प्रधानमन्त्रीद्धारा पोखरालाई पर्यटनको राजधानी घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन्दर पर्यटकीय नगरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले चैत्र ४ गते आइतबार (आज) पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् ।

यी हुन् सन्नी लियोन भन्दा हट एण्ड सेक्सी सपना (तस्विरहरू)

भारतीय मिडियाका अनुसार बलिउडमा एउटी निकै हट एण्ड सेक्सी युवतीको बारेमा चर्चा हुने गरेकाे छ । उनी सन्नी लियोन भन्दा पनि धेरै कामुक र बोल्ड देखिने भारतीय मिडियाकाहरूकाे दावी रहेकाे छ । उनि हुन् मोडलिङ्गतर्फ करियर बढाइरहेकी गुजरातका स्वास्थ्य मन्त्री जय नारायण व्यासकी सुपुत्री सपना व्यास पटेल । हेर्नुहाेस् सपनाका केही तस्विरहरू  

यसरी भयो मेलम्ची सुरुङको ब्रेक थ्रू, फोटोफिचर

मेलम्ची, चैत्र २९ । बुहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको आज अन्तिम ब्रेक थ्रू भएको छ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङको विशेष समारोहका बीचमा उपराष्ट्रपति नन्दबहादुर पुनले रिबन काटेर विधिवत रुपमा सुरुङको बे्रक थ्रू भयोको हो । समारोहमा खानेपानी मन्त्री बीना मगरसहित मन्त्रालयका उच्च अधिकारी, अायाेजना प्रमुखसहित ठूलाे संख्यामा स्थानीयकाे पनि उपस्थिति थियाे। उपराष्ट्रपति पुन रिबन काटेर ९ किलोमिटर लामो सुरुङको बीच भागसम्म पुगेका छन् । माओवादी नेत्री बीना मगरले खानेपानी मन्त्रालयकोे जिम्मेवारी समालेपछि चैत्र ६ गते आयोजनाको स्थलगत भ्रमण गरी २५ दिनभित्र सुरुङ निर्माणको कार्य सम्पन्न गर्न निर्देशन दिनु भएको थियो । त्यसपछि मन्त्री मगरले निरन्तर रुपमा फलोअप गरेपछि चार दिन अगाडि चैत्र २७ गते राति नै सुरुङको अन्तिम ब्रेक थ्रू भएको थियो । सुरुङको ब्रेक थ्रू भएपनि सुरुङ निर्माणको कार्य सक्न कम्तिमा चार महिना लाग्ने बताइएको छ । तर खानेपानी मन्त्री मगर भने कम्तीमा पनि दशैं अगाडि नै मेलम्चीको पानी काठमाडौंबासीको घारामा पुर्याउने लक्ष्यमा सक्रिय रुपमा लाग्नु भएको छ ।

यसवर्षको ‘मिस नेपाल’ श्रृङ्खला खतिवडा (तस्बिर सहित)

काठमाडौं, चैत्र २९ । हेटौडाकी श्रृङ्खला खतिवडा यसवर्षको मिस नेपाल ‘मिस नेपाल वर्ल्ड ’ घोषित भएकी छिन् । बुधबार राती सम्पन्न ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडाले उपाधिमा कब्जा जमाइन् । खतिवडाले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । यस्तै मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देल, मिस नेपाल इन्टरनेसनलको उपाधि रोमाली आमात्य र मिस नेपाल युनिभर्सको उपाधि मनिता देवकोटाले जितेको घोषणा गरियो ।

खानेपानी मन्त्री बिना मगरद्वारा लिङ्गा क्षेत्रको भ्रमण

बेदकोट । खानेपानी मन्त्री बिना मगरले बेदकोट नगरपालिकास्थित पर्यटकीय स्थल लिङ्गा क्षेत्रको भ्रमण गर्नुभएको छ । आन्तरिक पर्यटनको केन्द्र बनेको लिङ्गा क्षेत्रको अवलोकन गर्नुहुँदै मन्त्री मगरले पर्यटकीय क्षेत्रको विकासका लागि पहल गर्ने बताउनुभयो । मन्त्री मगरलाई बेदकोट नगरपालिकाका जनप्रतिनिधिले लिङ्गा क्षेत्रको एतिहासिक महत्वबारे जानकारी गराउनुभएको थियो । बेदकोट नगरपालिकाले लिङ्गा क्षेत्रको विकासका लागि भौतिक संरचना निर्माण कार्य गरिरहेको छ । बेदकोट नगरपालिका भ्रमणका क्रममा बेदकोट उद्योग वाणिज्य संघले छेला औद्योगिक क्षेत्रको स्थापनामा पहल गर्न आग्रह गरेको छ । संघका अध्यक्ष शंकरबहादुर चन्दले वन मन्त्रालयमा अड्किएको औद्योगिक क्षेत्रको फाइल अगाडि बढाउनका लागि पहल गरिदिन आग्रह गर्नुभयो । मन्त्री मगरलाई बेदकोट नगरपालिका कार्यालय र ५ नम्बर वडा कार्यालयले स्वागत कार्यक्रम गरेको थियो । स्वागत कार्यक्रममा मन्त्री मगरलाई ज्ञापनपत्र बुझाउदै विभिन्न माग राखिएका छन् ।

फूटबल प्रतियोगिताको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्ड, फोटोफिचर

चितवन, फागुन ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार चितवनमा आयोजित १३ औं विकास रनिङ शील्ड प्रतियोगिता २०७४ उद्घाटन गरेका छन् । अन्तराष्ट्रिय आमन्त्रण फूटबल प्रतियोगिताको उद्घाटन समारोहमा अधयक्ष प्रचण्ड सहभागी भएका छन् । गतिशील नेताका रुपमा छुट्टै पहिचान बनाएका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलनमा असम्भव दुर्इ ठूलाे वाम पार्टीकाे करीब ६ महीना अगाडि शुरु भएकाे एकता प्रक्रियाकाे साेमबार टुंगाे लगाएर अर्को इतिहास रच्न सफल भएपछि मंगलबार गृह जिल्ला चितवन पुग्दा निकै प्रसन्न देखिएका थिए ।   हेर्नुहोस् तस्वीरमाप्रतियोगिताको उद्घाटन समारोहमा अधयक्ष प्रचण्ड :          

चितवनको माडीमा प्रचण्डको विजयी यात्रा (हेर्नुहोस् फोटोफिचर)

चितवन (माडी), मंसिर २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीलाई मणि बनाएर छाड्ने बताएका छन् । विजयी यात्रासहित मतदातालाई धन्यवाद दिन माडी पुगेका अध्यक्ष प्रचण्डले बसन्तपुर बजारमा मतदातालाई संवोधन गर्दै माडीलाई मणि बनाउने अभियानमा आफुलाई मत दिएर जिताउने माडीका मतदातालाई धन्यवाद दिए । माडीको विकास कसैले चाहेर पनि अब रोक्न नसक्ने भन्दै अध्यक्ष प्रचण्डले माडीबासीको चाहना छिट्टै पूरा गर्ने प्रतिवद्वता जनाए । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि आफुलाई मत दिएर जिताउने मतदातालाई धन्यवाद दिन अध्यक्ष प्रचण्ड विजयी यात्रासहित माडी पुगेका अुन । माडीको बगई खोलादेखि बरूवा बजारसम्मका मतदातालाई भेटेर धन्यवाद दिने कार्यक्रम छ । प्रचण्डलाई बधाई दिन स्थानीयहरू चोक चोकमा जम्मा भएका छन् । अध्यक्ष प्रचण्डलाई फलमालासहित अविर लगाएर माडीका स्थानीयले शुभकामना दिईरहेका छन् । प्रचण्डको विजय यात्रालाई स्वागत गर्न बसेका स्थानीयलाई हात हल्लाउँदै प्रचण्डले अभिवादन गर्दै हिडिरहेका छन् । माडीको बरूवा बजारमा पुगेर पनि अध्यक्ष दाहालले संवोधन गर्ने कार्यक्रम छ । अध्यक्ष दाहाल संगै चितवन क्षेत्र नं ३ बाट प्रदेश सभाका उम्मेदवार रामलाल महतो, कृष्ण प्रसाद भुर्तेल पनि विजयी यात्रामा सहभागी छन् । नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चितवन माडीमा विजय र्याली गरेका केही तस्विरहरु-  

चितवनका गाऊँ गाऊँमा प्रचण्ड विजय र्याली (तस्बीरहरू)

भरतपुर । चितवनको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मतदाता भेट्न गाऊँबस्ती पुगेका छन । प्रचण्ड विजयी र्याली आज बिहान शिवनगरबाट शुरू भएको छ । हजारौको संख्यामा सर्वसाधारण र्यालीमा सहभागी छन । प्रचण्डलाई बधाई दिन टोलटोलमा मतदाताहरूको ओईरो लागेको छ । सडकको छेउमा मानिसहरू लाम लागेर बसेका छन । सबैभन्दा बढी उत्साहित महिलाहरू छन । टोल टोल र बजारमा नाचगान गरि ऊनीहरूले खशीयाली मनाई रहेका छन ।

थाहा ७ महादेवखर्कमा एकादशी मेला (फोटोफिचर)

थाहा नगपालिका ७ महादेवखर्कमा हरेक बर्ष हरिशयनी एकादशीमा विशेष मेला लाग्ने गर्छ । महादेवकाे दर्शन र पुजा गर्ने  दर्शनार्थीहरुको पनि भीड लाग्ने गरेकाे छ । फोेटोः नारायण कार्कीको फेसबुकबाट कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु  ब्युँझने भएकाले हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध स्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । सो समयमा खोला, नदीनालामा बाढी आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ ।   तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।  

राष्ट्रपतिले आयोजना गरेको शुभकामना तथा छलफल कार्यक्रमको फोटोफिचर

काठमाडौं, असोज ३० । राष्ट्रपति भवन शितल निवासमा सोमबार साँझ दीपावली, छठ तथा नेपाल सम्वतका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजनामा गरेको चियापान तथा छलफलमा सहभागी राजनीतिक दलका प्रमुख नेताहरु । तस्बिर राससबाट

प्रचण्डको जुम्ला यात्रा (फोटो फिचर)

जुम्ला, असोज ८ । कार्यकर्ता प्रशिक्षण, जनसभा, शुभेच्छुक र जनतासँग अन्तरक्रियालगायतका कार्यक्रम बोकी देश दौडाहामा लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार जुम्ला पुगेका छन् । त्यहाँ माओवादी केन्द्रप्रति उर्लदाे जनमहासारलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीको दवाव र सङ्घर्षले नै कर्णाली प्रदेश बनेको खुलासा गरे । जुम्ला सिजाको नाराकोटमा भएको जनसभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई अध्यक्ष प्रचण्डले सम्बोधन गरे । कर्णालीको विकास माओवादीको प्राथमिकतामा भएको भन्दै प्रचण्डले भने, ‘कर्णाली विकासका निम्ति लागिपरेको बताए । सोही कार्यक्रममार्फत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु गरी ७५० जनाले माओवादी केन्द्रमा प्रदेश गरेका छन् । जुल्लाका लोकप्रिय नेता पूर्णप्रसाद धितालको नेतृत्वमा उनीहरुले पार्टी प्रवेश गरेका हुन् । नव आगन्तुक नेता तथा कार्यकर्ताहरुलाई अध्यक्ष प्रचण्डले अविर लगाएर स्वागत गरेका थिए ।  

देउवाले पानी पिएको गिलास स्वराजले लिन खोजेपछि… (फाेटाे फिचर सहित)

मोदीले पानी राखे स्वराजले खुवाइन् – हैदराबाद हाउसको कन्फरेन्स रुममा पत्रकार सम्मेलनमा बोलिरहेका वेला प्रधानमन्त्री देउवाको घाँटी बसेको थियो । पत्रकार सम्मेलनको सामुन्ने देउवा दायाँतिर र भारतीय प्रधानमन्त्री मोदी बायाँतिर उभिएका थिए । मोदीपछि बोलेका देउवालाई खोकी लाग्न थालेपछि सुष्मा उठिन् । उनी मोदी र देउवा उभिएको स्थानतिर गइन् । दुवैजना रहेको बीचमा पानी र गिलास थियो । स्वराजले गिलास उठाइन्, मोदीले पानी राखे । बोलिरहेका देउवालाई ‘ए पानी लिजिए’ भन्दै दिइन् । पानी पिएपछि देउवाको गिलास पनि स्वराजले लिन खोजिन्, तर बीचमै दूतावासका कर्मचारी सिर्जना अधिकारीले समाइन् । स्वराज आफ्नो सिटमा फर्किइन् । देउवाले पानी पिएको गिलास समाउन खोज्दै सुष्मा स्वराज

पत्रकार महांसघका विजेता टिमलाई सम्मान तथा बधाई, फोटो फिचर

काठमाडौं, भदौं ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट निर्वाचित टोलीलाई बिहीबार सम्मान गर्दै बधाई दिएका छन । अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा एक कार्यक्रम गरी नवनिर्वाचित टोलीलाई टिका र खादा लगाएर सम्मान गरेका हुन । निर्वाचित टोलीलाई बधाई दिदै प्रचण्डले देश र जनताका पक्षमा इमानदारी भएर व्यवसायिक पत्रकारीता गर्न सुझाव दिएका छन । यसअधि नेकपा मसालका नेता मोहनविक्रम सिंहले र अन्य दलको नेताहरुले पनि सम्मान तथा बधाई दिएका थिए ।

अखिल क्रान्तिकारीको रास्ट्रिय सम्मेलन तस्बीरमा

नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन राजधानीमा सुरु भएको छ । १ हजार भन्दा धेरै सदस्य रहेको भद्धा कमिटीलाई ५ दिनसम्म चल्ले उक्त सम्मेलनमार्फत सानो र चुस्त दुरुस्त बनाउन लागिएको हो । सम्मेलनमा देशभरबाट २ हजार ७७ प्रतिनिधि पर्यवेक्षक राजधानी आएका छन् । तस्वीरमा  

कपिलबस्तुमा मतदाताको उत्साह,  हेरौँ फोटोमा 

कपिलबस्तु , असार १४ । कपिलबस्तुमा मतदानका लागि जनसहभागिता उत्साहजनक छ । बिहानै ५ बजे देखि लाइनमा लागेर बसेका थिए मतदाताहरू ।  बाणगंगा नगरपालिका वडा नम्बर ६ बाट माओवादी केन्द्रका कार्यलय सदस्य चक्रपाणी खनाल बलदेव ले भोट हालेका छन् ।कपिलबस्तुमा खिचिएका फोटोहरु …..

हेर्नुस, कस्तो कस्तो ठाउँमा निदाउँछन् मानिस !

way sleep sleep (1) seat night multi chips friend funny-photos-of-lazy-people funny-sleeping-people-pics-at-public-place metro