त्रिवि स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सच्चिएर पुनः प्रकाशित

काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका पुनः प्रकाशित गरेको छ। यसअघि सार्वजनिक गरेको परीक्षा तालिकामा त्रुटि भेटिएपछि पनिकाले सच्याएको हो।

लेखा प्रणालीमा अत्यन्तै आवश्यक वासलात (Balance Sheet) भनेको के हो ?

कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ । वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु तिर्नुपर्ने बिल (Bills Payable) बैंक ओभरड्राफ्ट ( Bank Overdraft) साहु ( Creditor) ऋण ( Loan) सुरक्षित कोष (Reserve Fund) पुँजी ( Capital) पुँजी फिर्ता (Drawings) खुद नाफा (Net Profit) खुद नोक्सान (Net Loss) वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु नगद मौज्दात (Cash in Hand) बैंक मौज्दात ( Cash at Bank) भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable) आसामी (Debtor) फर्निचर (Furniture) मोटर ( Motar) लगानी (Investment) भवन, हाता र पर्खाल (Business Premises) अदृश्य सम्पतिहरु (Intangible Assets) सामानको अन्तिम मौज्दात (Closing Stock) वासलातमा समावेश हुने समायोजनका केहि कारोबारहरु अन्तिम मौज्दात (Closing Stock) पेस्की खर्च ( Prepaid Expenses) भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses) ह्रास ( Depreciation)   बेंकिङखबरबाट साभार गरिएको

एसईईको परिक्षा तालिका सार्वजनिक(तालिका सहित)

  काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी वैशाख ९ गते शुक्रबारबाट हुने कार्यालयले जनाएको थियो । परीक्षाको प्रथम दिन अनिवार्य अंग्रेजी परेको छ । सोही दिन अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा छ । त्यस्तै, दोस्रो दिन अनिवार्य गणितको परीक्षा राखिएको छ । परीक्षार्थीहरुले ११ वटा विषयको परीक्षा दिनुपर्नेछ । कार्यालयका अनुसार परीक्षा वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो एक सुचना जारि गर्दै वैशाख ९ गतेबाट परिक्षा संचालन गर्ने बताएको थियो ।

एसईई परीक्षा आगामी वैशाख ९ गते देखि हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक कार्यलयले वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने जानकारी गराएको छ । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो  । परीक्षा २० वैशाखमा सकिने छ । परीक्षाको विषयगत समयतालिका भने बिहीबार सार्वजनिक हुने छ । कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको हो । गत दुई वर्ष कोभिडका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।

परीक्षा तयारी नोटः के हो कम्प्युटर अपरेटिङ सिष्टम, यी कति प्रकारका हुन्छन् ?

कम्प्युटर अपरेटिङ सिष्टमको परिभाषा, यसका प्रकार र यसको कार्यका बारेमा बिभिन्न प्रतियोगी परीक्षामा सोधिने गर्दछ । कम्प्युटरमा रहेका हार्डवेयर र सफ्टवेयरबीच आपसी अन्तर्सम्बन्ध र संवाद कायम गरेर कम्प्युटर प्रणालीलाई सञ्चालनका लागि सक्षम बनाउने काम अपरेटिङ सिष्टमले गर्दछ । यस्ता अपरेटिङ सिष्टम बिना हार्डवेयर र सफ्टवेयरले काम गर्न सक्दैनन । कम्प्युटर प्रणाली तथा यसका सम्पूर्ण हार्डवेयरहरूलाई नियन्त्रण तथा सञ्चालनमा ल्याउन मद्दत गर्ने प्रोग्रामहरूको समूह वा सङ्ग्रहलाई अपरेटिङ सिस्टम (operating system) भनिन्छ । अपरेटिङ सिस्टमविना कम्प्युटर सिस्टम सञ्चालन गर्न सकिँदैन । एमएस डस (MS-DOS), विन्डोज (Windows 95, 98, ME, VISTA, XP, 7, 8), Windows (2000, 2003, 2008), UNIX, LINUX, Android आदि अपरेटिङ सिस्टम हुन् । अपरेटिङका किसिमहरू :- अपरेटिङ सिस्टमय दुई प्रकारका हुन्छन् : (क) सिगल युजर अपरेटिङ सिस्टम (Single User Operating System) :- एउटा कम्प्युटर सिस्टममा इन्स्टल (install) गरिएको अपरेटिङ सिस्टमबाट एक पटकमा एउटा प्रयोगकर्ताले मात्र कार्य गर्न सक्ने कम्प्युटरलाई सिङ्गल युजर अपरेटिङ सिस्टम (single user operating system) भनिन्छ। उदाहरण : एमएस डस (MS-DOS), विन्डोज (Windows 95, 98, ME, VISTA, XP, 7) आदि। (ख) मल्टी युजर अपरेटिङ सिस्टम (Multi User Operating System) :- एउटा कम्प्युटर सिस्टममा इन्स्टल (install) गरिएको अपरेटिङ सिस्टमलाई एकै पटकमा धेरै प्रयोगकर्ताहरू (operators) ले कार्य गर्न सक्ने कम्प्युटरलाई मल्टी युजर अपरेटिङ सिस्टम (multi user operating system) भनिन्छ । उदाहरण : युनिक्स (UNIX), लिनक्स (LINUX), विन्डोज (Windows NT, 2000, 2003, 2008) आदि । अपरेटिङ सिस्टमले गर्ने मुख्य कार्यहरू :- (क) डिस्क व्यवस्थापन (Disk Management) (ख) उपकरण व्यवस्थापन (Device Management) (ग) मेमोरी व्यवस्थापन (Memory Management) (घ) फाइल र फोल्डर व्यवस्थापन (File and Folder Management) (ङ) सुरक्षा व्यवस्थापन (Security Management) (च) प्रोसेज व्यवस्थापन (छ) स्टोरेज डिभाइस व्यवस्थापन ( ज) इन्पुट, आउटपुट व्यवस्थापन अपरेटिङ सिस्टम का उदाहरणहरु :- — Microsoft Windows माइक्रोसफ्ट विन्डोज पीसी र आईबीएम संग मिल्ने उपयुक्त अपरेटिङ सिस्टम हो । माइक्रोसफ्ट विण्डोज सबैभन्दा सामान्य र प्राय धेरै प्रयोग गरिने अपरेटिङ सिस्टम हो । — Apple Mac OS Apple Mac अपरेटिङ सिस्टम केवल एप्पल कम्प्युटरमा मात्र प्रयोग गर्रिने अपरेटिङ सिस्टम macOS हो। — Ubuntu Linux Ubuntu Linux लिनक्स को एक लोकप्रिय संस्करण हो । यो पनि पीसी र आईबीएम कम्प्यूटर संग मिल्ने उपयुक्त अपरेटिङ सिस्टम हो । यो पनि पीसी र आईबीएम कम्प्यूटर दुबैमा प्रयोग भएको छ । — Google Android एन्ड्रोइड अपरेटिङ सिस्टम एन्ड्रोइड संग मिल्ने उपयुक्त फोन र ट्याबलेटहरूमा प्रयोग गरिन्छ । — iOS आईओएस iOS आईओएस अपरेटिङ सिस्टम एप्पलको आइफोन र आईप्याडमा मात्र प्रयोग भएको छ । अपरेटिङ सिस्टमले गर्ने मुख्य कार्यहरू (Functions of Operating System) (क) डिस्क व्यवस्थापन (Disk Management) (ख) उपकरण व्यवस्थापन (Device Management) (ग) मेमोरी व्यवस्थापन (Memory Management) (घ) फाइल र फोल्डर व्यवस्थापन (File and Folder Management) (ङ) सुरक्षा व्यवस्थापन (Security Management) अपरेटिङका किसिमहरू (Types of Operating System) बुटिङ (Booting) कम्प्युटर सिस्टममा सुरक्षित गरिएको अपरेटिङ सिस्टमका मुख्य मुख्य फाइलहरू मेमोरी (memory-RAM) मा लोड (load) हुनुलाई बुटिङ भनिन्छ। बुटिङका प्रकारहरू (Types of Booting): (क) कोल्ड बुट (Cold Booting) कम्प्युटर सिस्टम (computer system) लाई पावर बटन थिचेर सुचारु गर्नुलाई कोल्ड बुट (cold boot) भनिन्छ। (ख) वार्म बुटिङ (Warm Booting) कहिलेकाहीं कम्प्युटरमा काम गर्दा एक्कासि रोकिन्छ (hang), त्यस अवस्थामा कम्प्युटर सिस्टमलाई तिन ओटा संयुक्त कि (CTRL+ALT+DEL) किबोर्डमा थिचेर सुचारु गर्नुलाई वार्म बुट (warm boot) भनिन्छ।

नेपाल प्रहरीबारे जान्नैपर्ने कुराहरु (परीक्षा तयारी र सामान्य जानकारीका लागि विशेष उपयोगी)

प्रहरी सङ्गठनको सुरुवात शान्ति-सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरू भएको थियो । यसै साल चन्द्र शमशेरले पहिलो पुलिस सवाल जारी गरी वीरगञ्जको शान्ति-सुरक्षा कायम गर्ने जिम्मा प्रहरीलाई सुम्पेका थिए । अगष्ट १९१४ मा चन्द्र शमशेरले अङ्ग्रेज सरकारलाई ८००० फौज तत्कालै सहयोग पठाउन स्वीकार गरे। चन्द्र शमशेर कै शासनकालमा सन् १९२८ सम्ममा तराईका अन्य जिल्लाहरूमा पुलिस गोश्वरा, थाना तथा चौकीहरू स्थापना गर्न चन्द्र शमशेरले विभिन्न सवालहरू जारी गराए। सन् १९१९ (बि.सं. १९७६ पौष)को अन्त्यतिर चन्द्र शमशेरले काठमाडौं उपत्यकाको शान्ति-सुरक्षाको व्यवस्था प्रहरीलाई सुम्पिने हेतू जिल्ला-पुलिस इन्स्पेक्टर सवाल जारी गरे। यस सवालले काठमाडौं उपत्यकामा शान्ति-सुरक्षाका निमित्त एउटा सदर पुलिस गोश्वरा, ६ थाना र १७ चौकी खडा गरी सदर पुलिस गोश्वारा हनुमान ढोकामा स्थापना गरीयो भने ६ थानामध्ये चार थानाहरू क्षेत्रपाटी, असन, कालभैरव र जैसीदेवलमा तथा बाँकी २ थाना ललितपुर र भक्तपुरमा एक एक खडा गरिए। बाँकी चौकीहरू उपत्यकाको शहरी क्षेत्र वरिपरि स्थापना गरिए। नेपाल पुलिस फोर्स गठन २००७ सालको क्रान्ति पश्चात नेपालका बिभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरूलाई संगठित रूपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाईएको थियो। तोरण शमशेर ज.ब.रा. पहिलो प्रहरी महानिरिक्षकका (IGP) रूपमा नियुक्त भएका थिए। सन १९५५ मा प्रहरी व्यवस्थामा बिद्यमान कमजोरीलाई हटाइ यसलाई सङ्गठनात्मक रूपमा सुदृढ पार्न तत्कालिन राजा महेन्द्रबाट प्रहरी सुधार आयोगको गठन भयो। यसको सुझावको आधारमा सन् १९५५ (बि.सं. २०१२)मा प्रहरी सङ्गठनलाई नेपाल पुलिस फोर्सको रूपमा बैधानिक स्वरूप प्रदान गरियो। पद तथा श्रेणी बिभाजन राजपत्राङ्कीत प्रहरी महानिरीक्षक अतिरिक्त प्रहरी महानिरीक्षक प्रहरी नायब महानिरीक्षक प्रहरी बरिष्ठ उपरीक्षक प्रहरी उपरीक्षक प्रहरी नायब उपरीक्षक प्रहरी निरीक्षक राजपत्र अनङ्कीत प्रहरी नायब निरीक्षक प्रहरी सहायक निरीक्षक प्रहरी हवल्दार प्रहरी जवान श्रेणी बिहिन रिक्रुट प्रहरी कार्यालय सहयोगी नेपाल प्रहरीका महानिरिक्षकहरू १. तोरण शमशेर जबरा (२००६ चैत्र – २००७ चैत्र) २. नर शमशेर जबरा (२००७ चैत्र – २०१० मंसिर) ३. ज्ञानबहादुर याक्थुम्बा (२०१० मंसिर – २०१२ भाद्र) ४. गोपाल शमशेर जबरा (२०१२ भाद्र – २०१३ साउन) ५. पूर्ण सिंह खवास (२०१३ साउन – २०१४ भाद्र) ६. ढुण्डिराज शर्मा (२०१४ भाद्र – २०१८ पौष) ७. पहल सिंह लामा ( २०१८ पौष – २०२३ असार) ८. रोम बहादुर थापा (२०२३ असार -२०२९ असार) ९. खड्गजीत बराल (२०२९ असार – २०३५ जेष्ठ) १०. दुर्लभ कुमार थापा (२०३५ साउन – २०३९ जेष्ठ) ११. दिलबहादुर लामा (२०३९ असार – २०४३ जेष्ठ) १२. हेमबहादुर सिंह (२०४३ असार – २०४७ जेष्ठ) १३. रत्न शमशेर जबरा (२०४७ असार – २०४९ फाल्गुण) १४. मोतिलाल बोहरा ( २०४९ फाल्गुण – २०५३ माघ) १५. ध्रुवबहादुर प्रधान ( २०५३ चैत्र – २०५४ मंसिर) १६. अच्युतकृष्ण खरेल ( २०५३ फल्गुण – २०५३ चैत्र/२०५४ मंसिर -२०५७ आश्विन) १७. प्रदीप शमशेर जबरा ( २०५७ आश्विन -२०५९ पौष) १८. श्याम भक्त थापा ( २०५९ पौष – २०६३ भाद्र) १९. ओम विक्रम राणा ( २०६३ भाद्र – २०६५ भाद्र) २०. हेमबहादुर गुरूङ ( २०६५ आश्विन – २०६५ फाल्गुण) २१. रमेश चन्द ठकुरी ( २०६५ फाल्गुण – २०६८ जेष्ठ) २२. रविन्द्र प्रताप शाह ( २०६८ जेष्ठ – २०६९ भाद्र) २३. कुवेर सिंह राना (२०६९ भाद्र – २०७० कात्तिक) २४. उपेन्द्र कान्त अर्याल (२०७० मंसिर १- २०७३ फागुन २) २५. दिनेश चन्द्र पोखरेल, कार्यकारी २६. प्रकाश अर्याल २७. सर्वेन्द्र खनाल (२०७४ चैत्र २८- ) सङ्गठनात्मक स्वरूप र प्रशासन प्रहरी प्रधान कार्यालय नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय काठमाण्डौ महानगरपालिका स्थित नक्सालमा रहेको छ । यो कार्यालय नेपालको आन्तरिक शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्नेको लागि नेपाल सरकार गृह मन्त्रालयको मातहतमा केन्द्रीय स्तरमा कार्य गर्दछ । अन्य सम्पूर्ण प्रहरी कार्यालयहरू प्रहरी प्रधान कार्यालयको मातहतमा रहने भएकाले यसको बनोट एका तर्फ नियन्त्रक तथा निर्देशक इकाइको रूपमा रहेको छ भने अर्को तर्फ समन्वयात्मक इकाइको रूपमा पनि रहेको छ। यस अर्थमा यसले प्रहरी सङ्गठनको सम्पूर्ण प्रशासन, व्यवस्थापन, परिचालन एवं प्रवाह जस्ता आवश्यकीय कार्य गर्दछ। साथै, सुपरीवेक्षणको काम पनि गर्दछ । देशभरिको विभिन्न भौगोलिक परिवेश अनुसार अवस्थित प्रहरी इकाइहरूको कार्य सञ्चालनमा परिआउने कठिनाइ तथा अवरोधहरूको निराकरण गरि सरल एवं सुलभ प्रणाली बिकसित गर्न प्रहरी प्रधान कार्यालय अन्तर्गत पांच वटा विभागहरूको गठन भएको छ । जसमा प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसंधान विभाग, मानवश्रोत विभाग,र प्राविधिक सहायता विभाग पर्दछन । प्रशासन विभाग सङ्गठन भित्र पर्ने सम्पूर्ण प्रशासनिक एवं व्यवस्थापन पक्षसँग सम्बन्धित क्रियाकलापहरू यस विभागको कार्य-क्षेत्रअन्तर्गत कर्मचारीहरूको पदस्थापन, भर्ना, सरुवा, बढुवा, कार्य मुल्यान्कन, तालीम, लत्ता-कपडा वितरण, हात-हतियार वितरण, आर्थिक व्यस्थापन, समेत पर्दछन । एवंरीतले विभागीय नीति निर्माण एवं अनुगमन कार्यहरू समेत पर्दछन्।यस विभागको प्रमुखको रूपमा प्रहरी अतिरिक्त महानिरीक्षक रहने व्यवस्था रहेको छ। कार्य विभाग देशमा शान्ति तथा अमन चयन कायम राख्न प्रहरी प्रधान कार्यालयले आफु मातहत रहने गरि मिति २०४५ जेष्ठ २६मा कार्य बिभागको स्थापना गरेको हो। प्रहरी प्रधान कार्यालय अन्तरगतका ५ वटा बिभाग मध्येको एक यो बिभागको मुख्य जिम्मेवारी प्रभावकारी रूपमा प्रहरी र उपलव्ध श्रोत साधनको परिचालन गर्नु हो । हाल समाजमा घटिरहेका अपराधिक क्रियाकलाप रोक्ने, जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिने, राष्ट्रिय तथा अन्तराष्ट्रिय बिशिष्ट व्यक्तिहरूको सुरक्षा गर्ने तथा चुलिदै गएको ट्राफिक समस्या समधान गर्न यो बिभाग तल्लीन रहेको छ । यसको अलवा बिभागले आफु मातहतका कार्यालयहरूलाई प्रहरी परिचान संवन्धी निर्देशन, नियन्त्रण, सुपरिवेक्षण गरेर प्रभावकारी रूपमा अनगमन गर्ने गर्दछ । देशमा व्याप्त सशस्त्र, निशस्त्र वा राजनितिक समुहहरूको बारेमा सूचना संकलन गरि त्यसको प्रभावकारी मूल्याङ्गकन गरेर भविश्यमा हुन सक्ने खतराको समेत यसले पूर्वानुमान गरि प्रहरी परिचालन गर्ने कार्य गर्दछ । कार्य निति देशभर कानुनि राज्य कायम गर्न : प्रहरी र उपलव्ध साधनको अधिक्तम उपयोग गर्ने मानवअधिकारको संरक्षण गर्ने तालीम समन्वय र सामग्रीको मद्दतले क्षमता अभिवृद्धी गर्ने। कार्यहरू गृह मन्त्रालय तथा प्रहरी महानिरीक्षकबाट प्राप्त नीति निर्देशनहरू कार्यान्वयन गर्ने। अपराध रोक्न र शान्ति तथा अमन चयन कायम राख्न प्रहरी परिचालन गर्ने। दिगो शान्ति तथा सुरक्षा प्रदान गर्न व्यापक रूपमा प्रहरी तथा उपलव्ध श्रोत साधन परिचान गर्ने। राष्ट्रिय तथा अन्तराष्ट्रिय विशिष्ट व्यक्तिको सुरक्षाको व्यवस्था गर्ने। देश भर ट्राफिक व्यवस्थालाई प्रभावकारी बनाउने। परिचालित प्रहरी इकाईहरूलाई हातहतियार तथा उपकरणहरू उपलव्ध गराउने। अन्य सरकारी निकायसँग सुरक्षाको समन्वयालाई अभिवृद्धि गर्ने। दैवि प्रकोप तथा उद्धार कार्यमा प्रहरी परिचान गर्ने। बिभाग मातहतका निर्देशनालय बिभाग कार्यालयहरूलाई निर्देशन सुपरिवेक्षण अनुगमन तथा कामको मूल्याङ्गकन गर्ने। देशबाट आतंककारी क्रियाकलाप संचालन गर्ने समुहहरूको खवर संकलन बिश्लेषण अभिलेख तथा सूचना प्रवाह गर्ने। विशेष प्रहरीको गठन गरी आवश्यक्ता परेको बखत प्रहरी परिचान गर्ने। मातहत प्रहरी इकाईहरूलाई आवश्यक्ता परको बेला थप मद्दत उपलव्ध गराउने। सुरक्षा सेवा निर्देशनालय परिचय प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्य विभाग अर्न्तर्गत रहेको सुरक्षा सेवा निर्देशनालय एक मुख्य निर्देशनालय हो। यस निर्देशनालयले विशेष गरी स्वदेशी तथा विदेशी विशिष्ट तथा अति विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था मिलाउने तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको सम्मेलन, गोष्ठी तथा महोत्सवको सुरक्षा, विशिष्ट व्यक्तिको लागि व्यक्तिगत सुरक्षा अधिकृत खर्टाई सो वारे खवर संकलन गरी विश्लेषणको आधारमा सुरक्षा व्यवस्था पूनर्मूल्यांकन गर्न सिफारिश गर्ने समेत काम गर्दछ।   अपराध अनुसन्धान विभाग पृष्ठभूमि लोक कल्याणकारी राज्यको अवधारणा अनुरूप नागरिकको जिउ धनको सुरक्षा गर्न, शान्ति सुव्यवस्था कायम गर्न, मानव अधिकारको संरक्षण गर्न एवं जनकल्याणकारी सेवाहरू प्रदान गर्ने संागठनिक उदेश्य पूर्ति गर्न नेपाल प्रहरी सङ्गठन भित्र विभिन्न विभाग, निर्देशनालय, व्यूरो, तथा महाशाखा शाखाहरूको स्थापना गरिएको छ। यसै अनुरूप अपराध अनुसन्धान विभाग पनि एक महत्वपूर्ण विभाग हो। अपराधिक क्षेत्रमा देखिएको चुनौतिहरूको सामना गर्न अपराध अनुसन्धान विभागको स्थापना हुनु पर्ने भन्ने प्रहरी सुझाव आयोग वि.सं.२००८को सुझाव अनुसार बि.सं. २००८ सालमा Central Intelligence Bureau स्थापनाभई एउटा महाशाखाको रूपमा काम गर्दै आएकोमा वि.सं.२०४९ साल पछि यस अपराध अनुसन्धान विभागको स्थापना भएको पाईन्छ। नेपाल प्रहरीको प्रशासनिक सङ्गठनात्मक संरचना अनुसार अपराध अनुसन्धान विभाग प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष मातहतमा रहेको छ। प्रहरीमा उपलव्ध साधन श्रोतलाई प्रभावकारी ढंगबाट परिचालन गरी अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने यस विभागको प्रमुख उदेश्य रहेको छ। यसका लागि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग तथा मातहतमा ४०१, काठमाडौं उपत्यका भित्र १७१ र सो वाहेक पाँचवटा क्षेत्रिय प्रहरी कार्यालयहरूमा १७११ गरी अपराध अनुसन्धान समूह तर्फजम्मा २३७५ जना कर्मचारीहरूको दरवन्दी रहेको छ जुन नेपाल प्रहरीको कूल दरवन्दी संख्या ५६०६९को ४.२३ प्रतिशत मात्र हो। यसरी सिमित श्रोत र साधनका वावजुद पनि यस अपराध अनुसन्धान विभागले देशका ७५ वटै जिल्ला प्रहरी कार्यालयहरू, १४ अञ्चल प्रहरी कार्यालयहरू, ५ क्षेत्रीय प्रहरी कार्यालयहरू तथा महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट भएको अपराध अनुसन्धान तथा नियन्त्रण कार्यको निरीक्षण, अनुगमन तथा सुपरिवेक्षण गरी सांगठनिक लक्ष्य पूर्तिकालागि अहम भूमिका निर्वाह गर्दै आइरहेको छ। अतः यस कार्यलाई समयानुकुल प्रभावकारी बनाउन यस विभाग अर्न्तर्गत अपराध अनुसन्धान व्यूरो तथा नियन्त्रण व्यूरो स्थापना हुनुका साथै उक्त व्यूरोहरू मातहत रहनेगरी विभिन्न महाशाखाहरू, शाखाहरू रहेका छन्। त्यसैगरी नेपाल सरकारको मिति २०६५।०९।०६ गतेको निर्णयअनुसार यस विभाग मातहतमा प्र.ना.म.नि.प्रमुख रहने गरी महिला तथा बालवालिका सेवा निर्देशनालयको पनि स्थापना भएको छ । लक्ष्यहरू प्रचलित राष्ट्रिय तथा अर्न्तराष्ट्रिय कानुनी व्यवस्था अनुसार उक्त कानुनको अधिनमारही प्रभावकारी ढंगबाट अपराध नियन्त्रण तथा अनुसन्धानगर्दै आमनागरिकहरूलाई न्यायको प्रत्याभूति दिलाउनु यस विभागको मूख्य लक्ष रहेको छ। अपराध अनुसन्धान विभागको उद्देश्यहरू कुनै पनि सङ्गठनले आफ्नो लक्षपूर्तिका लागि विभिन्न उद्देश्य तथा कार्य योजनाहरू तय गरेको हुन्छ। यसै अनुरूप अपराध अनुसन्धान विभागको पनि मूख्य रूपमा निम्न उद्देश्यहरू रहेका छन्। अपराध अनुसन्धान तथा नियन्त्रणको क्षेत्रमा राष्ट्रिय नीति तर्जुमा गर्ने। अपराध अनुसन्धान सम्वन्धी नीति निर्देशन र आदेश जारी गरी मातहत अनुसन्धानकर्ता तथा अनुसन्धान सम्वन्धी निकायलाई कार्यान्वयन गर्न लगाउने। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अपराध नियन्त्रण गर्ने निकायसँग सम्पर्क र समन्वय गर्ने। अपराध अनुसन्धान र नियन्त्रणमा भएको कार्य पद्धती, प्रगती विवरणको मूल्याकन गर्न मातहत निकायको निरीक्षण तथा सुपरिवेक्षण गर्ने। अनुसन्धान अधिकृतहरूको पदस्थापना, कार्यक्षमताको मूल्यांकन गर्ने र सोको आधारमा पुरस्कार तथा दण्ड सजायको व्यवस्था गर्ने गराउने। अपराध अनुसन्धानमा दक्ष जनशक्तिको आवश्यक क्षेत्र पहिचान गरी सोही वमोजिम तालीमको व्यवस्था गर्ने। राष्ट्रिय तथा सम्वद्ध अर्न्तराष्ट्रिय स्तरका सम्पूर्ण अपराधिक अभिलेख एवं तथ्याङ्क राख्ने साथै सो अभिलेखको विश्लेषण गर्ने र सोही आधारमा अपराध अनुसन्धान सम्वन्धी नीति तथा योजना तर्जुमागरी लागू गर्ने गराउने। कुनै एक क्षेत्र, अञ्चल र जिल्लाको भौगोलिक सीमाभन्दा वढी क्षेत्रमा प्रभाव पार्ने किसिमका जघन्य प्रकृतिका अपराधहरूको अवस्था अनुसार अनुसन्धान गर्ने र अन्तर क्षेत्रवीच समन्वय र सहयोग उपलव्ध गराउने भूमिका निर्वाह गर्ने। मातहत निकायहरूबाट समाधान हुन र गर्न नसकेका मुद्धा तथा घटनाको केन्द्रबाटै अनुसन्धान गर्न अपरिहार्य भएमा कुनै पनि मुद्धाको अनुसन्धान गर्ने। पीडित पक्षको उद्धार सम्वन्धी गतिविधीमा प्रभावकारीता ल्याउन विभिन्न कार्यक्रमहरू लागू गर्ने, अपराध स्थिति अनुसन्धानको व्यवस्था आदि विषयमा र्सवसाधारणलाई जानकारी वा सूचना प्रवाहको व्यवस्था मिलाउने। क्षेत्र लगायत अञ्चल र जिल्लाका अनुसन्धान शाखालाई आवश्यक पर्ने वैज्ञानिक तथा अन्य श्रोत साधनहरूको समुचित व्यवस्था मिलाउने। इन्टरपोल सम्वन्धी कार्यलाई सुढृढगरी अन्तर्राष्ट्रिय अपराधीहरूको अभिलेख राख्ने साथै सो सम्वन्धी गतिविधी वारेमा जानकारी हासिल गर्ने। हाल संचालनमा रहेको सामुदायिक प्रहरी सेवालाई प्रभावकारी अपराध नियन्त्रणका लागि भावी कार्ययोजनाको रूपमा विकशित गर्ने। कम्प्यूटर निर्देशनालय सूचना प्रविधिको आजको युगमा नेपाल प्रहरीलाई पनि सूचना प्रबिधिको क्षेत्रमा अझ बढी सशक्त र समयानुकुल बनाई सूचना प्रबिधिमा भएका विकासक्रम संगै आवश्यकतानुसार नेपाल प्रहरी लाई सोही अनुरुप परिमार्जित गर्दै सो को उच्चत्‌म प्रयोग गर्ने अभिप्रायले नेपाल प्रहरीमा गठन भएको कम्प्यूटर निर्देशनालयबाट स्थापनाकाल देखि नै नेपाल प्रहरी सङ्गठनको लक्ष्य प्राप्तिको लागि सूचना प्रबिधिको क्षेत्रमा आवश्यकतानुसारको योगदान पुर्‍याउदै आईरहेको छ । नेपाल प्रहरीको लागि आवश्यक कम्प्यूटर तथा सो संग सम्बन्धी उपकरणहरु खरिद गर्ने सम्बन्धमा आवश्यक राय सुझाव प्रदान गर्ने, खरिद भई आएका उपकरणहरुको चेक जांच गरि सो को सुरक्षित भण्डारण गर्ने, प्राथमिकताको आधारमा माग भई आए अनुसार विभिन्न प्रहरी कार्यालयहरुमा कम्प्यूटर र अन्य उपकरणहरु वितरण गरि सो को नियमित अनुगमन गर्ने कार्य यस निर्देशनालयले गर्दै आईरहेको छ । यसका अलावा विभिन्न प्रहरी कार्यालयहरुबाट माग भए अनुसार सो कार्यालयहरुका लागि आवश्यक Software तयार गर्ने र नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई कम्प्यूटर सम्बन्धी विभिन्न तालिमहरु संचालन गरी कम्प्यूटर सम्बन्धी आवश्यक ज्ञान र शीप प्रदान गर्ने कार्य समेत यस निर्देशनालयबाट गरिदै आएको छ । प्रहरी प्रधान कार्यालय, कम्प्यूटर निर्देशनालयको काम कर्तब्य विश्वमा तीब्र रुपले विकास भैरहेको कम्प्यूटर प्रबिधिको अध्ययन गरी नेपाल प्रहरीलाई आवश्यक आर्थिक तथा प्राबिधिक रुपमा उपयुक्त प्रणाली अबलम्बन गर्न सुझाव पेश गर्ने साथै कम्प्यूटर तथा इलेक्ट्रोनिक्स क्षेत्रमा आवश्यक प्राबिधिक सल्लाह प्रदान गर्ने । नेपाल प्रहरीको आवश्यकता बमोजिम बिभाग, सचिवालय, निर्देशनालय, महाशाखा,शाखा एंव नेपाल प्रहरीका अन्य इकाईहरुमा प्राबिधिक सर्वेक्षण गरी त्यहांको आवश्यकता पहिचान गरी प्राथमिकताको आधारमा कम्प्यूटर सुबिधा क्रमशः उपलब्ध गराउदै लैजाने साथै ती इकाईहरुको माग र कामको प्रकृति अनुसार उपयूक्त कम्प्यूटर सफ्टवेयर विकास गरी जडान गरी दिने । कम्प्युटर निर्देशनालयको कामको सम्बन्धमा बार्षिक कार्यक्रम तर्जुमा गर्ने र स्वीकृत कार्यक्रम अनुसार कार्य संचालन गर्ने, गराउने । मातहतका महाशाखा, शाखा, उपशाखाहरुको कार्यपद्धतिबारे गहीरो जानकारी राख्ने तथा प्राबिधिक कठिनाई वा समस्या उत्पन्न भएको अबस्थामा आवश्यक सल्लाह एंव सुझाव प्रदान गरी उक्त समस्या समाधान गर्ने । कम्प्यूटर सम्बन्धी आवश्यक उपकरणहरु खरीद गरी सोको भण्डारको ब्यवस्था मिलाउने । नेपाल प्रहरीको बिभिन्न निकायहरुमा छरिएर रहेका कम्प्यूटरहरुलाई एकबद्ध गरी एकिकृत कम्प्यूटर प्रणालीमा विकास गर्दै लैजाने । मातहतका प्रहरी कर्मचारीहरुको कार्य प्रगतीको मूल्यांकन, निरीक्षण र सुपरीवेक्षण गर्ने । नेपाल प्रहरीको बिभिन्न इकाईहरुमा कार्यरत कम्प्यूटर प्राबिधिक प्रहरी कर्मचारीहरुको सरुवा, बढुवा मुल्यांकन तथा सुपरीवेक्षण गर्ने । कम्प्यूटर बितरित प्रहरी इकाईहरुमा कार्यरत प्राबिधिक कर्मचारीहरु लगायत नेपाल प्रहरीका प्रहरी कर्मचारीहरुलाई आवश्यकता अनुसार कम्प्यूटर बिषयमा सीप तथा ज्ञान प्रदान गराउन साथै दक्ष जनशक्ति उत्पादन गर्न बार्षिक तालीम क्यालेण्डर तयार गरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तत्वाधानमा कम्प्यूटर निर्देशनालयमा तालीम संचालन गर्ने । नेपाल प्रहरीको आवश्यकता अनुरुप कम्प्यूटर तथा यसका सहायक उपकरणहरु र इलेक्ट्रोनिक्स उपकरणहरु खरीद गर्नुपर्दा उपयुक्त किसिमको Specificationतयार गरी खरीद गर्नको लागी सम्बन्धित निकायसंग समन्वय कायम गरी आवश्यक कार्य गर्ने । कम्प्यूटर प्रबिधिमा द्रुत गतिमा भइरहेको विकास एवं परिर्वतनले गर्दा कम्प्यूटरनिर्देशनालयमा कार्यरत प्रहरी अधिकृतहरुलाई समय सापेक्ष उन्नत तालीम, सेमिनार,उच्च शिक्षा, गोष्ठी आदिको ब्यबस्था मिलाई दिन मजकुर प्रमनिको कार्यालय मार्फत सम्बन्धित निकायमा अनुरोध गरी पत्राचार गर्ने । नेपाल प्रहरीको बिभिन्न इकाईहरुमा बितरण गरीएको कम्प्यूटर र यसका सहायक उपकरणहरुको आवश्यक रेखदेख, नियन्त्रण, अनुगमन, तथा मर्मत आदिको मासिक प्रतिबेदन प्रमनिको कार्यालयमा पेश गर्ने तथा मर्मत कार्यको लागी आवश्यक पर्ने बजेटको ब्यबस्था प्रमनिको कार्यालय मार्फत गर्ने । प्रहरी सङ्गठनका बिभिन्न कार्यालयहरु तथा अन्य सम्बन्धित निकायहरु संग सूचना आदान प्रदान गर्न उपयूक्त ब्यबस्थापकीय सूचना प्रणाली (Management Information System) विकास गर्ने तथा तथ्यांक, सूचनाको सुरक्षा गर्ने र गोपनियता कायम गर्ने । मातहतका प्रहरी कर्मचारीहरुको कार्य प्रगतीको मुल्याङ्कन गर्ने, निरीक्षण गर्ने,सुपरीवेक्षण गर्ने साथै कर्मचारीहरुको वृत्ति विकासको अबसर प्रदान गर्न आवश्यक ब्यबस्था मिलाउने । मानवश्रोत विभाग स्थापना : २०६१ साल बैशाख १७ गतेको मन्त्री परिषद्को निर्णयले मानवश्रोत विकास विभागको स्थापना भएको हो। उद्धेश्य : प्रहरी सङ्गठन भित्र रहेको मानवश्रोत (Human Resource)को व्यवस्थापन गरी सङ्गठनको जनशक्तिलाई चुस्त र दक्ष बनाउने उद्देश्य अनुरूप यो विभागको स्थापना गरिएको हो। मुख्य जिम्मेवारी : प्रहरी कर्मचारीलाई आवश्यक पर्ने प्रशिक्षणका क्षेत्रमा देखिएका वाधा व्यवधानहरूको पहिचान गरी समयानुकूलको प्रशिक्षण नीति तय गर्ने। विभिन्न किसिमका स्वदेश तथा विदेशमा सञ्चालन गरिने तालीम, प्रशिक्षण, सेमिनार, गोष्ठीहरूमा भाग लिने योग्य प्रहरी कर्मचारीको मनोनयन सिफारिश गर्ने। मौजुदा प्रशिक्षण पाठ्यक्रम, पाठ्यपुस्तकहरूलाई परिमार्जन गर्दै लगी सङ्गठनका लागि दक्ष जनशक्तिको उत्पादन गर्ने। मानवश्रोत व्यवस्थापनका क्षेत्रमा देखिएका समस्या बाधा, व्यवधानहरूको मूल्याङ्कन गरी राय सुझाव पेश गर्ने। क्षेत्रीय प्रहरी कार्यालय नेपालका ५ वटै क्षेत्रहरूमा १/१ क्षेत्रीय प्रहरी कार्यालय गरी जम्मा ५ वटा क्षेत्रीय प्रहरी कार्यालयहरू रहेका छन्। प्रहरी नायब महानिरिक्षक यस कार्यालयका प्रमुखको रूपमा रहेका छन्। यस कार्यालयले आफ्नो क्षेत्र भरिको शान्ति-सुव्यवस्था, अपराध-नियन्त्रण, अपराध-अनुसन्धान, आफ्नो मातहतका कार्यालयलाई नियन्त्रण, निर्देशन, आवश्यक व्यवस्थापन तथा समन्वयकर्ताको समेत जिम्मेवारी लिएको छ। यस कार्यालय अन्तर्गत क्षेत्रिय प्रहरी गण तथा गुल्महरू, विमानस्थल सुरक्षा गार्डहरू तथा जिल्ला प्रहरी कार्यालयहरू समेत रहेका छन्।

घरमा सधैं झगडा, अशान्ति र पैसाको संकट त छैन ? पितृदोष हुन सक्छ, यसरी पाउनुस मुक्ति

एभरेष्ट डेस्कः पितृ दोषका बारेमा शास्त्रमा बिभिन्न धारणा पाइन्छन् । ज्योतिष र पुराणमा यसबारे फरक मान्यता देखिन्छ । तर एउटा सत्य कुरा के हो भने पिृतदोषका कारण हाम्रो सांसारिक जीवन र अध्यात्मिक पक्षमा बाधा उत्पन्न भने हुन्छ । सबैले मानेको कुरा, हाम्रा पूर्वजहरुको रगत हाम्रो नसा नसामा बगेको हुन्छ । हाम्रा पूर्वज पनि धेरै प्रकारका छन् । यदि पुनर्जन्मलाई मान्ने हो भने आज हामी यहाँ जन्मेका छौं हिजो कतै अन्य जन्मेका थियौं । के हो त पितृ दोष पितृ दोष कैयन किसिमका हुन्छन् । पूर्वजहरुको कारण वंशजहरुलाई हुने कुनै पनि प्रकारको कष्ट नै पितृ दोष हो भन्नु मात्रै सही हुँदैन । यो दोष अरु कतिपय कारणले पनि उत्पन्न हुन्छ । यसलाई पितृ ऋण पनि भन्न सकिन्छ । ज्योतिषशास्त्रका अनुसार, पितृ दोष र पितृ ऋणबाट पीडित कुण्डलीलाई श्रापित कुण्डली भनिन्छ । यस्ता व्यक्ति आफ्नो माृतपक्ष अर्थात् माताका अतिरिक्त मामा माइजु, बाजे बज्यै तथा पितृ पक्ष अर्थात् बाजे बज्यै, काका काकी, फुफाजु फुफु आदिलाई कष्ट दिन्छन् । उनीहरुको अवहेलना र तिरस्कार गदृछन् । जन्मपात्रोमा यदि सूर्यमा शनि राहे केतुको दृष्टि या युतिको प्रभाव छ भने जातकलाई पितृ ऋणको स्थितिमा रहेको मानिन्छ । व्यक्तिको कुण्डलीमा नवौं भावलाई पूर्वजहरुको स्थान मानिन्छ । यो आधारम ापनि नवग्रहमा सूर्य स्पष्टरुपमा पूर्वजको प्रतिक मानिन्छन् । यदि कुण्डलीमा सूर्य नराम्रा ग्रहहरुसँग छन् या सूर्यमा नकारात्मक ग्रहको दृष्टि परेको भए त्यो पनि पितृ दोष हुन्छ तर योसँगै व्यक्ति आफ्ना कर्मका कारण पनि पितृदोष सिर्जना गर्दछन् । विद्वानहरुले पितरहरुको दोषको सम्बनध गुरु बृहष्पतिसँग रहेको बाताएका छन् । यदि गुरु ग्रहमा दुई नकारातमक ग्रहको असर भएमा र गुरु १२ औ) भावमा छन अथवा निम्न राशिमा छन या अंशद्वारा निर्धन छन भने यो दोष पूर्णबाट घटछ । यदि यो दोष पछिल्लो पूर्वज बाजे या बुवादेखि चलेको छ भने सात पींढिसम्म चल्ने ज्योतिषशास्त्रमा उल्लेख छ लाल किताब अनुसार पिृत ऋण कैयन प्रकारका हुन्छन् । जस्तो हाम्रो कर्म, आत्मा, बुवा, भाई, बहिनी, आमा, श्रीमती, छोरी र छोरीको पिृत ऋण । जब कुनै जातक आफ्नो पूर्व जन्ममा धर्मविरोधी कार्य गर्छ र यो जुनीमा पनि त्यस्तै काम गर्छ भने यो दोष उसमा स्वतः निर्मित हुन्छ । स्वऋणका कारण निर्दोष भएर पनि त्यसको सजाय पाइन्छ । मुटुको रोग, कमजोर स्वास्थ्य हुनछ । जीवनमा सधैं संघर्ष बनिरहन्छ । मानसिक तनावबाट कहिल्यै मुक्ति पाइन्न । यसैगरी पितृ धर्म छोडदा या पूर्वजहरुको अपमान गर्दा समेत पितृ ऋण बन्छ । यो ऋणको दोष तपाईका बच्चामा पनि लाग्छ । जसले तपाईलाई कष्ट दिएर यसप्रति सतर्क बनाउँछन् । पितृ ऋणका कारण व्यक्तिलाई मान प्रतिष्ठाको अभावबाट पीडित हुनुका साथै सन्तानबाट कष्ट, सन्तान अभाव, सन्तानो स्वास्थ्य खराब या सन्तान गलत संगतीमा पर्ने अवस्था हुन्छ । कसलाई लाग्छ त पितृ दोष गरुड पुराण अनुसार, जुन परिवारमा मानिसहरु आफ्नो पितृको पुजा या श्राद्ध गर्दैनन । पीपलको रुखलाई पितृको बासस्थानका रुपमा लिइन्छ । यस्तोमा पिपलको रुख काटने या त्यहाँ फोहोर फाल्नेहरुलाई यो दोष लाग्छ । बुवा आमाको मृत्युपछि यदि अरु जीवित परिजनको अनादर गरेमा । दोष छ भनेर कसरी चिन्ने त ? यदि व्यक्तिको घरमा लगाता धनको कमी भइरहन्छ भने यदि कुनै व्यक्तिको बिवाहमा बारम्बार विघ्न बाधा आइरहन्छ भने कुण्डलीमा पितृ दोष हुन सक्छ । परिवारमा सधैं झगडाको वातावरण, शान्ति नहुने स्थिति भएमा । यदि परिवारमा कुनै न कुनै सदस्य सधैं बिमार रहिरहन्छ भने पितृ दोष हटाउने उपाय भदौ २७ गतेदेखि पितृपक्ष शुरु भएको छ । यो असौज कृष्ण पक्षको अमावश्यासम्म रहनेछ । श्राद्ध कर्मका बेला आफ्ना पितरहरुका लागि पिण्डदान, हवन र अन्न दान गर्ने गरिन्छ । यो पूर्वजहरुप्रति श्रद्धा व्यक्त गर्ने सबैभन्दा ठूलो संस्कार हो । यदि कुनै व्यक्ति पितृ दोषबाट पीडित छन भने यसबाट मुक्ति पाउन कुनै पनि अमावस्या, पूर्णिमा या पितृ पक्षमा श्राद्ध गर्नुपर्छ । यसबाट पितृहरु तृप्त भएर सुखी जीवनको आशिर्वाद दिने गर्दछन् । घरमा बिहान नुहाएर मात्रै भान्सामा गएर खाना बनाउने गर्नुपर्छ । खानाको पहिलो गाँस गौ माताका लागि निकालेर त्यसमा गुड राखेर गाईलाई खुवाउनुपर्छ । घरमा पानीको स्थान सधै सफासुग्घर राख्नुस । यसलाई पितृको स्थान मानिन्छ । सोह्र श्राद्धमा सूक्ष्मरुपमा पितरहरु हामीकहाँ आउँछन् भन्ने मान्यता छ । अनिष्टकारी प्रभावबाट जोगिन श्राद्धको १६ दिनमा ४ वटा उपाय गर्नुपर्दछ । (क) १६ दिनमा साँझ पानी भएको नरिवललाई आफूमाथि ७ पटक घुमाएर तीब्र गति भएको नदी या पानीको प्रवाहमा बगाउनुस र पितृसँग आशीर्वादा माग्नुस (ख) १६ दिनसम्म अष्टमुखी रुद्राक्ष धारण गर्नुस (ग) १६ दिनहरुमा घरमा १६ या २१ मयुरको प्वाँख अवश्य ल्याएर राख्नुस (घ) १६ दिनमा शिवलिंगमा जलमिश्रित दूध अर्पित गर्नुस यो बाहेक तपाईले कुण्डली राम्रोसँग हेरेर पितृ दोषबाट मुक्त हुने अनुष्ठान पनि गर्दा लाभ हुन्छ ।

विज्ञको यस्तो छ पाँच सुझावः लोकसेवामा परीक्षार्थीले कसरी लेख्ने ?

काठमाडौं, साउन ९ । लोकसेवा परीक्षामा परीक्षार्थीले अक्सर गर्ने गल्ती के–के हुन् ? लोकसेवा परीक्षामा परीक्षार्थीले सामान्यतया सबै प्रश्नको उत्तर दिएका हुँदैनन् । उत्तर दिएका प्रश्नमा समेत सन्तुलन कायम भएको हुँदैन । उनीहरूले कुनै प्रश्नको उत्तर लामो र कुनै प्रश्नको उत्तर एकदमै छोटो दिएका हुन्छन् । विषयवस्तुमा अध्ययन नै नगरी परीक्षा दिने परीक्षार्थी पनि प्रशस्तै हुन्छन् । प्रश्नको उत्तर दिँदा राम्रोसँग अध्ययन गरेर खण्ड–खण्डमा सन्तुलन मिलाएर उत्तर दिनुपर्छ । कुनैमा कम र कुनैमा धेरै नलेखी सबै प्रश्नमा सन्तुलन मिलाएर लेख्नुपर्छ । कसरी उत्तर लेख्दा बढी अंक आउँछ ? परीक्षामा सोधिएका प्रश्नको समसामयिक सिद्धान्तका साथै व्यावहारिक कुराहरूको उदाहरण दिएर लेख्नुपर्छ । यसका लागि धेरै विषयवस्तुको ज्ञान हुनुपर्छ । विशेषगरी कुनै एउटा लेखकको मात्र नभएर तुलनात्मक रूपमा अध्ययन गर्नुपर्छ । त्यससँगै परीक्षामा लेख्दा अहिलेको विद्यमान अवस्थालाई समेट्दै लेखे जाँचकीबाट धेरै अंक प्राप्त गर्न सकिन्छ । धेरै अंक ल्याउन अपनाउन सकिने विधि केही छन् ? धेरै अंक ल्याउन तयारी धेरै गर्नुपर्छ । एक्लै बसेर पढ्नुभन्दा समूहमा बसेर पढ्दा धेरै सहज हुन्छ । एक्लै बसेर एउटामात्र किताब च्यापेर पढ्दा अरूले कसरी पढेका छन् भन्ने कुरा थाहा हुँदैन । त्यसैले समूहमा बसेर उत्तर दिने प्रयत्न गर्यो भने परीक्षामा धेरै सहज हुन्छ । ह्यान्डराइटिङले अंकमा कस्तो असर पार्छ ? ह्यान्डराइटिङले अंकमा एकदमै असर पार्छ । चिन्न र पढ्न नसकिने अक्षरले जाँचकीलाई इरिटेसन गर्छ । जसले गर्दा जाँचकीले राम्रोसँग पढ्न सक्दैन र पढ्दैन पनि  । त्यसैले उत्तर लेख्दा अक्षर राम्रो पारेर सुरुमा डेस्टिनेसन दिँदै बुँदागत रूपमा लेख्नुपर्छ । जाँचकीले परीक्षार्थीबाट कस्तो अपेक्षा गर्छन् ? सर्वप्रथम जाँचकीले प्रश्नको सही उत्तर छ वा छैन भनेर हेर्छ । उत्तर लेख्दा जहिले पनि खण्ड–खण्डमा मिलाएर लेख्नुपर्छ । प्रश्नले मागेको मात्र उत्तर दिनुपर्छ । उत्तर लेख्दा सुरुमै प्रश्नको खण्डबारे उल्लेख गर्दा उपयुक्त हुन्छ । जसका लागि तीन खण्डमा विभाजन गरेर पहिलोमा परिभाषा, दोस्रोमा विशेषता र तेस्रोमा समस्याहरू क्रमशः लेख्दा राम्रो हुन्छ । यसरी लेख्दा परीक्षार्थीको अंकमा समेत फरक पर्छ । भीमदेव भट्ट पूर्वसदस्य, लोकसेवा आयोग नयाँपत्रिकादैनिकबाट

सामुदायिक विद्यालयमा अझै ७३ हजार दरबन्दी शिक्षक अभाव

काठमाडौ, वैशाख १५ । देशभरका सामुदायिक विद्यालयमा ७३ हजार ९३८ दरबन्दी शिक्षक अभाव देखिएको छ । सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार प्राथमिक तहमा शिक्षक बढी छन् भने निम्न माध्यमिक र माध्यमिक तहमा अपुग छ । प्राथमिक तह ९आधारभूत १ देखि ५० मा तीन हजार ३८३ शिक्षक दरबन्दी बढी देखिन्छ । निम्न माध्यमिक तह ९आधारभूत ६ देखि ८० मा २५ हजार ४२५ र माध्यमिक तह ९९ र १०० मा २३ हजार ७४४ शिक्षक दरबन्दी कम छ। सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार, विद्यालय र विद्यार्थी संख्याका आधारमा ७३ हजार थप शिक्षक तत्काल आवश्यक छ । सरकारले निजामती तर्फ २० हजार कर्मचारी लोकसेवा मार्फत र ७४ हजार शिक्षक शिक्षा सेवा आयोग मार्फत पुर्ती गर्ने भएको छ । वैशाखभित्रमा लोकसेवा खुल्ने र यो वर्षभरिमा शिक्षक पूर्ति हुने भएको छ।

सशस्त्र प्रहरी बल नेपालले कर्मचारीको लागि आवेदन खुला

काठमाडौ‌ चैत २५ । गृह मन्त्रालयद्वारा सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेको पदहरुका लागि आवेदन खुला गरेको सूचना चैत २२ गते शुक्रबारको गोरखापत्रदैनिकमा प्रका्िशत गरेको छ । इच्छुक रोजगारदाताहरुले निम्न मिति, समय र स्थानमा गई आवेदन भर्न सकिने छ । यस्तो छ विज्ञापन

मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, चैत १२ । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तह अन्तर्गतको नेपाली विषयको सबै विकास क्षेत्रको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै मावि तह अन्तर्गत देशभरको विज्ञान विषयको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।  पूर्व र मध्यमाञ्चल विकास क्षेत्रको नेपाली विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र नेपाली विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

मावि तहको ५ विषयको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, चैत १० । शिक्षक सेवा आयोगले आज माध्यमिक तह अन्तर्गत विभिन्न विषयको नतिजा सार्वजनिक गरेको छ । आइतबार एक सूचना जारी गर्दै आयोगले माध्यमिक तह अन्तर्गत स्वास्थ्य, जनसंख्या तथा वातावरणसहित अर्थशास्त्र, कार्यालय संचालन तथा लेखा, संस्कृत भाषा, सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो । आयोगले यस अघि आन्तरिक तर्फ प्राथमिक र निम्न माध्यमिक तहको पनि नतिजा प्रकाशन गरेको थियो । नतिजा हेर्नुस् स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अर्थशास्त्र विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कार्यालय सञ्चालन तथा लेखा विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् संस्कृत भाषा विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

लोकसेवा तयारीको लागि आफ्नै शैली र सुत्र बनाएर पढ्नुपर्छ

योग्यता र क्षमता भएका व्यक्तिले देशको सेवा गर्ने स्थानमा पुग्ने महत्वपूर्ण माध्यम लोकसेवा आयोग हो । तर, लोकसेवाको परीक्षा उत्तीर्ण गर्न उति सहज भने छैन । कठिन परिश्रम र लगावले मात्र आयोगमा सफलता मिल्छ । त्यति धेरै रोजगारीको अवसर पनि नभएको र निजी क्षेत्रको रोजगारीमा ढुक्क हुने स्थिति नरहेको हाम्रो जस्तो मुलुकमा निजामती सेवाप्रति धेरै आकर्षण छ । तर, सानोतिनो तयारीले लोकसेवा उत्तीर्ण गर्न सम्भव छैन । हजारौँको प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्न सकेको खण्डमा मात्र लोकसेवामा सफलता मिल्छ । लहैलहैमा लागेर विना तयारी लोकसेवा पास गर्न नसकिने तथ्य लोकसेवाको तयारी गरिरहेका सबैलाई अवगत भएको कुरा हो । धनञ्जयकुमार शाह लोकसेवाको तयारी गरिरहँदा आफूअनुकूल र अध्ययनशील समूह निर्माण गरेर संयुक्त तयारी गर्दा पनि विषयवस्तु सम्झिन र अर्काको राम्रा उपाय लिन पनि सहज हुन्छ । पहिल्यै लोकसेवा उत्तीर्ण गरेकाहरूको अनुभव पनि लिन सकिन्छ । आफूसरहका सहपाठीहरूसँग छलफल त गर्नुपर्छ, तर यसका नाममा समयको बर्बादीमा भने लाग्नुहुँदैन । लोकसेवाको तयारी गरिरहँदा दिमागमा याद राख्नुपर्ने हुन्छ । व्यक्तिको सम्झिने तरिका अनेक हुन्छन् । पढेका विषय सम्झिन आफ्नै खालको शैली बनाउन सकिन्छ । यसका लागि सूत्र बनाएर पढ्ने, कसैलाई दाँजेर याद गर्ने, कसैलाई सम्झेर याद गर्नेलगायतका बानी अपनाउन सकिन्छ । यसका साथै आफ्नो लेखनशैलीलाई पनि परिष्कृत गराउन जरुरी हुन्छ । समसामयिक विषयमा पनि नियमित अद्यावधिक (अपडेट) हुनुपर्छ । यसका लागि नियमित पत्रपत्रिका पढ्ने, रेडियो, टेलिभिजन हेर्ने–सुन्ने पनि गर्नुपर्छ । आजकल बजारमा लोकसेवाका नाममा विभिन्न पुस्तक पाइन्छन् । त्यसमध्ये उपयुक्त खालको पुस्तक छनोट गरेर त्यसअनुसार तयारी गर्नुपर्छ । यसबाहेक सरकारी निकायका आधिकारिक प्रतिवेदन, प्रकाशन आदिमा पनि ध्यान दिनुपर्छ । लोकसेवाको तयारी गरिरहँदा आफूअनुकूल र अध्ययनशील समूह निर्माण गरेर संयुक्त तयारी गर्दा पनि विषयवस्तु सम्झिन र अर्काको राम्रा उपाय लिन पनि सहज हुन्छ । पहिल्यै लोकसेवा उत्तीर्ण गरेकाहरूको अनुभव पनि लिन सकिन्छ । आफूसरहका सहपाठीहरूसँग छलफल त गर्नुपर्छ, तर यसका नाममा समयको बर्बादीमा भने लाग्नु हुँदैन । कहिलेकाहीँ ‘रिफ्रेसमेन्ट’ भने गर्नुपर्छ । अत्यधिक चाप र बोझमा पढ्दा बुझिँदैन । यसले पुनर्ताजगी प्रदान गर्छ । वेलावेलामा स्वमूल्यांकन पनि गरिरहनुपर्छ । यसले आफ्ना नराम्रा प्रवृत्ति त्याग्न मद्दत मिल्छ । अन्त्यमा, मनोबल र दृढ इच्छाशक्ति नै तपाईंको सफलताको कडी हो । निरन्तर अभ्यास, योग र ध्यानबाट जीवनमा सन्तुलन ल्याई अध्ययनमा लगाव र समयको सदुपयोगले सधैँ सफलताको शिखरमा पुर्‍याउँछ । (शाह बुद्धशान्ति गाउँपालिका झापाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।) नयाँपत्रिकादैनिकबाट

६८ जिल्लाको प्रावि नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, चैत ८ । शिक्षक सेवा आयोगले शुक्रबार दिउँसोसम्म अस्थायी शिक्षकको ६८ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगका अनुसार बाँकी जिल्लाको प्रावि नतिजा आज (शुक्रबार) सम्म आइसक्ने छ । आयोगले शुक्रबार दिउँसोसम्म कुन–कुन जिल्लाको नतिजा सार्वजनिक गरेको छ? हेर्नुस्– रसुवाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिन्धुपाल्चोकको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धादिङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मनाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् लमजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् तनहुँको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् गोरखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् स्याङ्जाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रौतहटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पर्साको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् नवलपरासीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कास्कीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पाल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कपिलबस्तुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् गुल्मीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अर्घाखाँचीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुपन्देहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुस्ताङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पर्वतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् म्याग्दीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बागलुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सर्लाहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिन्धुलीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् महोत्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनुषाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सल्यानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दोलखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रामेछाप को नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुकुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुर्खेतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ओखलढुंगाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् उदयपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सोलुखुम्बको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सप्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् खोटाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् प्यूठानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिरहाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कालिकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बर्दियाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मोरङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाँकेको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुगुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दैलेखको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुनसरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् इलामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् भोजपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनकुटाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् हुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलालीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अछामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ताप्लेजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

बिहीबार नै थप ३ जिल्लाको प्रावि नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, चैत ७ । शिक्षक सेवा आयोगले बिहीबार ७ जिल्लाको अस्थायी शिक्षकको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै तनहुँ, मनाङ, लमजुङ, गोरखार रसुवा, सिन्धुपाल्चोक र धादिङ जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा– रसुवाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिन्धुपाल्चोकको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धादिङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मनाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् लमजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् तनहुँको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् गोरखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

आज ४ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, चैत ७ । शिक्षक सेवा आयोगले बिहीबार साँझ ६ बजेसम्म अस्थायी शिक्षकको ४ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै तनहुँ, मनाङ, लमजुङ र गोरखा जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा– मनाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् लमजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् तनहुँको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् गोरखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्