प्रचण्डका ३ वटा कार्यभार : जसकालागि टुट्यो गठबन्धन, बन्यो गठबन्धन
सरकार गठन भएदेखि संसद या सार्वजनिक अवसरमा प्रधानमन्त्रीले बारम्बार एउटा कुरा दोहोर्याए - म सन्तुष्ट छैन।
उनी सन्तुष्ट नहुनुको कारण थियो
- सरकारले जुन गतिमा प्रभावकारि कार्य ग…
प्रचण्ड भन्छन्– हामीलाई एक ठाउँमा आउन अझै दुख पाउनुपर्ने हो कि !
काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले पूर्व माओवादी आन्दोलनका सबै समूहलाई नेकपामा आउन अपील गरेका छन् । प्राप्त उपलब्धिको रक्षा गरेर समाजवादको आधार तयार गर्न कुनै कुराले नरोकेको भन्दै अध्यक्ष प्रचण्डले एकबछ नभए ठूलो क्षति हुने समेत बताएका हुन । एभरेष्टदैनिकसँगको अन्तर्वार्ताका क्रममा अध्यक्ष प्रचण्डले तत्कालिन माओवादीमा भएको फूटले कसैलाई पनि लाभ नभएको बताए । विगतका समीक्षा गरेर नयाँ ढंगले अघि बढ्नुपर्नेमा उनको जोड थियो । के यो सम्भव छ ? भन्ने प्रश्नमा प्रचण्ड भन्छन् असम्भव भन्ने कुरा राजनीतिमा केही पनि हुँदैन । किनभने राजनीति भनेकै सम्भावनाको क्षेत्र हो । यसका साथै सम्भावनाको खोजी गर्ने कुरा पनि हो । पहिला दुई फरक वैचारिक स्कूलिङबाट विकास भएका यी दुई पार्टी एकता हुन्छ भन्ने पनि कसैले सोच्दैनथ्यो तर सम्भव भयो । अरु पनि धेरै त्यस्ता कुरा भए । संविधानसभा कसैलाई सम्भव लाग्दैनथ्यो तर भयो, गणतन्त्र यति छिटो आउला भनेर सोचेका थिएनन्, तर आयो । माओवादी पार्टी यति छिटै फुटला भन्ने कसैले सोचेका थिएनन तर फुट्यो । फेरी जुट्यो पनि । अब बाँकी रहेका सबै माओवादी फेरी जुट नसक्ने भन्ने छैन । प्रचण्ड भन्छनः हामीले धरातल बिर्सियौं मैले कहिलेकाहिँ के भन्ने गर्छु भने हामीले शायद अझै दुख पाउन पुग्या छैन कि ? किनभने एकचोटी माओवादीले युद्धले जुन ठूलो प्रभाव पार्यो, उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग र समुदायमा अधिकारका लागि विद्रोह गर्ने आन्दोलन गर्ने चेतना र जागरण लिएर आयो । संविधान र लोकतान्त्रिक गणतन्त्रको निर्माणमा सिंगो राष्यट्रलाई ल्याउने ठाउँमा माओवादीको अहम र प्रमुख भूमिका रह्यो । यसमा द्विविधमा बस्नुपर्ने कुरै छैन । त्यही कारणले हामीले यो सफलता पाएका हौं । शान्ति सम्झौता हुँदै हामी जहाँ गयौं त्यसले यो सफलता प्राप्त गर्यो । पहिलोपटकको चुनावमा पनि हामी एक्लै माओवादी प्रत्यक्ष निर्वाचनमा बहुमतमा आयौं । माओवादीले नै समानुपातिक भनेको हुनाले मात्रै अरु पार्टीको अस्तित्व त्यतिबेला बच्यो । तर त्यसबाट हिजोका हामी माओवादी भन्नेहरु सबैले धर्ती छोडियो भन्ने मलाई लाग्छ । ‘अझै धेरै हुन्थ्यो, मुख्य नेता प्रचण्डले बिगार्यो’ भन्ने कसैलाई लाग्यो । अब कसैलाई चाहि‘ अरुले अप्ठ्यारो पारेर गर्न सकेन’ भन्ने लाग्यो । तर जे होस चुनाव जितेर सरकार बनेपछि हामी पार्टीका नेता भन्नेहरुले धर्ती छोडियो । जनताको भावनालाई, जनताको आवश्यकतालाई कहिँ न कहिँ हामीले बुझनौं । राष्टिय र अन्तराष्टिय परिस्थितिको मागलाई बुझेनौं र विभाजनतर्फ गयौं । प्रचण्डको ठम्याईः अझै दुख पाउन पुगेको छैन कि ? यहाँसम्म आउँद के देखियो भने हामी विभाजित भएर न देशलाई फाइदा भएको छ, न विभाजित हुनेलाई नै फाइदा भएको छ । म समेत कसैलाई पनि फाइदा भएको छैन । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन पनि त्यसले मद्दत पुर्याएको छैन । बरु धेरै दुख कष्ट पाएको जस्तो मैले अनुभूति गर्छु । त्यसैले साथीहरुलाई मैले कहिलेकाहिँ भन्छु– हामीले अझै दुख पाउन पुगेको छैन कि ? हामीलाई एक ठाउँमा आउन, एकता हुन अझै दुख पाउनुपर्ने हो कि ? अझै दुख, अझै क्षति भएपछि चेत आउने होला । त्यतिबेलासम्म त हामी पुरानो पीढिका नेताहरु रहन्छौं कि रहँदैनौं भन्ने चिन्ता पनि हुन्छ । प्रचण्ड प्रश्न गर्छनः एक हुन के ले रोकेको छ ? यस हिसाबले मैले किरणजी, बाबुरामजी र अहिले भूमिगतरुपमा गतिविधि गरिराख्नु भएको विप्लवजीहरुलाई आजभोली अलि बढी नै सम्झिन थाल्छु । हामी एक हुन केले रोकेको छ त ? यो परिस्थिति त एक्लैले गरेर हुने परिस्थिति त छैन । यही परिवर्तनलाई संस्थागत गर्न पनि बरु एक ठाउँमा भए पो हुन्थ्यो । हामी सँगै बसेर एक अर्कालाई कहाँ कसले कति गल्ती गरियो भनेर आलोचना आत्मालोचना गर्ने र फेरी यो जनयुद्द र जनआन्दोलनले ल्याएका उपलब्धि बचाउने अनि समाजवादको तयारी गर्नेतिर छलफल गर्न के ले रोक्या होला भन्ने लाग्न थालेको छ साँच्चै । त्यसैले म वहाँहरुसँग कुनै कृत्रिम कुरा भन्न खोजिरहेको होइन । यो देशको निम्ति, परिवर्तनका निम्ति, संघीय लोकतन्त्र संस्थागत गरेर सफल पार्नका निम्ति, अगाडि कम्युनिष्ट यात्र या समाजवाद या साम्यवादतर्फको यात्रा अगाढि बढाउन पनि सबै एक ठाउँमा उभिनु जरुरी छ । त्यसकारण मैले अलि बढी अपील गरेको कारण पनि यो हो । प्रचण्डको बुझाईः पूर्व एमालेभित्र पनि विशाल क्रान्तिकारी पंक्ति छ मैले पूर्व एमालेभित्र विशाल पंक्ति हिजो पनि देशप्रति, राष्ट्रिय स्वाधिनता, जनतन्त्रप्रति लडेका, दुखकष्ट भोगेका हजारौं हजार नेता कार्यकर्ता छन भनेरै एकता गर्दाखेरि पनि सोचेको हो । अहिले पनि मेरो अनुभव त्यही छ । त्यहाँ क्रान्तिकारी भावना भएका, कम्युनिष्ट पार्टी निर्माणका लागि गम्भीर भएका नेता कार्यकर्ताको कमी छ भन्ने होइन रहेछ भन्ने अहिले पुष्टि नै भएको मैले देख्छु । त्यसकारण यहाँ कोही पनि रहेनछन त्यसैले उही पुराना साथीहरुको साथ खोजेको होइन । मैले त वहाँहरुलाई पनि यही जोडन खोजेको हो । सबै जुटेर नयाँ समाजवादको मोडेलको खोजी गरौं र कम्युनिष्ट अन्दोलनलाई नयाँ शीराबाट अगाडि बढाऔं भन्न खोजेको हो । अहिले जुन नेकपाको अध्यक्ष म आफै पनि छु, यसप्रति, यो पार्टीप्रति भरोसा गरेर मैले सबै एक ठाउँमा आउनुपर्छ भन्न खोजेको हो ।
गाऊँका आमाहरू भेट्दा भावुक भए प्रचण्ड, फोटोफिचर
शिवनगर(चितवन), कात्तिक १८ । अगाडि सानो टेबल, पछिल्तिर ५, ७ प्लास्टिकका कुर्चीहरू १ मालाले ढाकिएका नेताहरू माझ बिस्मृतिमा डूबेका प्रचण्ड ! ‘ओहो, आमा तपाई !’ कार्यक्रम संचालन भइरहेको बेला एक जना वृद्दा माला लिएर आफू सामु देख्दा प्रचण्डको मुखबाट निस्कियो, ‘सन्चै हुनु हुन्छ नि !’ वृद्दाले प्रचण्डको हात अघि बढाईन । प्रचण्डले कसिलो हातले वृद्दका हात च्यापे ! वृद्दाले दुवै हातले प्रचण्डको गाला मुसारिन् । लाग्थ्यो, प्रचण्ड सानो बालक हुन् र मेलापातमा भेटिने आफन्तहरूले उनलार्इ माया गरिरहेका छन् । उता देवि ज्ञवाली माईकमा थिए, चितवन(३ बाट प्रदेश सभाका उम्मेदवार कृष्ण भूर्तेल र रामलाल महतोले बोलिरहेका थिए । यता प्रचण्डको गालामा मालाहरु थपिदैं थिए, छवीलाललाई काखमा लिएर खेलाउनेहरूको न्यानो स्पर्शले प्रचण्ड भावुक भइरहेको स्पस्ट देखिन्थ्यो उनको मुहारमा । र, देविको उदघोषसँगै प्रचण्डले माइक समाते । एक छिन मौनता छायाे, सबैका आँखा प्रचण्डतिर साेझिए। ‘आदरणीय बुवा आमा, काकाकाकी’ प्रचण्डले बोल्न सुरु गरे । उनको स्वरमा आद्रता थियो । ‘म आज अरु ठाऊमा बोले ज़स्तो सम्बोधन गर्न सक्दिन ।’ प्रचण्डले भने, ‘मलाई हुर्काउने आमा बुवा, काकाकाकी, मसँग पढ़ने, गुच्चा खेल्ने साथीभाइ यहाँ छन, म भावुक बनेको छु । अरु ठाउँ ज़स्तो भाषण गर्न सक्ने अवस्था छैन् ।’ प्रचण्डले यसो भनेपछि शिवनगरका वासिन्दाहरूमाझ निस्तब्धता छायो एकछिन । ‘जीवनका कैयन घुम्ती र संघर्ष पार गर्दै आज उम्मेदवारको रूपमा तपाईहरू माझ आएको छु ।’ प्रचण्डका आँखा रसाए, ‘जे सिके, देशका लागि जे गर्न सकें, सबै तपाईहरूले दिएको शिक्षा, माया र प्रेरणाले हो । यसका लागि तपाईहरुलाई धन्यवाद दिन चाहन्छु ।’ प्रचण्डले यी शब्द व्यक्त गर्दा उनलार्इ सुनिरहेकाहरूका आँखा रसाए । शिवनगर, प्रचण्डको बाल्यकाल बितेको गाउँ । उनले कैयन साथीहरू भेंटे सभामा । क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालय उदघाटन गर्न एकाबिहानै शिवनगर पुगेका थिए ऊनी । ‘केही गर्न रहर छ, सांसद बन्न मात्र चुनावमा उठेको होईन । प्रचण्डले भने, ‘एउटा समृद नेपाल बनाउने मेरो सपना हो, त्याहि अठोट बोकेर तपाई हरूमाझ आएँ । चितवनका जनताप्रति पूरा भरोसा छ । दण्ड दिनुहुन्छ भनेपनि स्वीकार्छु तर, त्यसको सम्भावना छैन् ।’ प्रचण्डले बोल्ने क्रममा कसैलाई आक्षेप लगाएनन्, न त आश्वासन नै बाँडे । उनी पुरै भावुक थिए । उमेरले ६३ पुगेका प्रचण्ड, शिवनगर पुग्दा स्मृतिका छालहरूले घेरिएका देखिन्थे । १५ मिनेटको सम्बोधनमा उनले धेरै पटक गुच्चा खेल्ने साथीहरू सम्झिए । ‘बिहानले दिनको भविष्यवाणी गर्छ भन्ने उखान छ नी’, अन्तिममा उनले भने, ‘आज तपाईहरूले देखाएको माया र उपस्थितिले चुनावमा हामी परिवर्तनकारीहरूको सुखद भविष्य देखाएको छ । नमस्ते, अभिवादन !’ नयाँपत्रिकाबाट साभार ।
एकता प्रयासको ११ वर्षे कथा : दुई पार्टीको प्रेम र घृणाका साक्षी वामदेव गौतम
तीन पार्टीबीचको एकता घोषणा निकै ठूलो प्रयासबाट सम्भव भएको हो । त्यसो त ०६३ सालमै मैले प्रचण्डजीलाई एमाले र माओवादीबीच एकताको प्रस्ताव राखेको थिएँ । त्यसवेला उहाँले भन्नुभो, ‘त्यसो भए तपाईंले आफ्नो पार्टीमा कुरा राख्नुस् र आउनुस् ।’ मैले प्रचण्डजीको प्रस्ताव तत्कालीन महासचिव माधवकुमार नेपालसमक्ष जस्ताको तस्तै राखेँ । उहाँले हुन्छ, लौ अघि बढ्नुस् भनेपछि मैले यही कुरा फेरि प्रचण्डजीलाई सुनाएँ । त्यसपछि प्रचण्डजीले भन्नुभो– एकता प्रस्तावबारे पहिले दुवै पार्टीबाट संस्थागत निर्णय गराऊँ । यो कुरा मैले महासचिव माधव कमरेडसमक्ष राखेँ । त्यसपछि केन्द्रीय कमिटी बैठकबाटै हामीले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न कम्युनिस्ट पार्टीहरूबीच एकीकरण गर्नुपर्छ भन्ने निर्णय नै गर्यौँ । यो निर्णयसहितको दस्ताबेज आदान–प्रदान पनि भयो । माओवादीसँग वार्ताका लागि म र विष्णु पौडेल रहेको दुई सदस्यीय वार्ता कमिटी बन्यो । पछि समितिमा अहिलेका महासचिव ईश्वर पोखरेल पनि थपिनुभयो र माओवादीसँग दुई–तीन चरण बैठकसमेत बस्यौँ । माओवादीको तर्फबाट पनि तीनजना हुनुहुन्थ्यो । दस्ताबेज तयारीका लागि समितिसमेत बनेको थियो । तर, एकताको सार्थक धरातल बन्न नसकेपछि समिति आफैँ भंग भयो । माओवादीको कार्यदलमा मोहन वैद्य पनि हुनुहुन्थ्यो । सिद्धान्त, विचार, कार्यशैली नमिलेसम्म एकता सम्भव छैन भन्ने वैद्य माओवादी कार्यदलमा हावी भएपछि धेरै वातावरण बिग्रियो । केन्द्रीय कमिटी बैठकबाटै हामीले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न कम्युनिस्ट पार्टीहरूबीच एकीकरण गर्नुपर्छ भन्ने निर्णय नै गर्यौँ । यो निर्णयसहितको दस्ताबेज आदान–प्रदान पनि भयो । माओवादीसँग वार्ताका लागि म र विष्णु पौडेल रहेको दुई सदस्यीय वार्ता कमिटी बन्यो । पछि समितिमा अहिलेका महासचिव ईश्वर पोखरेल पनि थपिनुभयो र माओवादीसँग दुई–तीन चरण बैठकसमेत बस्यौँ । माओवादीको तर्फबाट पनि तीनजना हुनुहुन्थ्यो । दस्ताबेज तयारीका लागि समितिसमेत बनेको थियो । तर, एकताको सार्थक धरातल बन्न नसकेपछि समिति आफैँ भंग भयो । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि माओवादीको नेतृत्वमा एमालेसहितको संयुक्त सरकार निर्माण भयो । सरकार बन्दा नै दुवै पार्टीबीच एकताको तहसम्म जानुपर्छ भन्ने कुरा भएको थियो । तर, त्यहीबीचमा प्रधानसेनापति रुक्माङगद कटुवाल प्रकरण आयो । प्रचण्डजीको राजीनामापछि सरकार गिर्दा एकतामा समस्या खडा भयो, सम्बन्धमा तिक्तता छायो । यद्यपि, त्यसपछि पनि एकताका निम्ति सामान्य प्रयत्नहरू नभएका होइनन् । तर, अघि बढ्न सकेन । यिनै शृंखला अघि बढ्दै जाँदा १२ वैशाख ०७२ को भूकम्पपछि फेरि पार्टी एकताको विषयले प्रवेश पायो । भूकम्पलगत्तै प्रचण्डजीलाई लाजिम्पाटमा गएर मैले फेरि एकताको प्रस्ताव राखेँ । भनेँ– तपाईंले प्रमुख प्रतिपक्षी दलको हैसियतमा भूमिका निर्वाह गरिराख्नुभएको छ, अब सबै मिलेर भूकम्पपीडितको पुनस्र्थापना र संविधान निर्माणमा एकताबद्ध हुने घोषणा गर्नुस् । उहाँले त्यस्तै घोषणा पनि गर्नुभयो । त्यो घोषणापछि मैले संविधान निर्माणका लागि प्रयत्न गरौँ भन्ने प्रस्ताव प्रचण्डजीलाई मात्रै होइन, तत्कालीन प्रधानमन्त्री सुशीलजी र पार्टी अध्यक्ष केपी ओलीसमक्ष पनि राखेँ । सबैले हुन्छ भने पनि कसैले प्रयत्न नगरेपछि म फेरि यही प्रस्ताव लिएर साउनमा प्रचण्डजीको निवास लाजिम्पाटमा पुगे“ । प्रचण्डजीसँग पहिले संविधान जारी गर्ने, संविधान कार्यान्वयनका लागि तीनवटै पार्टी सम्मिलित संयुक्त सरकार निर्माण गर्ने र आगामी निर्वाचनसम्म एमाले र माओवादीबीच पार्टी एकता पनि गर्ने गरी जाऔँ भन्ने प्रस्ताव राखेँ । उहाँ यो प्रस्तावमा सहमत हुँदै भन्नुभो– आ–आफ्ना विचार थाती राखेर भए पनि संविधान जारी गर्नका लागि म तयार हुन्छु । त्यसपछि अरू सबै पार्टीलाई सहमत गराउन प्रचण्डजी, हाम्रो पार्टी अध्यक्ष ओलीजी र सुशीलजी सक्रिय बन्नुभयो । त्यो गम्भीर छलफलमा प्रचण्डजीले तीनवटा सर्त राख्नुभयो । पहिलो, सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने, दोस्रो आउने सबै निर्वाचनमा दुई पार्टी मिलेर चुनाव लड्ने । तेस्रो, दुई पार्टीबीच एकता गर्ने । यी तीन काम गर्ने सर्तमा केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने उहाँको सर्त थियो । अन्ततः मधेस आन्दोलन र टीकापुरजस्ता ठूला घटना भए पनि तीन पार्टी विचलित नभई क्रियाशील हुँदा संविधान जारी भयो । तर, संविधान घोषणापछि एमाले नेतृत्वमा सरकार गठन गर्ने विषयमा संविधान जारी हुनुअघि नै छलफल चल्यो । तर, कांग्रेसले एमाले नेतृत्वको सरकारमा सहभागी नहुने स्पष्ट पा¥यो । त्यहीवेला सरकार गठनका विषयमा छलफल गर्न मैले फेरि प्रचण्डजीसँग छलफल गरेँ । कांग्रेसले समर्थन नगर्ने भएपछि पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउन एमाले, माओवादी केन्द्र मात्रै होइन, अरूलाई पनि सामेल गरेर सरकार बनाउने विषयमा केन्द्रित रहेर कुराकानी भयो । तर, त्यो गम्भीर छलफलमा प्रचण्डजीले तीनवटा सर्त राख्नुभयो । पहिलो, सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने, दोस्रो आउने सबै निर्वाचनमा दुई पार्टी मिलेर चुनाव लड्ने । तेस्रो, दुई पार्टीबीच एकता गर्ने । यी तीन काम गर्ने सर्तमा केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने उहाँको सर्त थियो । लाजिम्पाटमा प्रचण्डले गरेको यो प्रस्ताव मैले सीधै पार्टी अध्यक्ष ओलीलाई जस्ताको तस्तै सुनाएँ । अरू साथीहरूलाई पनि जानकारी गराएँ । उहाँको मौखिक प्रस्तावलाई हामीले पनि मौखिक रूपमै जवाफ दिँदै भन्यौँ– आगामी दिनमा हुने सबै निर्वाचनमा मिलेर जाने र पार्टी एकता पनि गर्ने । दुई पार्टीबीच यो मौखिक समझदारीपछि नै उहाँले प्रधानमन्त्रीको उम्मेदवार केपी कमरेडलाई समर्थन गर्नुभयो र माओवादी सरकारमा सामेल भयो । तर, सरकार बनेपछि निर्वाचनमा कसरी जाने, पार्टी एकता गर्ने कि नगर्ने भन्नेजस्ता कुनै पनि विषयमा योजना बनेन, खासमा सार्थक छलफल भएन । केपी कमरेडको सरकारले नौ महिना पार गर्न लाग्दैथियो । त्यहीबीचमा ०७३ वैशाखमा नहुनुपर्ने घटना भयो । माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र कांग्रेससँग मिलेर बनेको सरकारमा प्रचण्डजी प्रधानमन्त्री बन्नेसम्मको सहमतिमा हस्ताक्षर हुने स्थिति बन्यो । अन्तिम–अन्तिमवेला प्रचण्डजीले मलाई लाजिम्पाट बोलाउनुभयो । त्यहाँ उहाँले भन्नुभयो– कांग्रेसले मलाई समर्थन गरिसक्यो, तपाईंहरू ९एमाले०ले पनि समर्थन गर्यो भने राष्ट्रिय सहमतिको सरकार बन्छ । मैले तत्काल जवाफ फर्काएँ– यस्तो हुनै नसक्ने कुरा तपाईंले किन सोच्नुभयो रु दोस्रो, एमालेले तपाईंलाई समर्थन गरोस् भन्नुको अर्थ एमालेले आफ्नो अध्यक्षको नेतृत्वमा बनेको सरकार विघटन गर्ने भन्ने हो । यस्तो त एमालेले सोच्न पनि सक्दैन । मैले उहाँको प्रस्तावलाई त्यहीँ ‘रिजेक्ट’ गर्दिएँ । तर लामो छलफलपछि हामी निष्कर्षमा पुग्यौँ– सरकार फेर्ने तर गठबन्धन नफेरि प्रचण्डलाई प्रधानमन्त्री बनाउने । बालुवाटार पुगेर प्रधानमन्त्रीलाई मैले त्यो रिपोर्ट गर्दै भनेँ– प्रचण्डजीको प्रस्ताव मान्ने हो भने गठबन्धनबाट उहाँ प्रधानमन्त्री बन्नुहुन्छ, अन्यथा गठबन्धन टुट्ने नै भयो । त्यसपछि फेरि एकपटक प्रचण्डजीसँग छलफल गरेर टुंगो लगाउने भन्दै बालुवाटारमै छलफलमा बसियो । त्यसवेला फेरि पार्टी एकताको प्रसङगले प्रवेश पायो । प्रचण्डजी प्रधानमन्त्री बन्ने, पार्टी एकता गर्ने, सबै निर्वाचनहरू मिलेर लड्ने समझदारी फेरि भयो । तर, प्रचण्डलाई प्रधानमन्त्री बनाएर गठबन्धन जोगाउने कुरामा हाम्रो पार्टीमा मतभिन्नता भयो । कमरेड झलनाथ, माधव र म प्रचण्डलाई प्रधानमन्त्री बनाएर भए पनि गठबन्धन जोगाउँदै एकताको दिशामा जानुपर्छ बरु नौ महिना माओवादीले नेतृत्व गरेपछि नेतृत्व एमालेले लिनुपर्छ भन्नेमा थियौं । यो कुरालाई बरु प्रचण्डजीले स्वीकार गर्नुभो । तर हाम्रै पार्टीमा सहमति भएन । त्यहा“बाट विषय भा“डियो । बजेट पारित भएको केही दिनमै माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरायो र नयाँ किसिमले राजनीतिक घटनाक्रम विकास हुँदा पार्टी एकताको प्रसंग अपुरो रह्यो । वैशाख दोस्रो साता चार महानगरपालिकामध्ये एमाले र माओवादीले २-२ ओटा लिएर तालमेलसहित जाने सहमति भयो । यही कुरा अध्यक्षलाई रिर्पोटिङ गरेँ । तर उहाँले दुईओटा हुँदैन, ललितपुर महानगर दिँदा सहमति हुन्छ भने गरौं भन्नुभो । तर प्रचण्डजीले ललितपुर होइन, एउटा दिँदा भरतपुर हुन्छ भने सहमति गरौं भन्नुभो । त्यहाँ हामीले उम्मेद्वार बनाइसकेकाले फिर्ता लिने स्थिति हुन्न भन्ने अडान हाम्रो अध्यक्षले जानकारी गराएपछि त्यसपटकको प्रयास पनि त्यहीँ टुंगियो । उतारचढावबीच गत फागुनबाट फेरि एकताको विषय अघि बढ्यो । फागुनमा मैले प्रचण्डजीलाई भेटेर सिधै पार्टी एकताको कुरा गरेँ । त्यसभन्दा पहिले नारायणकाजी श्रेष्ठको निवासमा उहाँ र मबीच छुट्टै कुरा भएको थियो । यो कुरा अध्यक्ष ओलीलाई रिर्पोटिङ गरेको थिएँ । वार्ताबीचमा वैशाखको पहिलो साता पार्टी एकीकरणसम्म जाने निष्कर्ष निकालियो । पार्टी अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनमा मिलेर जानेगरी वार्ता चलाउन मलाई निर्देशन दिनुभयो । वार्ताको दौरानमा एमालेबाट म र माओवादीबाट नारायणकाजी खटिनुभएको थियो । हामीबीच चुनावमा मिलेर जाने र पार्टी एकता गर्ने सहमति भयो । यी दुई विषय टुंगो लागेपछि प्रचण्डजीलाई जानकारी गराउँदै दुई पार्टीका अध्यक्ष बसेर सबै कुरा टुंगो लगाउन भनियो । तर अध्यक्षसहितको बालुवाटारको पछिल्लो बसाई परिणाममुखी हुन सकेन । खासमा उहाँहरुको बसाई मुख्य विषयभन्दा पनि अन्य विषयमा अल्झिएछ । तर, त्यसपछि पनि हार मानिनँ । पहिलो चरणको निर्वाचनका लागि उम्मेद्वारी मनोनयन सुरु हुन लागेको थियो । वैशाख दोस्रो साता चार महानगरपालिकामध्ये एमाले र माओवादीले २-२ ओटा लिएर तालमेलसहित जाने सहमति भयो । यही कुरा अध्यक्षलाई रिर्पोटिङ गरेँ । तर उहाँले दुईओटा हुँदैन, ललितपुर महानगर दिँदा सहमति हुन्छ भने गरौं भन्नुभो । तर प्रचण्डजीले ललितपुर होइन, एउटा दिँदा भरतपुर हुन्छ भने सहमति गरौं भन्नुभो । त्यहाँ हामीले उम्मेद्वार बनाइसकेकाले फिर्ता लिने स्थिति हुन्न भन्ने अडान हाम्रो अध्यक्षले जानकारी गराएपछि त्यसपटकको प्रयास पनि त्यहीँ टुंगियो । मैले प्रयत्न जारी राखेँ । असार १४ मा दौस्रो चरणको निर्वाचनपछि प्रचण्डजी र म फेरि लाजिम्पाटमा बस्यौं । वार्ताहरुमा पहिले तालमेल गरेर एउटै चुनाव चिन्ह्बाट चुनावमा लड्ने र त्यसपछि संयुक्त सरकार संचालन गर्ने दौरानमा मात्रै पार्टी एकता गर्ने भन्दै आएका थियौं । तर त्यो बसाईंमा भने कमरेड प्रचण्डले भन्नुभो–असोज २ मा निर्वाचन आएको छ, हामी सरकारमा पनि छौं, अहिले नै एमालेसँग तालमेल गर्ने, एकताको घोषणा गर्ने भन्दा त्यसपछि यी सबै काम गर्दा नैतिकरुपमा पनि उपयुक्त हुन्छ । त्यसैले हामी प्रदेन नं २ को निर्वाचनको प्रतीक्षामा बस्यौं । निर्वाचन सम्पन्न भएको तीन दिनपछि ५ असोजमै वार्ता सुरु भयो । त्यो बैठकमा प्रचण्डजी, म र जनार्दन शर्मा थियौं । त्यो बैठकबाटै हामीले पहिले पार्टी एकताको घोषणा गरेर मात्रै चुनावमा तालमेल गरेर जाने अन्तिम निष्कर्ष निकाल्यौं । त्यसअघिसम्म एउटै चुनाव चिन्ह लिएर लड्ने कुरा भएको थियो । तर बैठकमा प्रचण्डजीले भन्नुभो–एउटै चुनाव चिन्ह लिएर जाने, सरकारमा पनि सामेल भइरहने, प्रमुख प्रतिपक्षीसँग पनि मिलेर जाने कुराले हामी नैतिक रुपमा कमजोर हुन्छौं । असोज २ को निर्वाचनपछि हामी गम्भीर छलफलमा बस्यौं । निर्वाचन सम्पन्न भएको तीन दिनपछि ५ असोजमै वार्ता सुरु भयो । त्यो बैठकमा प्रचण्डजी, म र जनार्दन शर्मा थियौं । त्यो बैठकबाटै हामीले पहिले पार्टी एकताको घोषणा गरेर मात्रै चुनावमा तालमेल गरेर जाने अन्तिम निष्कर्ष निकाल्यौं । त्यसअघिसम्म एउटै चुनाव चिन्ह लिएर लड्ने कुरा भएको थियो । तर बैठकमा प्रचण्डजीले भन्नुभो–एउटै चुनाव चिन्ह लिएर जाने, सरकारमा पनि सामेल भइरहने, प्रमुख प्रतिपक्षीसँग पनि मिलेर जाने कुराले हामी नैतिक रुपमा कमजोर हुन्छौं । त्यसोभए पार्टी एकता घोषणा गरौं, त्यसपछि त चुनावमा एउटै चुनाव चिन्ह्बाट जाने कुरामा पनि नैतिकताको प्रश्न उठ्नेछैन । त्यही दिन मोडालिटी बनाइसकेपछि दुई अध्यक्षको बैठकमा प्रचण्डले प्रस्ताव राख्नुभो–पार्टी एकताको घोषणा गर्ने, एउटै चुनाव चिन्ह लिएर चुनावी तालमेल गर्ने । हाम्रो अध्यक्षले पनि त्यो प्रस्तावलाई समर्थन गर्नुभो । त्यसपछि उहाँहरुले सहमति लिपिबद्ध गर्न हाम्रोतर्फबाट विष्णु पौडेल र प्रचण्डजीले जनार्दन शर्मालाई खटाउनुभयो । दुई पार्टीका अध्यक्ष र मस्यौदाकारबीच छुट्टाछुट्टै वार्ता चल्न थालेपछि मलाई अध्यक्षले वार्तामा खटाउनुभएन । यद्यपि, उहाँहरुबीचको निरन्तर प्रगति विवरण लिएर मैले कमरेड प्रचण्डसँग छुट्टै कुराकानी गरिरहेको थिएँ । यही क्रममा गत १२ गते मंगलबार अष्टमीको दिनबाट दुई दिन अध्यक्षहरुबीच ललितपुरस्थित एक घरमा आमनेसामने गम्भीरतापूर्वक कुराकानी भयो । १७ गते ललितपुरस्थित एक घरमा अन्तिम छलफल भयो । पहिले हामीले एउटै निर्वाचन चिन्ह्बाट लड्ने सहमति गरेका थियौं । तर उहाँहरुले निर्वाचन आयोग, कहाँकहाँ सम्पर्क गर्नुभो । निर्वाचन ऐनको व्यवस्थाबमोजिम जाने भन्नेथ्यो, तर त्यो कानुन अनुसार चुनाव चिन्ह् लिने म्याद भदौ २७ गते नै सकिएको रहेछ । यो कुरा उठेपछि आ–आफ्नो चिन्ह लिएर भए पनि तालमेल गरेर जाने, चुनाव सकिएपछि एकताको सबै काम सम्पन्न गर्ने भन्ने अन्तिम समझदारी भयो । अरु बैठक पनि राती–बिहान निरन्तर हुँदै गए । १४ गते टिकाको राति दुई अध्यक्षको बैठकले मस्यौदा फाईनल गर्यो । भोलिपल्ट बालकोटस्थित अध्यक्षको निवासमा बसेको स्थायी समिति बैठकले एकताको मस्यौदालाई सर्बसम्मत अनुमोदन गर्यो । अध्यक्षले ‘ड्राफ्ट’ पढेर सुनाउनुभो । हामी सबैले हात उठाएर समर्थन जनायौं । कर्तलध्वनी बज्यो । सबै साथीहरु खुशी हुनुभो । सायद स्वतन्त्रता हुन्थ्यो भने बैठकमै साथीहरु नाच्नुहुन्थ्यो । राष्ट्र समृद्धीको यूगमा प्रवेश गर्यो, हामी समाजवादसम्म पुग्छौं भन्ने खुशीको अभिव्यक्ति सबै साथीहरुले प्रकट गर्नुभो । १६ गते साँझ माओवादीको सचिवालय बैठकले पनि एकताको प्रस्ताव पारित गर्यो । १७ गते ललितपुरस्थित एक घरमा अन्तिम छलफल भयो । पहिले हामीले एउटै निर्वाचन चिन्ह्बाट लड्ने सहमति गरेका थियौं । तर उहाँहरुले निर्वाचन आयोग, कहाँकहाँ सम्पर्क गर्नुभो । निर्वाचन ऐनको व्यवस्थाबमोजिम जाने भन्नेथ्यो, तर त्यो कानुन अनुसार चुनाव चिन्ह् लिने म्याद भदौ २७ गते नै सकिएको रहेछ । यो कुरा उठेपछि आ–आफ्नो चिन्ह लिएर भए पनि तालमेल गरेर जाने, चुनाव सकिएपछि एकताको सबै काम सम्पन्न गर्ने भन्ने अन्तिम समझदारी भयो । बेलुकी ५ बजे राष्ट्रियसभा गृहमा पत्रकार सम्मेलन गरेर ६ बुँदे समझदारी सार्बजनिक गर्यौं । नयाँपत्रिकाबाट
“सरकारको पैसा कुर्दाकुर्दै मर्ने भइयो”
मलेखु (धादिङ), १ फागुन । महादेवस्थान गाविस–२ सिमथलीका चन्द्रबहादुर चेपाङको घर भत्कियो । उनले भूकम्पले भत्केको घर प्राविधिकलाई देखाए । प्राविधिकले उनको घर भत्केको भनेर लेखेनछ । गाउँमा अरुले राहत पाउँदा उनले पाएनन् । घर बनाउन नसक्ने भएकाले उनको परिवार अहिले परालले छाएको सामान्य टहरामा रात बिताइरहेको छ । उनले गाविसमा गएर गुनासो टिपाए तर अझै पनि सहयोग पाउन नसकेकाले दुई वर्षदेखि सो छाप्रो उनीहरुको बास बस्ने ठाउँ भएको छ । एक संस्था भूकम्पपछि शौचालय बनाइदिन आए तर कोही घर बनाइदिन नआएपछि चेपाङ परिवारको बिचल्ली भएको शिक्षक तिलक चेपाङको भनाइ छ । “मेरा दुई छोरी अपाङ्गता भएका छन्, यस्तो अवस्था हुँदा पनि सरकारले किन देखेन ?” चेपाङले गुनासो गर्नुभयो, “सरकारको पैसा कुर्दाकुदै बारीको पाटैमा मर्ने भइयो ।” गाउँम भूकम्पले घर भत्किएपछि उनी जस्तै अरु चेपाङ प्राविमा बस्दै आए । पछि विद्यालय खुल्यो । उनीहरु स्याउलाले छानो बनाएर बारीको पाटामा बस्छन् । सरकारले खटाएका प्राविधिक गाउँमा पुग्यो । उनीहरुले भत्केको घर देखाए तर उनीहरुको घर अनुदान दिने सूचीमा आएन । तिनले गाविसमा गएर गुनासो फाराम भरे तर अझै राहत पाइन्छ भन्ने निश्चय नभएकाले उनीहरु बारीको पाटामा बस्दै आएको छ । लामो समयदेखि बारीको पाटामा बस्दा सिमथलीका बालबालिका पटक पटक बिरामी परेका छन् । तिनलाई स्वास्थ्य चौकी लैजाँदासमेत “औषधि छैन” भन्ने जवाफ पाएको सिमथलीका चेपाङको गुनासो छ । महादेवस्थान–२ मा २५ चेपाङका घर भूकम्पपीडितको सूचीमा आएन । वडा नं ३ मा यस्ता १८ घर छन् । गाउँमा आएका प्राविधिकको लापर्बाहीले उनीहरुको नाम छुट्यो । जोगीमारा गाविसको जवाङमा रहेका ५२ घर चेपाङले अहिले घर बनाउन सरकारको अनुदान नपाउने भए । नाम नआएपछि उनीहरु समस्यामा परेका छन् । घर भत्किएर खरको छाप्रो बनाएर बसिरहेकालाई समेत सरकारले नहेरेको उनीहरुको गुनासो छ । यस्तै धुषा गाविस– ३ र ४ मा एक सय घर छुटेको नेपाल चेपाङ सङ्घले जनाएको छ । जिल्लाभर १५ हजार गुनासो परेकामा सम्बोधन हुन सकेको छैन । रासस फ़ाइल फ़ोटो
किन मनपर्याे बाबुरामलाई ‘जात्रा’ ?
मंसिर १७ । दर्शकको मायाका कारण नेपाली चलचित्र ‘जात्रा’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ । दर्शक र समिक्षकबाट एकदमै राम्रो प्रतिक्रिया पाएको ‘जात्रा’ लाई पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका प्रमुख डा. बाबुराम भट्टराईले समेत उत्कृष्ट फिल्मको उपमा दिएका छन् । बिहिबार सुन्धारास्थित सिभिल मलको क्युएफएक्स सिनेमा हलमा पत्नी हिसीला यमी, नयाँ शक्ति पार्टीकी सदस्य तथा अभिनेत्री करिश्मा मानन्धरसँग फिल्म हेर्दै उत्कृष्ट फिल्म मध्येको एक रहको प्रतिक्रिया दिएका हुन् । प्रदीप भट्टराई निदेर्शित ‘जात्रा’ नेपाली समाज र राज्यको जीवन्त र रोचक चित्रण गर्ने फिल्म रहेको उनले बताएका छन् । उनले भने, ‘समाजमा आर्थिक रुपको जुन खालको विपन्नता छ र, त्यो कारणले राज्य सत्तामा जुन खालको विसंगती छ । आज कसैले कसैमाथि विश्वास गर्न सक्ने वातावरण छैन । त्यसको सजिव चित्रण फिल्ममा गरिएकाले निकै मन पर्यो ।’ यस्तै बाबुराम पत्नी यमीले ‘जात्रा’ ले आफुलाई गम्भिर बनाएको बताइन् । ‘जात्रा’ एशियामै अवार्ड पाउन लायक सिनेमा रहेको उनको भनाई छ । यस्तै, अभिनेत्री मानन्धरले जात्रालाई हाँसो र रोनदयुक्त फिल्म भनी व्याख्या गरेकी छिन् । रविन्द्रसिंह बाँनिया निर्मित फिल्म ‘जात्रा’ मा कलाकार विपिन कार्की, रविन्द्र झा, निर्माता बाँनिया र नायिका बर्षा राउतको मुख्य भूमिका रहेको छ ।