादुर देउवा धान रोपाइँमा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार राष्ट्रिय धान दिवसका अवसरमा भक्तपुरको खरिपाटीमा धान रोपाइँ गर्दै । ; रासस

भक्तपुरमा जुजु धौ धमाधम बिक्री गर्दै व्यापारी

असार १५ मा दही चिउरा खानका लागि बिहीबार जुजु धौ (राजा दही) बिक्री गर्दै भक्तपुरका दही व्यवसायी । भक्तपुरको जुजु धौ स्वदेशमा मात्र नभएर विदेशमासमेत प्रख्यात छ ।

शुक्रबारदेखि सवारी चालक तथा सहचालकलाई अनिवार्य पोशाक

रत्नापार्कदेखि ललितपुरका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनका चालक तथा सहचालकले पोशाक लगाउँदै । चालक तथा सहचालकले पोशाक लगाएपछि सबैले सहजै चिन्न सक्ने भएकोले शुक्रबारदेखि पोशाक लगाएका हुन् । तस्वीरः नवीन पौडेल, रासस

आहा ! कति राम्रो तिम्बुपोखरी

पाँचथर । पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी । सो पोखरी अवलोकन गर्न यहाँ वाह्य तथा आन्तरिक पर्यटक आउने गर्दछन् । तस्बिरः जीतबहादुर भण्डारी

देशैभरि वर्षासँगै हिमपात

बुधबार बिहानैदेखि मध्य र पश्चिमी क्षेत्रमा वर्षासँगै हिमपात भएको छ। मध्य तथा पश्चिम क्षेत्रमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रहरुमा हिमपात भइरहेको छ। हिउँदे वर्षाका कारण चिसो निकै बढेको छ। किसानहरु वर्षापछि खुसी भएका छन् । जुम्लामा बुधबार बिहान ५ मिलीमिटर वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ। जुम्लामा अहिले हिउँ परिरहेको छ। हेर्नुस केही तस्बिरहरु–    

असन बजारमा घिउचाकु

माघेसंक्रान्तिको लागि काठमाडौँको असन बजारमा घिउचाकु किनमेल गर्दै महिला । तस्बिरः प्रदीपराज वन्त