बामदेवको मुद्दाको सुनुवाई स्थगित, अब दशैँपछि मात्रै हुने
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई बुधबार पनि स्थगित भएको छ ।
असोज २१ गते बुधबारका …
शेरेले I LOVE YOU लेखेर पठाएपछि…..
शेरेले एउटी केटीलाई धेरै माया गर्थ्यो तर डराएर केही भन्न सकेको थिएन । १ दिन उसले म्यासेजमा I love You लेखेर पठाउने निर्णय गरेछ । उसले राती ‘ I LOVE YOU’ लेखेर केटीको नंबरमा म्यासेज पठाएछ । केही समय पछि शेरेको मोबाइलमा म्यासेजको रिङटोन बजेछ तर उसले भोलीपल्ट बिहान नुहाइधुवाई गरेर मन्दिर गएर मात्र म्यासेज पढ्ने निर्णय गरेछ र सुतेछ । रात भरि केटीकै सपना देखेछ । बिहान उठेर नुहाएछ र मन्दिर गएछ । अनि मन्दिरबाट फर्केपछि म्यासेज पढेको त यस्तो लेखेको रैछ- +9771414 Your Message Not delivered. Account balance: 0.17 Rupees. Please recharge in time. Thank you
हरि र रामविचको रमाइलाे कुराकानी
रामः तिमिलाई पौडी खेल्न आउछ ? हरिः आउदैन रामः तिमि जत्रो त कुकुरले पनि पौडी खेल्न सक्छ हरिः तिमिलाई पौडी खेल्न आउछ त ? रामः आउँछ हरिः अब कुकुर र तिमिमा के फरक भो त
चुट्किला: कता अंकल पार्टीमा ?
आफ्नो मन पर्ने शि** सूज लगायो कि टोलको फुच्चेले- “कता अंकल पार्टीमा ?” भन्दै हैरान पारेका अंकललाई एक दिन त अंकललाई नभन्दै एउटा पार्टीको निम्ता आएछ । निमन्त्रण कार्डमा ‘Only Red Tie’.. लेखिएको थियो । अंकलले भने- हत्तेरी आज भने शि** सुजै टल्काएर जान नपाइने भो ! . . . . उनी पार्टीमा पुग्ने बित्तिकै सबै मान्छे चिच्याए- हे भगवान ! अंकल के हो यस्तो ? अंकल- “आफू त जे निमन्त्रण कार्डमा लेख्या थियो त्यै गरेर आइयो ! यी हेर्नुस् – ओनली पिंक टाई । अनि तपाईंहरू चैं सर्ट-प्यान्टमा ठाँटिएर कता नि ?…😋😁”
चुट्किला: लौरो खोई ?
आमा- सुन्नुस् त ! हाम्रो छिमेकमा बस्ने खड्का काजीको छोराले गणितमा सयमा ९८ नम्बर ल्याइछ नि ? बाउ- अनि दुई नम्बर कता हालेछ त मोराले ? आमा- त्यो हाम्रो छोराले ल्याइछ ! . . . . बाउ- लौरो खोई मेरो लौरो ?
चुट्किला: मुन्द्रेको अन्तरवार्ता
सरकारी अस्पतालमा कर्मचारी भर्नाको निम्ति अन्तरवार्ता चल्दैछ । हाकिमले एउटा प्रश्न सोध्ने बित्तिकै उम्मेदवारलाई अस्वीकृत गर्दैछ । हाकिम: तिम्रो नाम के हो ? उम्मेदवार: सर, सरला पौडेल । हाकिम: बाहिर जाउ । अब अर्को जनाको पालो… हाकिम: तिम्रो नाम के हो ? उम्मेदवार: अंकित थापा । हाकिम: गेट आउट ! अर्को… हाकिम: नाम? उम्मेदवार: हजुर, राजु क्षत्री ! हाकिम: तिम्रो काम छैन । गेट लस्ट ! . . . यसैगरी एक सय ५० जनालाई बाहिर पठाइसकेपछि …. . . . . . . . . अब पालो मुन्द्रेको… हाकिम: तिम्रो नाम के हो ? मुन्द्रे चुप…। हाकिम: व्हाट इज योर नेम ? मुन्द्रे अझै चुप..। हाकिम (झर्किएर): तिम्रो नाम के हो यार ? मुन्द्रे अझै पनि चुप…। हाकिम (हात जोड्दै): सर प्लीज हजुरको नाम के हो ? मुन्द्रे (रुखो पाराले): मलाई था’छैन । बाहिर मेडिकलमा गएर सोध्नुस् ! . . . हाकिम: बधाई छ ! तपाईं नै हो हामीले खोजे जस्तो मान्छे । लौ तपाईंको नौकरी पक्का !!!
चुट्किला : तीजको लहर
श्रीमती- मैले तीजको व्रत बस्न छोडेको आठ वर्ष पुग्न थाल्यो, तपाईं त तैपनि स्वस्थ पो हुनुहुन्छ त? श्रीमान- हो नि म आफ्नो स्वास्थ्यको पूरा ख्याल राख्छु, खानपिनमा विचार गर्छु, व्यायाम गर्छु । स्वस्थ त भइहाल्छु नि ! श्रीमती- भैगो, मलाई मूर्ख नठान्नु । सब थाहा पाइसकेकी छु । भन्नुस् को हो त्यो बाइफाले आइमाई जसले तपाईंका लागि तीजमा व्रत बस्छे? श्रीमान बेहोस !
सेरेको बस
शिक्षकले कक्षामा सबै विद्यार्थीहरूलाई भने, “म पाँच मिनेट पछि आउँछु । सबैले आआफ्नो कपिमा बसको चित्र बनाउने । केहीछिन पछि शिक्षक आएर सबै विद्यार्थीहरूको कपि हेरे। सबै विद्यार्थीहरूले एक से एक बस बनाएका रहेछन् । तर सेरेको पाना भने खाली ! शिक्षकले रिसाएर सोधे,”हैन ए सेरे गधा ! के पारा हो यो खै तेरो बस ?” सेरे,”सर हजुर ढिलो हुनु भएछ । बस त अघि नै छुटिसक्यो ।”
यी तीन अवस्थाका पुरुष कहिल्यै खुशी हुन सक्दैन
काठमाडौं, पुस १२ । भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख–समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन । कुनै पनि ब्यक्तिको भाग्यले साथ दिइरहेको छ कि छैन भन्ने कुरा उसको परिस्थिति हेरेर भन्न सकिन्छ ।शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ । चाणक्य नीति भन्छः वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्। भोजनं च पराधीनं त्रयस् पुंसां विडम्बनास्।। यसको अर्थ हो कुनै पनि पुरुषकी पत्नीको मृत्यु भयो वा अर्कैसँग गइ भने यो दुर्भाग्यको कुरा हो । यदि यौवनावस्थामा नै जीवन साथीको साथ छुट्छ भने यस्ता पुरुषले त पुनः विवाह गर्न सक्लान तर अलिक उमेर गएपछि यस्तो हुनु सबैभन्दा दुखःद हुन्छ । लोग्ने मानिसको जीवनमा वृद्धावस्थामा पत्निको साथ सबैभन्दा बढि महत्वपूर्ण मानिएको छ । बुढेसकालमा एक्लो हुनु निराशा र दिक्दारीको कारण बन्छ । यसैले यस्ता पुरुषलाई अभागी भनिएको छ । शत्रुको हातमा परेको धन चाणक्य भन्छन् कुनै पनि पुरुषको धनमाल शत्रु वा खराव भाइको हातमा परेको छ भने त्यस्तो ब्यक्ति अभागी हो । आफूले कमाएको धन अरुको हातमा पर्नु दुर्भाग्यको कुरा हो । आफूले कमाएको धन अरुको हातमा पर्नु आफैमा दुःखद त हो नै त्यो धन आफै विरुद्ध समेत प्रयोग हुन सक्छ । अरुको घरमा गुलाम कुनै पनि पुरुषको लागि अरुको घरमा बस्न पर्नु वा अझ गुलामी गर्न पर्नु सबैभन्दा दुखको कुरा हो । यस्ता पुरुषलाई पनि चाणक्यले अभागी भनेका छन् । यस्ता ब्यक्तिलाई कुनै पनि काम गर्दा अर्कैको आदेश पर्खिनु पर्छ । गुलाम बनेर वा अर्काको घरमा बस्ने पुरुषको स्वतन्त्रता भन्ने चिज नै हुँदैन । यस्तो ब्यक्ति तन मनले दुःखी हुने भएका कारण पक्का अभागी भएको चाणक्यको भनाइ छ ।अतः कुनै पनि पुरुषले आफूलाई यी तीन अवस्थाबाट जोगाउने प्रयास गर्नु पर्छ ।
यी कुराले महिला औधी खुशी हुन्छन !
एक अध्ययनका अनुसार महिला सबै भन्दा धेरै आफ्नै तारिफ सुनेर खुशी हुने बताइएको छ । वास्तवमा महिलाहरू आफ्नो सौन्दर्यको तारिफ सुनेर धेरै खुशी हुन्छन् । महिला मात्र किन, सबैजनालाई प्रशंसा मन पर्छ । तर महिलाहरू कपडा, मेकअप, हेयरस्टाइल लगायतको प्रशंसा सुन्न रुचाउँछन् । तपाईं मन परेकी महिलालाई प्रशंसा गर्नुस् । जतिखेर पनि प्रशंसा चाहिँ नगर्नुहोला, फेरि उनले जिस्केको भन्ठान्छिन् । कहिलेकाहीँ नयाँ कपडा लगाएको बेलामा चाहिँ प्रशंसा गर्दा उनी खुशी हुन्छिन् । महिलाहरू अलि फरक तरिकाले सोच्छन् । कुनै युवतीले युवकलाई प्रेम गर्छिन् भने उक्त युवकको नाम अर्की केटीसँग जोडिएको पटक्कै मन पराउँदिनन् । त्यसैले उनलाई तपाईं ‘तिमी नै मेरो पहिलो र अन्तिम प्रेम हौ’ भन्ने गर्नुस् । यो कुराले उनी सुरक्षित अनुभव गर्छिन् र खुशी भएर तपाईंलाई प्रेम गर्छिन् । आफ्नी प्रेमिकालाई खुशी बनाउनका लागि प्रशंसा मात्र नगरेर उनी तपाईंका लागि विशेष छिन् भन्ने अनुभव पनि गराउनुस् । त्यसैले प्रेमिकाको प्रेम पाउनु छ भने प्रशंसा गर्दा तिमी सबभन्दा गजबकी छ्यौ भन्नुस् । धेरैजसो केटाहरू प्रेमको नाममा फ्लर्ट गर्छन् तर बिहेको कुरा निस्केपछि भाग्छन् । केटीहरूलाई यस्ता केटासँग खुबै डर लाग्छ र धोका पाइएला भन्ने भयले सताउँछ । तपाईंले प्रेमिकालाई मसँग बिहे गर्छ्यौ भनी सोध्दा उनी खुशी हुन्छिन् । तपाईंले कुनै नयाँ काम शुरु गर्नुभयो भने प्रेमिका वा पत्नीसँग सल्लाह लिने गर्नुस् । यसो गर्दा उनीहरूले आफूलाई सम्मान देखाएको अनुभव गर्छन् र खुशी हुन्छन् । एजेन्सी
चुट्किला: गाेजीमा हिरोइनीहरुको सेक्सी फोटो र केटीहरुको नम्बर पाएपछि
गोरले आज छोरोको ज्याकेट खनतलासी गरेछ छोराको ज्याकेटका गोजीमा गोरेले चुरोट, गुट्का, खैनी, कण्डम हिरोइनीहरुको सेक्सी फोटो र केटीहरुको फोन नम्बर भेटेछ छोराको गोजीमा भए नभएको सबै भेटेपछि गोरेलाई रिस उठेछ गोरेले छोरोलाई एक झापड हानेछ कहीलेदेखि यस्तो काम गरिराखेको छस् ? छोरोल आँशु पुच्दै भनेछः मैले झुक्किएर आज हजुरको ज्याकेट लगाएछु बुवा । गोरे ट्वाँवाँ
चुट्किलाः त्यसो भए तेरो बुढी पच !
एउटा दाउरे बुढी लिएर दाउरा काट्न गएछ। दाउरा काट्दाकाट्दै उसको बुढी पोखरीमा खसिछे। अनि उ डिलमा बसेर रुन थालेछ। केही समयपछि जलदेबता प्रकट भएर उसलाई रुनको कारण सोधेछन्। अनि उसले पनि आफ्नी श्रीमती खसेर रो’को भनेछन्। दाउरे,”प्रभु, मेरी बुढी यस पोखरीमा खसेकी छे, त्यो भइन भने त म मरेतुल्य हुन्छु।” “तेरी बुढी कस्ति छे त?” “के भन्नु र. एन्जेलिनाको जस्तो ओठ. करिनाको जस्तो फिगर. ऐश्वर्याको जस्तो आँखा, कट्रिनाको जस्तो अनुहार भएकि छे प्रभु ” “कसम?” “कसम, प्रभु” त्यसो भए तेरो बुढी पच !
चुट्किलाः डाक्टरले शेरेको पिसाव जचाउँन पर्छ भनेपछि…
शेरे र गोरे हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै कालेले सोधेछः ओए,गोरे किन रोको यार त? गोरेः हेर न रगत जचाउन पर्छ भनेर हस्पिटलमा त मेरो औला नै काटी दियो यार ।। कालेः अनि शेरे त किन रोइराख्या नी । शेरेः मेरो त पिसान नै जचाउनु पर्छ रे यार। ।उ हु उ हु ।।।
चुट्किलाः हरेक वर्ष बच्चा जन्मिन्छ, म के गरुँ?
शेरेको हरेक वर्ष बच्चा जन्मिएर हैरान भएको छ । यसको समाधानको लागि शेरेले गाउँकै कुटीमा बस्ने बाबासंग मद्धत माग्न पुग्छ । शेरेः बाबा, मेरो हरेक वर्ष बच्चा जन्मिन्छ । म हैरान भइसकें । म के गरुँ? बाबाः कण्डमको प्रयोग गर्ने गर शेरे । शेरेः त्यो त म सधैं प्रयोग गर्छु नी बाबा । बाबाः उम त्यसो भए अबदेखि पुरै गाउँमा कण्डम बाँडिदेउ । कृपा उतैबाट आएको हो । शेरे बेहोस ।
चुट्किलाः गर्लफ्रेन्डलाई शेरेले एकान्तमा छुन खोजेपछि…
शेरेले आफ्नो गर्लफ्रेन्डलाइ घुमाउन एउटा सुनसान ठाउँमा लगेछ । कोही नदेखेको मौका छोपेर शेरेले गर्लफ्रेन्डलाई छुन खोजेछ । शेरेलाई सम्झाउँदै केटीः अहिले हैन शेरे । नछोउ न मलाइ, पछि के । शेरेः केही हुन्न के प्रिय, तिमीलाई मैले माया पनि गर्न नपाउने? केटीः पाउने, तर यो सब बिहेपछि मात्र के । है शेरे? शेरेः हुन्छ । त्यसो भए तिम्रो विहे भएपछि मलाई फोन गर । केटी आगो । शेरेको अनुहार अहिलेपनि सुन्निरहेको छ ।
चुट्किलाः यदी उ मेरो भईनन् भने…
एउटा साथी निकै निराश थियो । त्यसले हामी २, ३ जना साथीलाई चिया खान बोलायो । हामी गयौं । अनि उसको र निशाको प्रेम कथा सुनाउन थाल्यो । उ वियोगमा रहेछ । अनि एक पटक झोक्किर भन्यो–‘यदि उ मेरो हुन सकिन भने म उसलाई कसैको हुन दिन्न । ’ बुझ्यौ ? मैले भनें– ‘यसको मतलब, उ तेरी भइ भने चाहीँ सबैको हुन दिन्छस ।’ मेरो साथी अहिले म संग बोल्दैन । मैले केही गलत भनें र?