सुनको मूल्य फेरि घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा आज मूल्य घटेर कारोबार सुरु भएको हो ।

यससँगै, …

सुनको मूल्य तीन दिनयता स्थिर

काठमाडौं । सुनको मूल्य तीन दिनयता स्थिर भएको छ । गत २७ गतेयता सुनको मूल्य घटबढ नभएको हो ।  चाँदीको मुल्य भने आज प्रतितोला १० रुपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख २६ हजार, तेजाबी सुन १ लाख २५ हजार ४ सय र चाँदी १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको छ।  २७ गते सुनको मूल्य उच्च विन्दुमा पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा समेत आज सुनको मूल्य २ हजार १ सय ७७ अमेरिकी डलर प्रतिऔँस पुगेको छ। 

सुनको मुल्यमा फेरि रेकर्ड, आइतबार १ हजार बढ्यो

काठमाडौं । सुनको मुल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । विगत ५ दिन देखि सुनले दैनिक उच्च मूल्य रेकर्ड बनाइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा १ हजार रुपैयाँले सुन बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँ रहेकोमा आइतबार १ लाख २६ हजार रुपैयाँ पुगेको छ । हालसम्मकै उच्च मुल्यको रेकर्ड कायम फेरि भएको हो । गत मंगलबार तोलाको १ लाख २३ हजार रुपैयाँ मूल्य कायम भई अघिल्ला सबै रेकर्ड तोडिएको थियो । बुधबार १ लाख २३ हजार ५ सय, बिहीबार र शुक्रबार १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख २६ हजार कायम भएको हो । अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । सो आधारमा नेपालमा पनि  मूल्य समायोजन हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिका वावजुत माग बढ्दै जाँदा मूल्यमा असर परेको हो । चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ हजार ४७० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४७५ रुपैयाँ कायम भएको छ ।

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको १ लाख २५ हजार

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । लगातार बढिरहेको सुनको मुल्य बुधवार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । विहीबार छापावाल सुनको मूल्य बिहीबार थप १५ सय बढ्दै १ लाख २५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा १ लाख २३ हजार रुपैयाँ कायम भएको कीर्तिमान बनेको मूल्यमा बुधवार र बिहीबार थप बढेर उच्च बिन्दुमा पुगेको हो ।  यस्तै बिहीबार तेजाबी सुन पनि तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।  यस्तै बिहीबार चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो ।

सुनको भाउ एकैदिन २ हजार बढ्यो

काठमाडौं, २० फागुन । आइतबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार एकै दिन १ लाख २१ हजार पुगेको हो । अन्तर्राष्ट्रिय बजारको कारोबारमा शुक्रबार मूल्य उच्च दरमा बढ्दा आइतबार नेपाली बजारमा प्रभाव परेको महासंघले बताएको छ । शनिबार सार्वजनिक विदा भएकाले त्यस दिन सुनको मूल्य समायोजन गरिँदैन । विगत केही दिनदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि आइतबार तोलाको २० रुपैयाँ बढेको छ । अघिल्लो कारोबार दिन तोलाको १ हजार ३९० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४१० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो । महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ र रुपैयाँले घटेर तोलाको १४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको १४१५ रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घट्यो, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य १ लाख ८ हजार ५०० तोकिएको छ । यसैगरी,आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य स्थिर रहेको छ ।

बढ्यो सुन र चाँदीको मूल्य, यस्तो छ आजको कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । यसअघि मंगलबार स्थिर रहेको सुन आज भने तीन सय रुपैयाँ बढेको छ । आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एल लाख १० हजार र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ स्थिर, चाँदीको मूल्य भने घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज पनि स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार र सोमबार पनि सोही मूल्यमा सुनको भाउ निर्धारण भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ। चाँदी तोलामा १५ रुपैयाँले घटेर १४ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि सोमबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

सुन–चाँदीको भाउ घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले र चाँदी १५ रुपैयाँले घटेको हो । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँ र चाँदी एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै घट्दै आज ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

घट्यो सुन चाँदीको मूल्य

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । छापावाल सुनका मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ कायम हुँदा तेजावी सुनको मूल्य ९७ हजार रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा आइपुगेको छ । अघिल्लो कारोबार दिन शुक्राबार छापावाल सुनको मूल्य ९७ हजार ८ सय रुपैयाँ थियो । यस्तै तेजावी सुनको मूल्य ९७ हजार ३ सय र चाँदीको मूल्य १२ सय ७५ रुपैयाँ थियो ।

एकै दिन तोलामा १८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार सुनको मूल्य एकै दिन तोलामा १८ सय रुपैयाँले घट्न पुगेको छ । अघिल्लो दिन प्रतितोला तीन सय रुपैयाँले घटेर ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार थप १८ सय रुपैयाँले घटेर ९७ हजार एक सय रुपैयाँमा झरेको हो ।   यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १८ सय रुपैयाँले नै घट्दै ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २० रुपैयाँले घट्दै प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य बढेर आज ९७ हजार ८ सय रुपैयाँमा पुग्यो

काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुन र चाँदीको को भाउ ८ सय रुपैयाँले बढेको छ । हिजो बुधबार तोलामा ९७ हजार रुपैयाँ रहेको सुनको मूल्य आज ९७ हजार ८ सय रुपैयाँमा पुगेको छ । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको मूल्य आज एक हजारले घट्यो

काठमाण्डौ – सुनको भाउ आज मंगलबार एक हजार रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९७ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९८ हजार रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

नेपाली बजारमा रोकियो सुनको आयात

काठमाडौं । नेपाली बजारमा सुन आयात अहिले रोकिएको छ । नेपाल राष्ट्र बैंकले अत्यावश्यक बाहेक विलासी वस्तुको आयात रोक्न निर्देशन दिएसँगै बैंकहरुमार्फत हेर्न सुन आयात शून्यमा झरेको हो । बजारमा तरलताको कमी र राज्यको ढुकुटीमा विदेशी मुद्रा (डलर )को संचिति कम हुँदै गएको भन्दै गाडीदेखि सुनसम्मका विलासी वस्तु आयात गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको थियो । राष्ट्र बैंकले यसअघि पनि समय समयमा राष्ट्रको ढुकुटीमा डलरको संचिति कम भएको भन्दै सुन आयातमा कमी गर्ने गरेको थियो । सुन आयात रोकिंदा बजारमा हाहाकार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए ।

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख १ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ८ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि मंगलबार १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।