प्रधानमन्त्री फेवाताल छेवैमा छमछमी नाचेपछि…

गण्डकी। पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए। आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरू झाँकी र नाचगानसहित सामेल भएका थिए। फेवातालछेउ बाराहीघाटमा उल्लास छाइरहेको थियो। …

भक्तराज आचार्यको निधन, श्रद्धाञ्जलीका लागि मंगलबार नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने

जन्म : वि.स.२००० माघ १२ मंगलबार, निधन : वि.स. २०८० फागुन १४ सोमबार

लोकसंगित सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति : प्रधानमन्त्री

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकगीत सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति भएको बताएका छन् ।  राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सबै भाषा, जातिमा र क्षेत्रमा लोकगीत लोकप्रिय रहेको बताए ।  “लोकसाहित्य युगौँदेखि जनसाधारणको मौखिक परम्पराका रूपमा व्यक्त हुँदै आएको छ । लोक साहित्यअन्तर्गत प्रमुख विधाको रूपमा लोकगीत सबैभन्दा सम्पन्न भएको विधा हो,” प्रधानमन्त्रीले भने, “नेपाली जनजीवनका समग्र पक्ष र पाटालाई लोकगीतले प्रस्तुति गरेको छ । नेपालको मेचीदेखि महाकालीका साथै नेपालबाहिर समेत फैलिएर रहेको लोकगीत यहाँका हरेक संस्कृति, प्राकृतिक सौन्दर्य, जनजीवनका हरेक घटना, दुःख–सुखका सम्पूर्ण भोगाइहरू नै लोक गीतको प्रमुख विषयवस्तु भएर आउने गर्दछ ।” बहुजाति, बहुभाषी तथा बहुसंस्कृतिको धनी देश नेपालको राष्ट्रिय पहिचानको महत्त्वपूर्ण आधारस्तम्भ लोकदोहोरीको मौलिकताको रक्षा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले लोकगीतले भाषिक, सांस्कृतिक विविधतासहितको बलियो अन्तरघुलन र एकता बनाउनुपर्नेमा जोड दिए । “हरेक देशको आफ्नै लोक संस्कृति हुन्छ । छुट्टै पहिचान, महत्त्व र कार्य हुन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “आवश्यकता, भौगोलिक अवस्था, जातीय बनोट, मूल्य मान्यता आदिले संस्कृतिको निर्धारण गर्छ । विविधतापूर्ण संस्कृति भएका विश्वका मुलुकहरूमध्ये नेपाल त्यस्तो देश हो, जहाँ जातीय, भाषिक, सांस्कृतिक विविधतासहितको बलियो अन्तरघुलन र एकता छ ।”  हिमाल, पहाड र तराई–मधेशको जीवनपद्धति आ–आफ्नै हुने गरेको बताउँदै प्रधानमन्त्रीले जीवनपद्धतिका आधारमा संस्कृतिको विकास हुँदै जाने उल्लेख गरे । उनले भने, “हामीकहाँ सांस्कृतिक विविधताको प्रमुख आधार पनि जातीय, भाषिक, सामुदायिक र भौगोलिक विविधता नै हो । यसको सम्मान गरेर मात्र हामीले सही अर्थमा राष्ट्रिय संस्कृतिको विकास गर्न सक्छौँ ।” लोक प्रतिभाहरूलाई आफूभित्र अन्तरनिहित प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्न देशभित्र र विदेशमा लोक तथा दोहोरीगीत प्रतियोगिता सञ्चालन गर्ने गराउने कार्य सराहनीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लोकसङ्गीतको संरक्षणका निम्ति लोक वाद्य सामग्रीहरूको प्रयोगमा जोड दिए । सबै नेपालीहरूमा राष्ट्रियता र नेपाली मौलिकताको भावना जगाउन क्रियाशील हुनुपर्ने उल्लेख गर्दै उनले  आफ्नो उद्देश्यमा प्रतिष्ठान एकताबद्ध प्रयासका साथ अग्रसर हुने विश्वास व्यक्त गरे ।  

राष्ट्रपति पौडेलद्वारा गायिका मेनुका पौडेल सम्मानित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका हुन् । राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा एक समारोहबिच मेनुकालाई सम्मान गरे । राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम, मिहिनेत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताउदै देशका छोराछोरीले नै मिहिनेत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव बढाउने उल्लेख गरे । उनले मिहिनेत र अभ्यासले मानिसलाई सफल बनाउने उल्लेख गर्दै मेनुकाको उत्तरोत्तर प्रगतिको कामना गरे ।

गायिका संगम लामिछानेको नयाँ गित ‘ए गौरि’ को भिडियो सार्वजनिक

काठमाडौंँ । काठमाडौंँ चर्चित लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गित ‘ए गौरि’ सार्वजनिक भएको छ । बद्री सापकोटा र संगम लामिछाने को स्वर भएको उक्त गितमा कृष्ण लामिछाने को शब्द तथा बद्री सापकोटाको संगित रहेको छ । उक्त गित मा बिनोद बाजुरालि को संगित संयोज रहेको छ भने चर्चित मोडल अञ्जली अधिकारी तथा बिमल अधिकारी साथै रिया खड्का र दिपक पौड्याल को अभिनय रहेको उक्त गित संगम लामिछाने युटुब च्यानल बाट सार्बजनिक भएको छ । मौसम हिमाली को निर्देशन रहेको उक्त गित नवराज उप्रेतिले खिचेका हुन्। रामेछाप जिल्ला स्थाई घर भएकी बहुचर्चित काठे गित हे मेरो सानु कि गायिका संगम लामिछाने काठ क्षेत्रकी बहुत चर्चित गायिका हुन । काठ क्षेत्र मात्र नभएर पश्चिमि गित सम्म गाउन खप्पिस गायिका लामिछानेले यसपालि भने पश्चिमि गित बजार मा लेराएकि हुन। बहुचर्चित गित बस बस पियारि का संकलक तथा गायक बद्री सापकोटा संगको सहकार्यमा झ्याउरे गित ए गौरि गायिका संगम लामिछाने ले सार्वजनिक गरेकि हुन् ।

स्वरसम्राट नारायण गोपालको आज ३३औँ स्मृति दिवस

काठमाडौं । स्वरसम्राट नारायण गोपालको ३३औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । असंख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म १९९६ साल असोज १८ गते बुबा आशा गोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको सन्तानका रूपमा काठमाडौँको किलागलमा भएको हो । उनको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो । वि सं २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको सङ्गीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले थुप्रै कालजयी गीत गाएका छन् । उनका ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘एउटा मान्छेको मायाले’, ‘झरेको पात झैँ भयो जिन्दगी’, ‘यो मुटुलाई कसरी सम्झाई बुझाऊँ’, ‘केही मीठो बात गर’, ‘साउनको झरी बनी तिमी आउन’ जस्ता गीतहरू चर्चित छन् । यसैबीच, नारायण गोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार यस वर्ष ‘स्वरकिन्नरी’ तारादेवी (मरणोपरान्त) र वाङ्मयसेवी गणेश रसिकलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानले आज विशेष कार्यक्रम गरी सो सम्मान दिन लागेको हो । कोषकी अध्यक्ष उषा शेरचनले दिएको जानकारी अनुसार तारादेवीलाई करिब पाँच दशक गीतसङ्गीत क्षेत्रमा योगदान गरेबापत मरणोपरान्त र रसिकलाई गीतसङ्गीत र साहित्य क्षेत्रमा करिब ६ दशक समर्पित भएबापत सो सम्मान दिइने भएको हो ।

भक्ती सागर गीतिएल्बम सार्वजनिक

काठमाडौं । विजया दशमी २०८० तथा दशैंको अवसर पारेर ओएसनेपालको आयोजनामा ओएसनेपालको प्रस्तुतिमा रहेको भजनको गीतिएल्वम भक्ति सागर राजधानीमा एक भव्य समारोहको आयोजना गरि सार्वजनिक गरिएको छ । विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन अमर को रचनामा रहेको उनको यो तेत्तीस औं कृति हो भने यस भक्ति सागर (गीतिएल्वम) भजनमा चार वटा भजनहरू जय गणेश, दुर्गे भवानी, हे राम राधे श्याम, हरे राम भजनहरू समावेश रहेको छन् । स्वयम् रचनाकार सुरेन्द्र महर्जनकै स्वर यस गीतिएल्बमभित्र रहेको छ ।एल्बमभित्र रहेको सम्पूर्ण भजनहरूमा वरिष्ठ संगीतकार राम कार्कीको एकल संगीत र एरेन्ज रहेको छ । एल्बम सार्वजनिक समारोहमा सयौं जनाको जनाको सहभागिता रहेको थियो । ओएसनेपालको तर्फबाट विवेक कार्कीले कार्यक्रमको सभापतित्व ग्रहण गरिएको थियो । उक्त कार्यक्रममा दिनेश डि.सि, चर्चित एवं विश्व कृतिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक शिव परियार, गायक रामकृष्ण ढकाल, एच बि ताम्राकार, अरुण देव जोशी, बब्लु गुप्ता नेपाल, राजेन्द्र ताम्राकार, पदम सुनार, हरि ढकाल, प्रभा शर्मा लगायत अथिति रहेका थिए । दशैंको शुभ अवसर पारेर भजन सार्वजनिक गर्न पाउँदा खुशी लागेको ओएसनेपालको तर्फबाट सुमन सापकोटाले जानकारी दिए ।

प्रदिप र सविता अभिनित सुनन सार्वजनिक

काठमाडौं । प्रणय दिवस नजिकिदै गर्दा प्रेमिल शैलीका म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रम बढ्दो छ। यसैक्रममा प्रतिभाशाली युवा गायक ओजस्वी प्रदिप धमलाले सुनन बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा स्वयम् गायक धमलाको शब्द संगीत रहेको छ। शिवम रसाइलीले यस गीतमा संगीत संयोजन गरेका छन्। अनिल कटुवालले छायाँकन र सम्पादन गरेको यस भिडियोमा सविता कुटु र गायक धमला फिचर्ड छन्। भिडियोमा द डान्स सोर्स समुहको समेत प्रस्तुति देख्न सकिन्छ। भिडियो ओपीडी ट्युन्स नामक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

तीन दिनमैं ट्रेण्डिङ भयो हरिवंशको गीत

काठमाडौं । गतसाता रिलिज भएको हरिवंश आचार्य अभिनित गीत तीन दिनमैं ट्रेण्डिङमा पुगेको छ । युटु्यूबमार्फत रिलिज भएको गीतको भिडियो अपलोड भएको तीन दिनमैं तेश्रो नम्बरमा पुगेको हो । भिडियोलाई यो समाचार तयार पार्दासम्म ११ लाख ६२ हजारले हेरिसकेका छन् । कर्कोलो कोक्याउलो बोलको गीतको शब्द, संगीत र स्वर हरिवंश आचार्यको रहेको छ । गीतमा स्वस्तिमा खडका, श्याम पाण्डे, महेश त्रिपाठी, नवीन लम्साल, रुक्मिला अधिकारी, विमल खडकाले अभिनय गरेका छन् । भिडियोको छायांकन सुशिल सापकोटाले गरेको छन् भने निर्देशन मानव सुवेदीको रहेको छ । सुरक्षा पन्तले गीतको पटकथा लेखेकी हुन । सामाजिक सचेतना जगाउने उद्देश्यले तयार पारिएको गीत छोटो समयमा नै चर्चित हुनुमा गीतको बोल, छायांकन र उत्कृष्ट सम्पादन रहेको कारण भएको निर्माताले जनाएका छन् ।

प्रमोद खरेलको  ‘तिमीले सोचे जस्तो छैन’ गीत सार्वजनिक

द भ्वाइस किड्सका कोच एबम चर्चित गायक प्रमोद खरेलको सुमधुर स्वरमा ‘तिमीले सोचे जस्तो छैन’ गीत सार्वजनिक भएको छ यज्ञराज पौडेलको रचना र हरि लम्सालको कर्णप्रिय संगीत रहेको गीतमा सुरज श्रेष्ठको एरेन्ज रहेको छ  । पछिल्लो समय म्युजिक भिडियोमा जमेका जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय र निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सीनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ भने लक्ष्मी र जीवनको अलावा बिक्रम श्रेष्ठको पनि भिडियोमा अभिनय रहेको छ  । ‘तिमीले सोचे जस्तो छैन’को भिडियोलाइ टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

लोक दोहोरी गित बाह्रबर्षे पनौती मेला सार्बजनिक

काभ्रे। एतिहासिक तथा धार्मिक नगरिका रूपमा परिचित काभ्रेको पनौतिमा बाह्रबर्षमा एक पटक लाग्ने मकर मेला माघ एक गतेबाट सुरुहुने भएको छ। उक्त मेलाको अबसरमा लोक गायक तथा शर्जक किरण गौतम र नव गायिका सृजना श्रेष्ठको लोक दोहोरी गित बाह्रबर्षे पनौती मेला बिहिवार बाट संगितिक बजारमा सार्वजनिक भएको छ । “बचाउ हाम्रो धर्म र सस्कृती,जागौ युवासारा!बिश्व सम्पदा सुचिमा पनौती हाम्रो कर्तव्य हाम्रै अभिभारा” भन्ने मुल नारा सहित काभ्रे जिल्लाको गौरव एतिहासिक बाह्रबर्षे पनौती मकर मेलालाइ स्मरण गर्दै परदेशमा रहेका युवाहरुले सम्झाना स्वरुप उक्त लोक दोहोरी गित सार्वजनिक गरेका हुन। नेपाली लोक दोहोरि गित लाई जिबन्त राख्न अनवरत लागि रहेका काभ्रेका सन्चारकर्मी एवम् पनौती नगरपालिका स्थानिय युवा गणेश आचार्यको परिकल्पनामा तयार भएको गितमा मकर मेला के हो? परापुर्व कालमा के कस्ता किम्बदन्ती थिए?लगाएत आध्यात्मिक कथनलाइ उजागर गर्ने प्रयास गरेको गित मार्फत बुझिन्छ । गायक किरण गौतम र गायिका सिर्जना श्रेष्ठको स्वर तथा लय रहेकोे गितमा नारायण दङालको संगीत सम्योजना गरेका छन् । यस्तो छ गित

अञ्जु पन्तले थीर कोइरालासँग बिहे गर्दै

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तले दोस्रो विवाह गर्ने भएकीछिन् । पन्तले इलाम स्थायी घर भएका थिर कोइरालासँग बिवाह गर्ने भएकी हुन् । बिवाहबारे दुवैको परिवारमा कुराकानी भैरहेपनि मिति भने तय भएको छैन । गायककार मनोजसँग पहिलो विवाह गरेकी अन्जुको दाम्पत्य जीवन सफल भएको थिएन । क्रिश्चियन चर्चका पाष्टर समेत रहेको कोइराला सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । दुबै केही समय देखि प्रेम सम्बन्धमा थिए । थिर र अञ्जु दुबैले क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तरवार्ताको क्रममा अञ्जुको भेट भएको थियो ।यसपछि, भने उनीहरु नजिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् । एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध विच्छेद गरेर एकल जीवन बिताइरहेकी थिइन् । मनोजराजले सोही वर्ष विवाह गरेपनि अन्जु भने छोरीसँग बस्दै आएकी थिइन् । अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने विषयमा सोचिरहेको बताएकी थिइन् ।

गायक नारायण थापाको मर्मस्पर्शी गीत ‘दिलमा आगो’ सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा ‘गीत संगीतलाई मनैदेखि माया गर्ने एउटा मनुवा’ को नामले चिरपरिचित गायक नारायण थापाको निकै मर्मस्पर्शी गीत ‘दिलमा आगो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा त्रिकोणात्मक प्रेम दर्शाइएको छ । गायक थापाद्वारा सार्वजनिक गीतले युट्युबमा छोटो अवधिमा नै निकै लोकप्रियता हासिल गरिरहेको छ । निकै नै मार्मिक शब्द र संगीत रहेको गीतको भिडियोमा लोक मिश्र, सुस्मिता अधिकारी र अनुज शर्माको अभिनय रहेको छ । भिडियोको निर्देशन सुवास प्रधानले गरेका हुन् भने छाँयाकन प्रेम लामा तथा इडिट टेकेन्द्र शाहले गरेका हुन् । नारायण थापाद्वारा संगीत र स्वरबद्ध ‘दिलमा आगो’ बोलको गीतमा बीबी रिजालको शब्द, सहास शाक्यको एरेन्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ्गमा स्टरिङ रहेको छ ।

क्याप्टेन विजय लामा र बेनिशा हमाल अभिनित ‘छोरी’ सार्वजनिक

चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’का मुख्य कोच, वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको मर्मस्पर्शी गीत ‘छोरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको गीतको म्युजिक भिडियोमा क्याप्टेन विजय लामा र नायिका बेनिशा हमाल र महिशा पुन थापा फिचर्ड छन् भने भिडियोमा उत्सव दाहालको क्यामेरा, बिकाश दाहालको सम्पादन र युवराज वाईबाको निर्देशन रहेको छ । भिडियोलाई गोत्र इन्टरटेण्टमेन्टले बजारमा ल्याएको हो । सेलिब्रिटी पाइलट क्याप्टेन विजय लामा, नायिका बेनिशा हमाल र मैशा पुन थापा अभिनित वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको मर्मस्पर्शी गीत ‘छोरी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको गीतको म्युजिक भिडियोमा भिडियोमा उत्सव दाहालको क्यामेरा ,बिकाश दाहालको सम्पादन र युवराज वाईबाको निर्देशन रहेको छ । भिडियोलाई गोत्र इन्टरटेण्टमेन्टले बजारमा ल्याएको हो ।

रमेश श्रेष्ठको ‘घरमा मेरो बिहेको कुरा चल्दैछ’ सार्वजनिक (भिडियो)

काठमाडौंः चर्चित गायक रमेश श्रेष्ठ ‘मेलोडी’को नयाँ गीत ‘घरमा मेरो बिहेको करकर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ गीतहरु गाएर चर्चा कमाइसकेका गायक श्रेष्ठको सुमधुर आवाजमा रहेको ‘घरमा मेरो बिहेको करकर’ शुक्रबार युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । गीतमा सुरेन्द्र थपलियाको शब्द र गायकको आफ्नै संगीत रहेको छ । म्युजिक भिडियोलाई विशाल प्रजापतिले छायाँकन गरेका छन् भने निर्देशन सरोज श्रेष्ठले गरेका हुन् । उक्त भिडियोलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा चर्चित हास्य कलाकार महादेव त्रिपाठी, मनिष प्रितम, रश्मि श्रेष्ठ, गणेश केसी, नमराज पराजुली तथा भगवान खत्रीलाई देख्न सकिन्छ ।

गायिका कोपिला गौतमको मौलिक तीज गीत ‘आमाले पकाएको दर राम्रो’ सार्वजनिक

पछिल्लो समय नेपाली सांगितिक बजार तीज गीतले छोएको छ । दिनप्रतिदिन नयाँ¬–नयाँ तीज गीतहरु सार्वजनिक भएका छन् । त्यसैक्रममा पुरानी गायिका कोपिला गौतमको पनि मौलिक तीज गीत सार्वजनिक भएको छ । गौतमको नयाँ तीज गीतको बोल हो ‘आमाले पकाएको दर राम्रो’ । वास्तवमा भेलिलाई तीजमा माईती नै प्यारो हुन्छ । भनिन्छ ‘भेलीलाई माईतीको कुकुर पनि प्यारो लाग्छ ।’ त्यसैअनुसार तयार परिएको गीत ‘आमाले पकाएको दर राम्रो’ हो । पछिल्लो समय पुरानो गायिका कोपिला गौतमको गीतहरु त्यति बजारमा आएका छैनन् । तर, तीज गीत भने उनले प्रत्यक बर्ष बजारमा ल्याईरहेकी छन् । पूर्वको ईलाममा जन्मिएकी गौतमलाई पश्चि गीत गाउन त्यति सजिलो त थिएन । तर यनले त्यसलाई सामना गरी लाईभ दोहोरी गाउँछिन् । पूर्वेली भाकाहरु देखि पश्चिमको दोहोरी गीतसम्म गाउँदै आएकी छन् । उनको स्वर करिब एक डेड दर्जन गीतहरु बजारमा आएका छन् । केही वर्षअघि गायक पशुपति शर्मासँगको सहकार्यमा गौतमको ‘पोखरा फेवाताल’ सुपरडुपर हिट भएको थियो । आजका दिनमा पनि यो गीत त्यतिकै हिट छ । त्यस्तै चन्द्र शर्मा र प्रचण्ड जिसीसँग गाएको तीज गीत ‘चौतारी ताकेर’ले गत बर्ष चर्चा बटुल्न सफल भएको थियो । ‘आमाले पकाएको दर राम्रो–आफैंले रोजेको वर राम्रो’ गीतमा गीतकार तथा पत्रकार लोकराज अधिकारीको शब्द रहेको छ । जसमा गोविन्दमधुर आचार्यले संगीत दिएका छन् भने उनकै संगीत संयोजन रहेको छ । स्वर कोपिला गौतमको रहेको छ । यस गीतको म्यूजिक भिडियोलर्फ स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी छन् । भिडियोमा भने कोपिला गौतम आफैं देखिएकी छन् जसमा चाहना राना मगरको अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । गीतलाई शुभकामना मिडियाले बजार व्यवस्थापन गरेको हो । अडियो भिडियो दुवै पक्षमा मौलिकता झल्किएको ‘आमाले पकाएको दर राम्रो’ गीतलाई म्यूजिक खबरको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो हेर्नुहोस्