बालुवाटारमा प्रचण्ड, ओली र रविसहितका नेता छलफलमा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेबीच छलफल जारी छ । अहिले बालुवाटरमा छलफल भइरहेको छ ।
छलफलमा एमालेका महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, गृहमन्त्री एंव माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, माओवादीका उपमहासचिव वर्षमान पुन सहभागी छन् ।
प्रधानमन्त्री प्रचण्डले आज मएमाले, माओवादी, रास्वपा, जसपा समेतलाई सरकारमा सामेल गर्दै मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका छन् । यद्यपि, यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।
नयाँ मन्त्रिपरिषद् आजै पुनर्गठन हुने
काठमाडौं । गठबन्धन भत्किएसँगै नयाँ मन्त्रिपरिषद आजै गठन हुने भएको छ । नेपाली काङ्ग्रेस सँगको गठबन्धन भत्किएसँगै माओवादी केन्द्र, एमाले, स्वतन्त्र पार्टी सहितको नयाँ गठबन्धन सरकार आजै गठन हुने भएको हो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउँदै छन् । स्रोतका अनुसार, अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भएको छ । नयाँ मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक एक जना मन्त्री बन्दैछन् ।
के हुँदैछ बालुवाटारमा ?
काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक वालुवाटारमा बसिरहेको छ । बैठकमा विकसित राजनीतिक परिस्थितिको विषयमा छलफल भैरहको छ । बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक राखिरहँदा बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक ठाकेर नेताहरुसँग छलफल गरेका छन् । उनी बैठक सकेर सिधै नयाँ राजनीतिक घटनाक्रमका विषयमा निर्णय लिने अधिकारसहित बालुवाटार लागेका हुन् । राजनीतिक सरगर्मीले माहोल तातेको अवस्थामा बालुवाटारमा नयाँ समिकरणबारे छलफल बाक्लिएको हो ।
रास्वपामा लामिछाने लिए सचिवालय बैठकबाट आवश्यक निर्णय लिने अधिकार
काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिइएको छ । सोमबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकबाट सभापति एवं संसदीय दलका नेता लामिछानेलाई सो अधिकार दिइएको हो । बैठकमा सभापति लामिछानेले समसामयिक राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गरेका थिए । त्यसपछि राजनीतिक घटनाक्रमका विषयमा सबैसँग छलफल गर्ने अधिकार लामिछानेलाई दिइएको रास्वपा स्रोतले जानकारी दियो ।
उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान
काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ । वि.सं. २०८१ वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि आयोगले दल दर्ता गर्न भनेको हो । फागुन २४ गतेदेखि फागुन ३० गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल दर्ता गर्नुपर्नेछ । राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंमा दल दर्ताका लागि निवेदन दिन आयोगले आग्रह गरेको छ ।
जनयुद्दकालीन डायरीहरुमाथी नेपालगन्जमा सम्वाद हुँदै
काठमाडौं । पत्रकार मनऋषि धितालले लेखेका सात वटा पुस्तकको बारेमा नेपालगञ्जमा बहस हुने भएको छ । धितालले लेखेका जनयुद्धकालिन डायरीहरुको संगालो माथि नेपालगञ्जमा संबाद कार्यक्रम हुने भएको हो । प्रेस सेन्टर लुम्बिनी प्रदेशको आयोजनामा हुने सम्बादमा सात वटा पुस्तक माथि फरक फरक बत्ताहरुले समिक्षा गर्ने भएका छन् । धितालले लेखेको डायरी जेल यात्रा पुस्तकको बारेमा पत्रकार तुला अधिकारीले समिक्षा गर्नेछन् । यस्तै, अर्को पुस्तक बेनी यात्राका विषयमा साहित्यकार महानन्द ढकालले, आधार यात्रा पुस्तकको बारेमा पत्रकार शंकर खनालले, राजमार्ग यात्राको बारेमा साहित्यकार लेक प्याकुरेलले समिक्षा गर्ने तय भएको छ । यसैगरी, पिली यात्राको बारेमा राजनीतिककर्मी दुर्गा बहादुर थारुले, गण्डक यात्राको बारेमा बरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले र गुफाप्रेसका चिठ्ठीमाथि साहित्यकार शशिराम कार्कीले समिक्षा गर्ने भएका छन् । फागुन २३ गते बुधबार दिउसो २ बजे नेपालगञ्जको सुनाखरी रेस्टुरेन्ट बिपि चौकमा कार्यक्रम हुने भएको छ । पत्रकार धितालले जनयुद्धको समयमा भएका घटनाक्रमहरुलाई टिपोट गर्ने गरेको र अहिले त्यसलाई पुस्तकको रुपमा प्रकाशन गरिएको जानकारी दिए । पत्रकार धितालका सात पुस्तक गएको फागुन १ गते जनयुद्ध दिवशको अवसरमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका थिए । बरिष्ठ पत्रकार धिताल जनयुद्धकालका मोर्चाहरुमा समेत प्रत्यक्ष रुपमा पत्रकारितामा संलग्न रहेका थिए ।
सत्ता गठबन्धनको बैठक सोमबार बिहान ८ बजे बस्दै
संक्रमणकालीन न्यायसम्बधी छलफल हुने
निजामती विधेयक संघीय मन्त्रालयमा
काठमाडौं । निजामती विधेयक प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्तिम टुंगो लागएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाइएको छ । सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार विधेयकको सिल लगाएको कपी संसद् सचिवालयमा दर्ताको तयारी भइरहेको छ । दर्ताका लागि मन्त्रालयको कानुन शाखाले तयारी गरिरहेको स्रोतले बतायो । २०७५ साल माघमा पहिलो पटक संसद्मा दर्ता भएको सो विधेयक २०७७ असारमा राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरिसकेको छ। मुलुक संघीयतामा गएपछि २०७६ चैतमा कर्मचारी समायोजन गरिएकोमा निजामती ऐनको अभावमा प्रशासनीक संघीयता कार्यान्वयनमा समस्या देखिएको भन्दै प्रधानमन्त्री प्रचण्डले निजामती ऐन छिट्टै पास गर्ने बताएका थिए । संघीय सरकारले ऐन नबनाएका कारण प्रदेशले निजामती ऐन बनाएर लागू गरेका छन् । स्थानीय तहमा पठाउने प्रमुख प्रशासकीय अधिकृत, प्रदेश सचिवलगायतका विषयमा कुरा मिल्न नसक्दा विधेयक अघि बढ्न सकेको थिएन । हाल कायम ५८ वर्ष उमेरलाई भने ६० वर्ष बनाउने सहमति बनेकाे छ ।
राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे प्रधानमन्त्रीले गरे मन्त्रालयसँग छलफल, गणतन्त्रपछि प्रगति उत्साहप्रद
बैठकमा उत्तरदक्षिण (कोशी करिडोर) खाँदबारी–किमाथांका सडक योजना, कालीगण्डकी करिडोर र कर्णाली करिडोरको प्रगति अवस्थाबारे मन्त्रालयको ब्रिफिङ लिए।
त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने
काठमाडौं, २० फागुन । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन् । आइतबार वर्षाको कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द भई दुबै टोलीले १–१ अंक बाँडेपछि नेपालको भेट नेदरल्याण्डसँग हुने पक्का भएको हो । नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंक सहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । दोस्रो भएको नेपालको ४ अंक छ । बराबरीपछि नामिबियाको ३ अंक मात्र भयो । त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । केहि समयमा वर्षा रोकिए पछि कभर हटाउन खोजिएको थियो । तर फेरि वर्षा भएपछि खेल रद्द भएको हो । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो । तर आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । फाइनल खेल मंगलबार हुनेछ ।
टीआरसी विधेयक अघि बढाउने शीर्ष नेताबीच सहमति
काठमाडौं । तीन शीर्ष नेताहरुबीच बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक अघि बढाउने सहमति भएको छ। आज प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सो विधयेक अगाडि बढाउने सहमति भएको हो। आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँग छुट्टाछुट्टै गरेको छलफलमा सहमति जुटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। “कानुन समितिमा केही विषयमा उच्च तहका नेतासँग बस्ने र टुंग्याउने कुरा भएको थियो । यसमा पीडितमैत्री बनाउने र एमालेले उठाएको विषय समेटेर भाषा मिलाएर अघि बढाऔँ भन्ने सहमति भएको हो,” उनले भने, “सम्बोधन गनुपर्ने विषय समेटर अघि बढाउने सहमति भएको हो।” प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्नुअघि नेताहरूबीच छलफल भएको हो। आचार्यका अनुसार, यस विषयमा शनिबार प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामछिानेसँग पनि छलफल गरेका थिए।
सूचना-प्रविधि राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंग : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको बताएका छन्। ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको बताए। “आजको परिस्थितिमा देशको सार्वभौमिकता, अखण्डता, सम्प्रभुता, आन्तरिक एकता र सद्भाव जस्ता पक्षहरूको केन्द्रमा सूचना प्रविधि आएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “देशभित्रै सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाले नै देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने ठाउँमा सिङ्गो विश्व आइपुगेको तथ्य हामीले हेक्का राख्नै पर्छ।” उनले कृतिम बौद्धिकका बहुआयमिक लाभ र केही चुनौतीहरूको गम्भीर अध्ययन गरी आवश्यक नीतिहरू तर्जुमा गर्न अब ढिलाइ गर्न नहुने बताए। कृत्रिम बौद्धिकता प्रविधिमा असीम सम्भावनाहरू रहेपनि रोजगारी विस्थापन, पूर्वाग्रह र निष्पक्षताका सवाल, गोपनीयताका सवालहरूमा चुनौती पैदा भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले साइबर सुरक्षा, नैतिक दुविधा, सामाजिक विग्रह, निर्भरता र स्वायत्तता, आदिका कारणले समाजमा थप असमानताहरू थपिन सक्ने जोखिम औंल्याए। नेपालको गरिवी र न्यून आर्थिक विकासको चक्रलाई तोड्न कृत्रिम बौद्धिकता प्रविधिले सुशासन ‘४.०’ जस्ता अवधारणालाई अङ्गीकार गर्न अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता विकासका लागि ‘एआई इकोसिस्टम’ विकासमा आवश्यक पहल लिनैपर्ने अवस्था आएको उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता प्रविधिको प्रयोगले सरकारी नीति निर्माण र सुशासन अभिवृद्धिमा टेवा पुर्याउने विषयहरू, विद्यालय तथा उच्च शिक्षामा कृतिम बौद्धिकताबाट हासिल गर्न सकिने नतिजाहरू, कम्प्युटेसनल तथा अन्य पूर्वाधारको आवश्यकता, देशमा सञ्चालित अनुसन्धान परियोजना र तालीमहरू, विकासका कार्यहरूलाई त्यस्तो प्रणालीमा जोड्न सकिने विश्वास व्यक्त गरे।
सूचना प्रविधि क्षेत्रमा क्रियाशील युवा वैज्ञानिकलाई सम्मान र प्रोत्साहित गर्न प्रधानमन्त्रीको अपिल
‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको बताए।
‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सुशासनको लक्ष्य हासिल गरौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने बताएका छन् । ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सेवा प्रवाहका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् । “सरकारले कम्प्युटर प्रविधि, रोवोटिक प्रविधि, डाटा विज्ञान, मेशिन लर्निङ्ग, इन्टरनेट अफ थिङ्गस, कम्प्युटेशनल पूर्वाधार विकासका लागि आफ्नोतर्फबाट गर्नुपर्ने कार्यमा आवश्यक पहल लिनेछ,” प्रधानमन्त्रीले भने, “यसका लागि कृत्रिम बौद्धिकतासम्वन्धी नीतिलाई राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ तथा डिजिटल नेपाल फ्रेमवर्क, २०१९ सँग समन्वय गर्नेगरी अगाडि बढिनेछ ।” सरकारले हाल उदयीमान प्रविधिको क्षेत्रमा विभिन्न अध्ययन र अनुसन्धानका कामहरू अगाडि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञान प्रविधि क्षेत्रलाई महत्त्व दिएर नै विज्ञान प्रविधि नवप्रवर्तन कोष निर्माणका लागि बजेट विनियोजन गरिएको बताए। उनले प्रविधिको क्षेत्रमा आत्मनिर्भरताको अवसर सिर्जना गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन समेत दिए । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तावमा समेत विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई विशेष महत्त्व दिइने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्रस्तावित १६औँ आवद्यिक योजनामा यस क्षेत्रलाई महत्त्वका साथ समावेश गरिएको जानकारी दिए । नवप्रवर्तन र उत्पादकत्व वृद्धिको सवालमा आगामी वर्षदेखि नै सरकारी निकायहरूले कृत्रिम बौद्धिकताको भूमिका बढाउने परियोजनाको विकासमा जोड दिइने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले सरकारी निकायले दिने सेवाको जानकारीका लागि कृत्रिम बौद्धिकतामा आधारित च्याटबट सेवा, वृहत तथ्याङ्कीय विश्लेषणका परियोजनाहरूलाई प्राथमिकतापूर्वक कार्यान्वयन गरिने स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा विभिन्न सरोकारवाला निकायहरूद्वारा संयुक्तरूपमा आयोजना गरेको ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता–भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनले समृद्ध नेपाल बनाउने सपना सार्थक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । मानिसले गर्ने नियमित कार्यहरू वा धेरै समय लगाएर गर्ने कार्यहरू तथा मानिसले गर्न नसक्ने कार्यहरू कृत्रिम बौद्धिकतामार्फत गर्दा समयको वचत र नवप्रवर्तन तथा उत्पादकत्व वृद्धिका निम्ति बहुउपयोगी रहने प्रधानमन्त्रीको भनाइ छ ।
गठबन्धनमा कुनै समस्या छैनः सिंह
काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनभित्र कुनै समस्या नदेखिएको बताएका छन् । चितवनको रत्ननगरमा आइतबार भएको कार्यक्रममा सिंहले तत्काल गठबन्धनमा कुनै समस्या नभएको बताए । उनले गठबन्धनको राजनीतिमा इमान्दारिताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । फरक प्रसङ्गमा उनले लोकप्रिय हुने नाममा पार्टीलाई कमजोर बनाउन नहुने पनि बताए । पार्टीभित्र केही असन्तुष्टि रहे पनि यी तमाम असन्तुष्टिको समाधान गर्दै जानुपर्नेमा उनले बताए। ‘अरूलाई दोष देखाएर आफ्नो जिम्मेवारीबाट भागेर अगाडि बढ्न खोज्ने प्रवृत्ति बढ्दै गएकोले कांग्रेस सचेत हुनुपर्छ,’ सिंहले भने, ‘कांग्रेस ठूलो पार्टी भएकोले आन्तरिक जीवनलाई पनि व्यवस्थापन गर्नुपर्छ।’ उनले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको जीवनीबाट धेरै कुरा सिक्न सकिने पनि बताए । सिंहले नेतालाई मात्र गाली गरेर नहुने पनि बताए। उनले पार्टीका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले पार्टीसँग समन्वय गर्नुपर्ने बताए।
राष्ट्रिय सभा अध्यक्ष सहित २० सदस्यको आज बिदाइ
राष्ट्रिय सभाको कार्यकाल सकिएकाहरुको विदाइ र नवनिर्वाचित सदस्यहरुको स्वागत कार्यक्रम आज हुँदै

