नर्सिङ क्षेत्रका समस्या समाधन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सिङ क्षेत्रमा आएका समस्या समाधानका लागि आयोगबाट गठित कार्यदलको प्रतिवेदनले ठोस सुझाव दिएको उल्लेख गर्दै प्रतिवेदनका सही सुझावहरूलाई कार्यान्वयनमा लैजान दिर्नेशन दिएका छन्।

चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै नर्सिङ क्षेत्रमा आएका समस्या समाधानका लागि आयोगबाट गठित कार्यदलको प्रतिवेदनले ठोस सुझाव दिएको उल्लेख गर्दै प्रतिवेदनका सही सुझावहरूलाई कार्यान्वयनमा लैजान दिर्नेशन दिएको हो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले शैक्षिक ‘कार्यतालिका’ लाई प्रभावकारी तवरले कार्यान्वयन गर्न दिर्नेशन दिए । उनले वार्षिक शैक्षिक कार्यतालिका तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहनीय रहेको बताए।

“वार्षिक शैक्षिक क्यालेण्डर तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहानीय कार्य हो,” प्रधानमन्त्री प्रचण्डले भने, “शैक्षिक क्यालेण्डरको कार्यान्वयन गर्न म सबैलाई आग्रह गर्दछु।” प्रविधिको प्रयोगबाट आयोगले परीक्षा प्रणालीलाई थप विश्वसनीय बनाउन चाहेको आफूले पाएको उल्लेख गर्दै प्रधानमन्त्रीले परीक्षा सञ्चालन, व्यवस्थापन, अनुगमन, नियमन, पठनपाठन लगायतका क्षेत्रमा प्रविधिको अधिकतम प्रयोग अपरिहार्य हुँदै गएको बताए।

सबै मिलेर चिकित्सा शिक्षा सुधारका लागि कानुनी, नीतिगत र संस्थागत सुधारहरू क्रमशः अगाडि बढाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री प्रचण्डले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समसामयिक समस्या तथा चुनौतीहरूलाई सरोकारवालासँगको समन्वय र सहकार्यमा उपयुक्त मार्ग पहिल्याउनुपर्नेमा जोड दिए।

“चिकित्सा शिक्षा अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील विषय हो,” प्रधानमन्त्री प्रचण्डले भने, “यो मानव समुदायको स्वास्थ्यसँग जोडिएको र सबैको चासोको क्षेत्र हो, यस क्षेत्रको नियमन र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ ।”

औषधिबिना उच्च रक्तचाप कसरी नियन्त्रण गर्ने त ?

काठमाडौं, २९ पुषस् नेपालमा करिव ३० प्रतिसत मानिसहरुमा कुनै न कुनै प्रकारको रक्तचापको समस्या छ । ती मध्ये आधा जतिले रक्तचापको औषधि सेवन गरिरहेको चिकित्सकहरुको अनुमान छ । उच्च रक्तचापले अरु रोगहरु पनि निम्त्याउने गर्दछ । यसले हृदयघात, पक्षघात, मिर्गौला फेल तथा अरु जोखिमयुक्त रोगहरु पनि निम्त्याउन सक्छ । उच्च रक्तचापले मानिसको ज्यान पनि लिन सक्छ । तर धेरै जस्तो अवस्थामा महंगो औषधिको प्रयोग गर्नुभन्दा आफ्नो जीवनशैली परिवर्तन गरेर पनि यसलाई सन्तुलनमा राख्न सकिन्छ। उच्च रक्तचापबाट पीडित आधाभन्दा बढी मानिसहरुले जीवनशैलीमा परिवर्तन गरेर यसलाई नियन्त्रणमा राखेका हुन्छन् । विज्ञहरुका अनुसार उच्च रक्तचापलाई जीवनशैली परिवर्तनले ५० देखि ९० प्रतिशतसम्म नियन्त्रण गर्न सहयोग गर्छ । यदि कोही उच्च रक्तचापका बिरामीहरु मधुमेह, मुटु रोग, पक्षघात वा धुमपानगर्ने व्यक्ति छैनन् भने उनीहरुले जीवनशैली परिवर्तन गरेर ३ महिनामै लाभ पाउन सक्छन् । औषधिको प्रयोग नगरिकनै उच्च रक्तचापलाई नियन्त्रण गर्न सक्छु भनेर दृढ रहेकाहरुले यसबाट लाभ प्राप्त पनि गरेका छन्। औषधिबिना उच्चरक्तचाप कसरी नियन्त्रण गर्ने त ? शारीरिक व्यायामः सामान्य व्यायामले पनि तपाईं को स्वास्थ्य तथा रक्तचापमा केही फरकपन देखिन्छ। यदि तपाईंलाई व्यायाम गर्ने बानी छैन भने अब बिस्तारै बानी बसाल्नुस्। ५ देखि १० मिनेट भएपनि व्यायाम गर्न आजैदेखि सुरु गर्नुस्। यसले बिस्तारै व्यायाम गर्ने बानी बढ्न थाल्छ । व्यायामले शरीरको स्फूर्ति बढाउनुका साथै रक्तचाप नियन्त्रणमा सहयोग गर्दछ । जसले हप्तामा ७ देखि १३ पेगसम्म रक्सी खाने गरेको छ उसलाई ५३ प्रतिशत उच्च रक्तचाप हुने सम्भावना हुन्छ स्वास्थ्य आहारविहार शरीरका लागि राम्रो हो। सकेसम्म प्रशोधित खानेकुराहरुको सेवनबाट टाढै रहनुपर्छ । जस्तै प्रशोधित चिनी तथा अन्न। त्यसमाथि तपाईंले नुनको सेवन कत्तिको गर्नुहुन्छ त्यसमापनि फरक पर्छ। धेरै जसो नुनको मात्रा रेष्टुरेन्टको खाना तथा प्रशोधित खानामा पाइने गर्दछ।त्यसलै त्यसको सेवन सकेसम्म नगरेकै राम्रो । तपाईंले आफ्नो तौलको ५ प्रतिशतमात्र घटाउनु भयो भने पनि रक्तचाप नियन्त्रणमा पनि धेरै सघाउ पुर्याउँछ। दीर्घकालिन रुपमा आफ्नो तौल नियन्त्रणमा राख्ने प्रयास गर्नुपर्छ। छोटो समयको लागि डाइटमा ध्यान दिएर तौल घटाउने अनि पछि जथाभावी खानेकुरा खानाले पछिसम्म राम्रो गर्दैन। मद्यपान कम गर्ने अध्ययनका अनुसार जसले हप्तामा ७ देखि १३ पेगसम्म रक्सी खाने गरेको छ उसलाई ५३ प्रतिशत उच्च रक्तचाप हुने सम्भावना हुन्छ। त्यसैगरी जसले १४ भन्दा बढी पेग रक्सी खान गरेको छ उसलाई ६९ प्रतिशतसम्म उच्च रक्तचाप हुने सम्भावना हुन्छ। धुमपान त्याग्नाले रक्तचाप कम गर्न मद्धत गर्छ र मुटु रोगका समस्या पनि घटाउँछ।जीवनशैली परिवर्तनले रक्तचाप नियन्त्रणमा सहयोग पुर्याउने गर्दछ । चिकित्सकहरुले पेनकिलरहरु पनि नियमित रुपमा प्रयोग गर्न नहुने सुझाएका छन्। त्यसैगरी निद्राको समस्या छ भने पनि त्यसलाई उपचार गराउनुपर्छ । अनिद्राले अरु पनि धेरै रोगहरु निम्त्याउन सक्छ ।

यी ५ लक्षण देखिए हुनसक्छ ओमिक्रोन– डा. पुन

डेल्टासँगै ओमिक्रोनको सरप्राइज उपस्थिति हुँदा संक्रमणको तीब्रतामा बुस्ट-अप भएको छ। यी दुई फरक भेरियन्टको भाइरसलाई हाल प्रयोगमा आइरहेको पिसिआर प्रविधिबाट छुट्याउन भने सकिँदैन। तर पछिल्लो समयमा नेपाल सरकारले सार्वजनिक गरेको तथ्यांकले २२ प्रतिशत एस-जीन नेगेटिभ (सिक्वेन्सिङ गर्दा ओमिक्रोन पुष्टि भएको) र बाँकीमा एस-जीन पोजिटिभ देखिँदा अघिल्लो भेरियन्ट डेल्टासँगै ओमिक्रोन फैलँदै गरेको देखिन्छ। यद्यपि यी दुई भेरियन्टहरुको उपस्थितिको अनुपातमा आगामी दिनमा के कति फरक हुनेछ भनेर हेर्न भने अर्को विज्ञप्ति कुर्नु पर्ने हुन्छ। अस्पतालमा केहि दिन यता निरन्तर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उनीहरुमा यी निम्न ५ लक्षणहरु प्रमुख देखिएका छन्। १) घाँटी दुख्ने/असहज हुने। २) थकान महसुस हुने। ३) टाउको र शरीरका मांशपेशी दुख्ने। ४) हल्का शरीर तातिएको महसुस हुने। ५) नाकबाट पानी आउने/बन्द हुने। तर यी माथि उल्लेखित लक्षणहरु सामान्यतय खोप लगाएकाहरुमा नै देखिएका थिए। यी बाहेक अघिल्लो भेरियन्टहरुमा देखिँदै आइरहेका उच्च ज्वरो, खोकी, श्वास प्रश्वासमा असहजता तथा स्वाद/गन्ध थाहा नपाउने जस्ता लक्षणहरु पनि नदेखिने भन्ने चाँही होइन। खोप लगाउनेहरुमा संक्रमण हुन् सक्ने भए पनि जटिल अवस्था आउने वा मृत्यु हुने जोखिमलाई घटाउने विभिन्न अध्ययन, अनुसन्धान र लेखकको अनुभवबाट देखिन्छ। तसर्थ खोप लगाउनमा सबैको अर्जुन दृष्टि हुन् अति जरुरी देखिन्छ। -स्वास्थ्यखबरबाट

सानोतिनो रोग लागेका बेला समेत कडा खालको एन्टिवायोटिक ?

सानोतिनो रोग लागेका बेला समेत कडा खालको एन्टिवायोटिक औषधि दिने र खाने चलन समान्य जस्तै भइसकेको छ । तर यसले पार्ने प्रभावका बिषयमा अधिकांश उपभोक्तालाई जानकारी छैन । एन्टिवायोटिक औषधि डाक्टरको प्रिस्किृप्सन बिना बेच्न र उपभोग गर्न पाइदैन् । यो अन्तर्राष्टिय मान्यता हो । तर नेपालमा यो नियम न औषधि बिक्रेताले पालना गरेका छन न औषधि किनेर खाने उपभोक्ताले नै यसका विषयमा हेक्का राख्ने गरेका छन । नेपालमा अहिलेसम्म कुन किसिमको रोगमा कुन स्तरसम्मको एन्टिवायोटिक्स बिक्री गर्ने वा उपभोक्ताले खाने भन्ने कुनै गाइडलाइन छैन । त्यसैले औषधि दिने र लिने दुबैले मनपरि तरीकाले एन्टिवायोटिक्स सेवन गरिरहेका छन । छिटो रोग निको पार्न एन्टिवायोटिक्सको सेवन गर्ने गरिएको पाइन्छ । एक्टिवायोटिक्सलाई रोग निको पार्ने अचुक उपायको रुपमा हेर्ने गरेकाले यसले स्वास्थ्यमा नराम्रो असर पारिरहेको विज्ञहरु बताउछन । मिर्गौला प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठ भन्छन, एन्टिवोयोटिक्सको सही तरीकाले उपभोग गर्न नसकिए अभिषाप पनि बन्छ भन्ने कुराको ज्ञान धेरैलाई छैन । जसका कारण मिर्गौला बिग्रनेदेखि विभिन्न स्वास्थ्य समस्याको जन्म हुन्छ । जथाभावी एन्टिवोयोटिक्स सेवनकै कारण वर्षेनी दुई हजारभन्दा बढीले ज्यान गुमाउने गरेको सरकारी तथ्यांक छ । डिप्रेसनमा परेका व्यक्तिहरुले रातमा निद्रा नआएपछि निद्रा आउने औषधि आवश्यक भन्दा बढी सेवन गर्दा ज्यान समेत जाने गरेको छ । कोही रोग निको पार्ने निहूमा डोजभन्दा बढी औषधि एकै पटक खाइदिने त कोही एउटा रोगका लागि सेवन गर्नु पर्ने एन्टिवोयोटिक्स अर्को रोग निको पार्न खाइदिने गर्छन । कोही आफु खुशी औषधि पशलबाट एन्टिवायोटिक्स किनेर खाने गर्छन । मनपरि एन्टिवायोटिक्सको सेवनले समस्या निम्त्याएको चिकित्सकहरु बताउछन । चिकित्सको प्रिस्किृप्सन बिना नै दुखाई कम हुने औषधि एन्टिवायोटिक्स आफू खुशी सेवन गर्दा हरेक दिन कुनै न कुनै घटना घटिरहने गरेको त्रिवि शिक्षण अस्पतालका डा. सतिस शाह बताउछन । उनी भन्छन, आफू खुशी औषधि सेवन गर्दा यसले पार्ने साइड इफेक्टका बिषयमा धेरैलाई जानकारी छैन । औषधिको प्रयोग गर्न नजान्दा रोग निको हुनुको सट्टा ज्यान सक्छ भन्ने कुरा बिर्सनु हुदैन । औषधिलाई तरकारी किनेर खाएजस्तै विना कसैको सल्लाह सेवन गर्ने बानी बिकास रोकिनु पर्ने विज्ञहरु बताउछन । उनीहरुको भनाई छ, चिकित्सकको सल्लाह विना औषधि सेवन गर्दा एउटा रोग निको पार्न खोज्दा अर्कै रोग बल्जmने संभावना हुन्छ । एन्टिवायोटिक्स आफू खुशी सेवन गर्दा यसले मिर्गौला बिग्रने, कलेजको बिग्रने, आखा लगायत शरीरका महत्वपूर्ण अंगलाई नकारात्मक असर गर्छ । मिर्गौला विग्रनुको प्रमुख कारण अत्यधिक एन्टिवायोटिक्सको सेवन पनि हो, मिर्गौला प्रत्यारोपण विज्ञ डा. श्रेष्ठले भने । अन्दाजका भरमा औषधि खादा धेरै व्यक्ति मिर्गौला विग्रिएर डायलासिस गर्नु पर्ने अवस्था छ । औषधि प्रयोग गर्ने तरीका, सेवन गर्ने समय, सेवन गर्नु पर्ने मात्रा, खानपिनका बिषयमा ख्याल राख्न सकेमात्र रोग निको हुने चिकित्सक बताउछन । विरामीले बताएको बयानका आधारमा बजारमा खोलिएका औषधि पशलेले एन्टिवायोटिक्स बच्ने गरेका छन । उनीहरुले अन्दाजका भरमा औषधि बेचेको हुन्छ । चिकित्सकको सल्लाह लिन जादा थप शुल्क तिर्नु पर्ने भएकाले अधिकांश विरामी औषधि पशलबाटै गम्भिर प्रकृतिका रोगको औषधि समेत आफै किनेर ल्याउछन । टाउको दुखेको सिटामोल, जmाडापखाला लागेको जिवनजल जस्ता ओषधि आफै पनि किनेर ल्याउदा त्यति फरक पर्दैन । तर स्वासप्रस्वास, ग्यास्टिक, गर्भपतन गराउनेसम्मका औषधि विना चिकित्सकको सल्लाह किनेर सेवन गर्दा स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई कसैले पनि ध्यान दिने गरेको पाइदैन । आवश्यक भन्दा बढी डोज औषधि सेवन गर्दा रोगसँंग लड्ने प्रतिरक्षात्मक क्षमता नै घट्ने विज्ञहरु बताउछन । लामो समयसम्म दुखाई क मगर्ने औषधि सेवन गर्दा पेन किलर अल्सर, दिसामा रगत देखिने, टाउको दुख्ने, रिंगटा लाग्ने, काम गर्न मन नलाग्ने, निद्रा लागिरहने जस्ता समस्या देखा पर्छन । औषधि व्यवस्था विभागका महानिर्देशक रामधारमण प्रसादका अनुसार साइड इफेक्ट कम गर्ने समान्य औषधि रिटामोल, डिकोल्ड, जिवनजल, भिटामिन वी कम्पलेक्स लगायतका औषधि चिकित्सकको सल्लाहबिनै स्वास्थ्यकर्मिको सल्लाह अनुसार सेवन गर्न सकिने भएपनि एक्टिवायोटिक्स सेवन गर्दा भने चिकित्सकको परामर्श लिनै पर्छ ।

कतै तपाईको पेट पोल्ने, अमिलो डकार आउने त गर्दैन ? थाहा पाउनुस् कारण र उपचार

पेट पोल्ने समस्या हामी धेरैमा हुन सक्छ । सामान्यतया खाली पेटमा वा बिहान उठ्ने बित्तिकै धेरैलाई पेट पोल्ने र अमिलो पानी मुखसम्म आउने गर्दछ । खानपिन हामीले के खाना खान्छौं, कति मात्रामा लिन्छौ यसको सीधा असर हाम्रो पेटमा पर्न जान्छ । पेट पोल्ने कारणहरु धेरै भएपनि हामी धेरैलाई हुने मुख्य कारण भनेको ग्यास्ट्राइटिस, रिफल्क्स आदि नै हो । पेटमा बन्ने एसिडको मात्रा धेरै भएमा वा पेट भित्रको एसिडबाट बचाउ गर्ने तह कमजोर भएमा यसले पेट पोल्ने गराउँदछ । विविध खाने कुराका कारण एसिडिटी बढ्न जान्छ। समया खाना नखानु । धेरै समयसम्म खाली पेट बस्नु । पर्याप्त मात्रामा नसुत्नु । खाना खानासाथ सुत्नु। धुम्रपान, रक्सी सेवन गर्नु। चिकित्सकको सल्ला बिना औषधि सेवन गर्नु। धरै चिन्ता गर्नु । धेरै मसलादार, पिरो तथा तारेको खानु , जंगफुड मात्र खानु, चिया, कफि खानु, चिसो पेय पदार्थ, चुरोट सेवन , धेरै रक्सी पिउनु, समयमै खाना नखानु, राम्रोसँग नपाकेको खाना खानु, बासी खाना खानु, धेरै कम खाना खानु जस्ता हाम्रो जीवनशैलीका कारण उत्पन्न हुने समस्या हो। कुनैबेला पेटबाट माथि खाना जाने नली हुँदै घाँटीसम्म एसिड पुग्ने भएकाले छाती पोल्ने र अमिलो पानी आउने पनि गर्दछ । पेटको अल्सर भएमा पनि यसले पेट पोल्ने समस्या देखिन सक्छ । खाना समयमा नखाने, अमिलो, पिरो, चिल्लो बढी खाने, धेरै मानसिक तनाव लिने आदि मानिसहरुमा यो समस्या धेरै देखिन सक्छ । पेट पोल्ने समस्या हुने मानिसहरुमा अरु निम्न लक्षणहरु पनि देखिन सक्छ: मुखमा अमिलो पानी आउने खान मन नलाग्ने वाकवाकी लाग्ने बान्ता हुने दुब्लाउँदै जाने खोकी लाग्ने घाँटी दुख्ने दातको रंग बिग्रने सामान्य खाली पेटमा पोल्ने, अमिलो पानी आउने समस्या ग्यास्ट्राइटिसबाटै हुने भएपनि लामो समयसम्म यो समस्या देखिएमा र औषधि सेवन पछि पनि सन्चो नभएमा भने पेटको इन्डोसकोपी गर्न सकिन्छ । यसबाट पेटमा अन्य कुनै समस्या भएको, हेलीकोब्याक्टर पाइलोरी भन्ने ब्याक्टेरियाको संक्रमण रहेको आदि थाहा पाउन सकिन्छ । पेट पोल्ने समस्याको उपचार भनेको यसको कारण पत्ता लगाएर त्यसको उपचार गर्नु नै हो । ग्यास्ट्राइटिस, रिफ्लक्स आदिको उपचारको निम्ति एसिड बन्न कम गर्ने वा बनिसकेको एसिडलाई निर्मलीकरण गर्ने विभिन्न औसधिको प्रयोग चिकित्सकको सल्लाह अनुसार प्रयोग गर्न सकिन्छ । पेट पोल्ने समस्या एकपटक सन्चो भएपनि फेरि बल्झिन सक्ने भएकाले खानपिनमा पनि विशेष ध्यान पुराउनुपर्छ । पेट पोल्ने समस्या भएका मानिसहरुले निम्न सावधानीहरु अपनाउँदा यो समस्या केही कम हुन सक्छः अमिलो, पिरो, चिल्लो खानेकुरा सकेसम्म नखाने भोकै खालीपेट नबस्ने बिहान उठेपछि प्रसस्त पानी पिउने तौल घटाउने रक्सी, चुरोट आदि सेवन नगर्ने चिया, कफी आदि धेरै मात्रामा नपिउने एकैचोटि धेरै भन्दा थोरै थोरै धेरैपटक खाने सुत्नु करिब ३ घन्टा अगाडी नै खाना खाने

रक्सी पिउनेहरुको कलेजो मात्रै नभएर पिसाब थैली फुटेर पनि मृत्यु हुन सक्ने

धरान– सामान्यतया मदिरा (रक्सी)को लत लागेकाहरुलाई कलेजोमा समस्या हुन्छ। लामो समय रक्सी पिउनेहरुको कलेजो ड्यामेज भएर मृत्युसमेत हुने गरेको छ। तर, लत लागेको होस वा कहिले कहीा मात्र मदिरा पिउने होस्, थाहा नपाई पिसाब थैली फुटेर पनि मृत्यु हुनसक्छ। एक महिनाअघि एक २४ वर्षीय युवकको पिसाब थैली फुटेर मृत्यु भएको हो। ती युवामा सधै मदिरा पिउने लत थिएन। तर उनी दिउँसो निक्कै मदिरा पिएका थिए। मदिरा पिउनेहरुले पानी धेरै पिएका हुन्छन्। राती सुत्ने बेला हुलुका पेट दुखेपनि उनले वास्ता गरेका थिएनन्। बिहान ४ बजेतिर प्यास लागेपछि पानी पिएका थिए। त्यसपछि एक्कासी बेहोस भएका ती युवकको पछि पोष्टमार्टमबाट पिसाब थैली फुटेर मृत्यु भएको खुल्यो। ‘रक्सी पिउनेहरुको मृत्यु यसरी पनि हुनसक्छ, त्यसैले सबैले होस पुर्याउनुपर्छ,’ यो घटनाको केसस्टडी रिपोर्ट तयार गरेका प्रतिष्ठानका सहायक निर्देशक डा.विकास साहले भने,‘थैलो फुटेको केही घण्टा वा दिनसम्म पनि थाहा नहुनसक्छ, तर यसरी फुटेको मानिसको ४७ प्रतिशत मानिसको मृत्यु नै हुन्छ।’ डा.साहका अनुसार रक्सी पिउनेहरुले धेरै पानी पिएका हुन्छन्। त्यस अवस्थामा पिसाब धेरै लाग्नुपर्ने हो। तर, यो घटनामा ती व्यक्तिलाई पिसाब नलागेको र थैली फुटेको अनौठो घटना भएको हो। उनले यो केसस्टडीको पेपर प्रस्तुती बुधबारदेखि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु भएको २६ औं स्वास्थ्य विज्ञान सम्मेलनको पहिलो दिन प्रस्तुत गरेका छन्। फरेन्सिक विभागका एसोसिएट प्रोफेसर डा.साहले रक्सी पिउने व्यक्तिको पिसाबथैली फुटेर मृत्यु भएको घटना एकदमै कम हुने बताए। ‘१५, २० वर्षसम्म धेरै रक्सी पिउनेहरुको कलेजो बिग्रने, मृत्यु हुने सामान्य हो, तर २४ वर्षकै उमेरमा त्यस्तो हुदैन,’उनले भने, ‘कहिले कही पिउनेलाई वमिट भएर श्वासनलीमा खानेकुरा गएर अड्किने र सास रोकिएर मृत्यु हुने पनि हुन्छ। यसखालको घटना एकदमै कम हुन्छ। त्यसैले रक्सी सकेसम्म नपिउँ, पिउँदा पनि ख्याल गरौं।’ डा. साहले जस्तै बुधबार विभिन्न बिषयमा प्रतिष्ठानका चिकित्सक, नर्स र विद्यार्थीहरुले शोध तथा अनुसन्धानपत्र प्रस्तुत गरेका छन्। सम्मेलनका संयोजक तथा बालरोग विभाग प्रमुख डा.प्रकाश पौडेलका अनुसार पहिलो दिन कुल ८० वटा अनुसन्धानपत्र प्रस्तुत गरिएको छ। ‘४० वटा ओरल र ४० वटा पेपर प्रेजेन्टेशन भएको छ। यी अनुसन्धानले केही नयाँ कुरा पत्ता लगाएको हुन्छ, त्यसले उपचार र रोकथाममा सहयोगी हुन्छ,’संयोजक डा.पौडेलले भने, ‘हामीले अपनाइरहेको उपचारको विधि, पद्दतीमा सुधार गर्न मात्र होइन, सरकारको स्वास्थ्य नीतिमा सुधार गर्नुपर्ने छ भने पनि यी अनुसन्धान पत्रहरुले मार्गनिर्देश गर्छ।’ बुधबार सम्मेलनको उद्घाटन प्रतिष्ठानका निमित्त उपकुलपति डा.गुरु खनालले गरेका थिए। हरेक वर्ष वार्षिकोत्सवको अवसरमा हुने यो सम्मेलनमा प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र नर्सहरुले गरेको शोध तथा अनुसन्धान पत्र प्रस्तुत गर्ने गरिन्छ। यसपटक तीन दिनसम्म कुल २ सय १० वटा शोध तथा अनुसन्धान पत्रहरु प्रस्तुत हुने र छलफल गर्ने आयोजकले जनाएको छ। यसपाली प्रतिष्ठानको बालरोग विभागले सम्मेलन आयोजनाको जिम्मा पाएको छ। विपी प्रतिष्ठान विरामीको उपचार गर्ने अस्पताल मात्र नभएर दक्ष जनशक्ति उत्पादन गर्ने पनि थलो हो। साथै, यहाँ निरन्तर स्वास्थ्य अनुसन्धान पनि भइरहेको हुन्छ। वीपी प्रतिष्ठान नेपालकै सबैभन्दा धेरै शोध तथा अनुसन्धानहरु हुने संस्था हो। ‘हाम्रो संस्थाको मिसननै उपचार, पठनपाठन र अनुसन्धान हो, उद्देश्य अनुसारकै काम भइरहेको छ,’ निमित्त उपकुलपति डा.खनालले भने, ‘यी अनुसन्धानहरुले उपचार पद्दतीमा नयाँ आविष्कार गर्छ। संसारमा नभएको कुरा पत्ता लाग्नसक्छ, र उपचार पद्दती नै परिवर्तन गर्छ।’ वर्षेनी हुने यस्ता अनुसन्धानहरु प्रतिष्ठानको इन्स्टिच्युशनल इथिकल कमिटीबाट प्रस्ताव स्वीकृत भएपछि मात्र गर्न पाइन्छ। तीन दिनसम्म प्रस्तुत हुने शोध तथा अनुसन्धान पत्रहरुमध्येबाट उत्कृष्टलाई छनौट गरेर पुरस्कृत गर्ने आयोजक बालरोग विभागका एसिस्टेण्ट प्रोफेसर डा.शंकर यादवले जानकारी दिए। उनका अनुसार शोध तथा अनुसन्धान पत्रहरु प्रतिष्ठानमा भएको र इटहरी, इलाम, जनकपुरलगायत ठाउँमा पनि गरिएका छन्। -अन्नपूर्ण पोष्टबाट

आँखाको समस्यासँग जोडिएका यी ९ लक्षण त छैनन् ? तत्काल गर्नुस् परीक्षण

  आँखा हाम्रो सबैभन्दा संवेदनशील अंग हो । आँखा कमजोर भएपछि यसको असर व्यक्तिको शारीरिक र मानसिक अवस्थामा नै पर्न सक्छ । त्यसैले आँखासँग जोडिएका कतिपय लक्षणहरुलाई उपेक्षा गर्नु हुँदैन । आँखाको नियमित परीक्षण गरिराख्नु पर्छ । अर्कोतर्फ आँखासम्बन्धी तल लेखिएका समस्या भएमा समेत तत्काल नै आँखा परीक्षण गर्नु जरुरी हुन्छ । १ यदि धेरै टाढा वा नजिक हेर्दा धमिलो देखिन्छ । पत्रपत्रिका एवम् किताब पढ्न गाह्रो भएमा । २ राति र बिहान ठिक सँग देख्न नसकिँदा । ३ कम्प्यूटरमा शब्द धमिलो र आँखा एवम् टाउको दुखेमा । ४ यदि अध्याँरो ठाँउबाट उज्याँलोमा हेर्दा समस्या र रातिमा गाडी चलाउँदा गाह्रो भएमा । ५ थोरै समयमै पत्रपत्रिका पढ्दा आँखा दुख्ने, थकाई र जलन हुन लागेमा । ६ यदि बिना कारण टाउको दुख्ने र आँखाको वरिपरि दुखाई भएमा । ७ आँखा धेरै सुख्खा हुने र बारम्बार झिम्काउनु पर्दा । ८ बिना कारण आँखा रातो हुने, जलन र धेरै चिलाउँने हुँदा । ९ कुनै वस्तुलाई देख्दा आँखा दुख्ने, चक्कर लाग्ने समस्या भएमा ।

बच्चाकाे माेटाेपना घटाउन बाआमाकाे विशेष भूमिका, यी हुन् सजिलाे टिप्स

बिबिसी । तीन वर्षसम्म आमा–बाबुसँग धेरै घुलमिल गरेका बच्चाहरूको बिएमआई अर्थात् उचाइअनुसारको मोटाइको अनुपात कम भएको पाइएको छ। ब्रिटेनका बालबालिकासम्बन्धी स्वास्थ्यविद्ले गरेको अध्ययनमा खानेकुराबारे बेलैमा सिकाउन सकेमा बालबालिकालाई दीर्घकालीन फाइदा मिल्ने उल्लेख छ। उदाहरणको लागि खाने र सुत्ने बानी बालबालिकामा छिट्टै विकास हुन्छ। बच्चालाई खानेकुरा भोको हुँदामात्रै दिनुपर्छ ताकि फकाउनका लागि दिनुहुँदैन। त्यसो गर्दा उनीहरू ठूलो भएपछि आफ्नो तनाव कम गर्नका लागि पनि खानामै जोड दिन्छन्, जसले मोटोपना निम्त्याउँछ। केमा ध्यान दिने? अमेरिकन मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशित एउटा अध्ययनमा नर्सहरूले पहिलो पटक बच्चा जन्माएका दुई सय ७९ आमालाई घरमै बच्चा जन्मिएको भए ६ महिनासम्म र क्लिनिकमा भए एकदेखि दुई वर्षसम्म कसरी बच्चाको खानाको आवश्यकता पूरा गर्ने भनी सुझाएका थिए। नर्सहरूको उक्त टोलीले आमाहरूलाई प्राथमिकता दिएको थियो किनभने शिशुको स्याहारसुसारमा सुरुका महिना र वर्षहरूमा बुबाको भन्दा आमाको बढी भूमिका हुन्छ। त्यसरी दिइएका सुझावहरूमा सुत्ने तालिका, भोकाएका बच्चालाई शान्त पार्न वैकल्पिक खानेकुराहरू, बालबालिका भोकाएको थाहा पाउने उपाय, उनीहरूको शारीरिक क्रियाकलापमा के कस्तो ध्यान दिनेलगायत थिए। ती बच्चाहरूलाई त्यसपछि तीन वर्षको उमेरमा जाँच गरिएको थियो। बच्चासँग कसरी व्यवहार गर्ने भनेर उपायहरू सिकाइएका आमाका बच्चाको उचाइ र तौलको अनुपात कम देखियो। यसोे गर्दा बालकहरू भन्दा बालिकाहरू बढी प्रभावित भएको पाइयो। अनुसन्धानकर्ताहरूले ९ वर्षको उमेरसम्म उनीहरूमाथि अनुगमन गरिराख्छन्। बानी बसाल्न आवश्यक यो अध्ययनको नेतृत्व गरेका पेन स्टेट विश्वविद्यालयका इयान पलले हुर्कंदो उमेरका बालबालिकाको मोटोपनको दर यसरी बढिरहेको बेला शिशु अवस्थामै उनीहरूलाई स्वस्थ बानी बसाल्न निकै महत्वपूर्ण हुने बताए। ‘सानै उमेरमा मोटोपना भएका बालबालिकामा उमेर बढ्दै जाँदा पनि मोटोपना रहिरहने खतरा बढी हुन्छ। तर मोटोपनाको यो चक्रमा रोक लगाउन आजीवन प्रयास गर्नुपर्छ,’ उनले भने, ‘बढी तौल भएका भएका बालबालिकाहरू अभिभावक भइसक्दा पनि बढी तौलकै हुन्छन् र उनीहरूबाट जन्मिएका बालबालिका पनि बढी तौलकै हुन्छन्। यो चक्रमा तपाईं कहाँ फेरबदल गर्नुहुन्छ ? हाम्रो अहिलेको अवस्थामा जीवनभरि प्रयास गर्न आवश्यक छ।’ ब्रिटेनमा पनि तथ्याङ्कहरूले समान खालका समस्याहरू देखाउँछन्। प्राथमिक विद्यालय सुरु गर्नुअगावै त्यहाँ झन्डै एक चौथाइ बालबालिकामा मोटोपना वा बढी तौल देखिन्छ भने उनीहरू ११ वर्ष पुग्दा त त्यो संख्या झन्डै एक तिहाइ पुगिसकेको हुन्छ। रोयल कलेज अफ पेडियाट्रिक्स एन्ड चाइल्ड हेल्थकी अध्यक्ष प्राध्यापक निना मोदीले शिशु अवस्थादेखि तीन वर्षसम्म गरिने व्यवहारले सानो तर स्थायी असर पुर्याउने बताएकी छिन्।

यस्ता छन् तरकारी तथा फलफूल खानअघि ध्यान दिनुपर्ने कुरा

विशेषगरी फल तथा तरकारीमा डीडीटी, एचसीएच, एन्डासुलफोन, सिन्थेटिक फिरियथाइराइड आदि दूषित पदार्थ हुन्छन् र यिनले रगतलाई दूषित बनाउँछन् । त्यसैले बालबालिकाहरूमा मस्तिष्कको क्यान्सर हुन सक्छ । महिलाहरूमा पनि छातीको क्यान्सरको सम्भावना रहन्छ । आँपः अहिले आँपको सिजन छ । बजारभरि थरिथरिका आँप उपलब्ध छन् । यद्यपि, हामीले खाने ती आँपहरुलाई प्राकृतिकरुपमै पाकेका हुन् कि जबर्जस्ती पकाइएको हो भन्ने कुरामा ध्यान दिनुपर्छ । आँपका पारखीहरु त्यसको रंग हेरेरै खान योग्य छ कि छैन भन्ने कुरा पत्ता लगाइदिन्छन् । आँपलाई जबर्जस्ती पकाउनका लागि क्याल्सियम कार्वाइड नामक विषादीको प्रयोग गरिन्छ । त्यसैले उक्त विषादीबाट बच्नका लागि हामीले काँचैं आँप किन्न सक्छौं । काँचो आँप किनेर घरमा ल्याएपछि त्यसलाई चामलको बोरा अथवा पत्रिकाले बेरेर अँध्यारो ठाउँमा राख्ने हो भने केही दिनपछि आफैं पाक्छ । स्याउः हरेक दिन एउटा स्याउ खानुलाई स्वस्थकर मानिन्छ, तर हामीले खाने स्याउ नै विषादीरहित हुनु अनिवार्य छ । स्याउलाई विषादीरहित बनाउने उपाय अति नै सरल छ । स्याउ खानुअघि त्यसको बोक्रालाई तासेर फालिदिने हो भने उक्त स्याउ विषादीरहित हुन्छ । आलुः आलुको बोक्रा तासेर राम्ररी धुनुपर्छ । त्यसरी धोएको आलुलाई काटेपछि कम्तीमा पानीमा २० मिनेट भिजाएर राख्नु पर्छ । त्यसपछि पुनः एकपटक राम्ररी पखालेर पकाउनुपर्छ । गोलभेंडाः काँचो गोलभेंडा खानु राम्रो मानिंदैन । खानै परेमा राम्ररी धोएरमात्र खानुपर्छ । विषादी मिसाइएको गोलभेंडा त काँचै खानै हुँदैन । त्यसैले सकेसम्म गोलभेंडालाई पकाएर मात्र खाने गर्नुपर्छ । पालुङ्गोः पालुंगोमा पनि पेस्टिसाइडको मात्रा बढी हुन्छ । त्यसैले पालुङ्गो पकाउनुभन्दा अघि पानीमा राम्ररी पखाल्नुपर्छ । पानीमा पखालेपछि पानी सुख्खा भएपछि त्यसलाई मसिनो टुक्रा पारेर पकाउनुपर्छ । गाजरः काँचो गाजर खानुभन्दा अघि सफा पानीले राम्ररी पखाल्नुपर्छ । गाजरलाई पखालेपछि तास्न पनि सकिन्छ । यदि गाजरलाई पकाउने हो भने केही समय नुनपानीमा डुबाउन पनि सकिन्छ । भन्टाः बजारमा पाइने चिल्लो खालको भन्टा स्वस्थकर हुँदैन । त्यसमा कार्बोफ्लुराइन नामक रसायन प्रयोग गरेर त्यसलाई चम्किलो बनाइएको हुन्छ । त्यस्तो भन्टा नकिन्नु नै उपयुक्त हुन्छ । यदि किनिसकेका छौं भने पानीमा राम्ररी पखालेर चर्को आँचमा पकाउनु पर्छ । बन्दाकोभीः बन्दाकोभीमा बर्खे किरा परेको हुनसक्छ । त्यसैले बन्दाकोभी पकाउँदा बाहिरी आवरणका पातहरुलाई झिकेर फाल्नु पर्छ । बाहिरी आवरणमा विषादीको प्रयोग भएको हुनसक्छ । बाहिरी पात फालेपछि बन्दाकोभीलाई पाँच(छ टुक्रा बनाएर नुनपानीमा केही समय डुबाउनु पर्छ । त्यसपछि पानीबाट बाहिर निकालेर मसिनो टुक्रा पारेर पकाउँदा उक्त बन्दा स्वस्थकर हुन्छ । एजेन्सीबाट

कस्तो समस्या देखिन सक्छन् गर्भावस्थामा ?

डा. बालकृष्ण साह । गर्भावस्था एउटा जटिल अनि विशेष अवस्था हो । यो अवस्थामा एकातिर आमा बन्ने खुसी जोडिएको हुन्छ भने अर्कातिर महिलाको ज्यान जाने खतरा पनि हुन्छ । हिजोआज विस्तारित स्वास्थ्य सेवा तथा बढ्दो जनचेतनाले नियमित स्वास्थ्य परीक्षण गर्ने चलन पनि बढ्दै छ । फलस्वरूप मातृ मृत्युदरमा कमी आएको छ । गर्भावस्थामा विभिन्न किसिमका समस्या आउन सक्छन् तथापि नआत्तिई समयमै उपचार गरे धेरैजसो अवस्थामा आमा र शिशु दुवैलाई बचाउन सकिन्छ । अमिता नेपालीको ५ वर्षअघि पहिलो शिशु घरमै भएको थियो । त्यसबेला कुनै परीक्षण नगराए पनि यसपटक उनी महिनावारी निर्धारित समयमा नभएको ३ हप्ता नबित्दै परीक्षणका लागि अस्पताल गइन् । चिकित्सकले प्रारम्भिक परीक्षणपछि उनलाई भिडियो एक्स–रे गर्ने सल्लाह दिए । आफूलाई केही अप्ठ्यारो नभएको अनि गर्भ बसेको भर्खर दुई महिना पुग्न लागेकाले उनले भिडियो एक्स–रे गर्न उपयुक्त मानिनन् तर दुईदिन नबित्दै उनलाई धेरै पेट दुखेर अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइयो । उनको गर्भ पाठेघरमा नरहेर अण्डबाहिनी नलीमा बसेको रहेछ । त्यो फुटेर समस्या देखिएको रहेछ । यो एउटा गम्भीर एवं खतरनाक अवस्था हो । यस्तो अवस्थामा तुरुन्त शल्यक्रिया हुन सकेन भने बिरामीको ज्यान जान सक्छ । पाठेघरबाहेक अन्य स्थानमा गर्भ रहनुलाई इक्टोपिक प्रिग्नेन्सी भनिन्छ । इक्टोपिक प्रिग्नेन्सी हुने कारण धेरै भएपनि सबै अवस्थामा यसको कारण पत्ता लगाउन सकिँदैन । समयमै भिडियो एक्स–रे गरेर इक्टोपिक प्रिग्नेन्सी रहेको थाहा पाउन सकिन्छ । इक्टोपिक प्रिग्नेन्सी भएको थाहा पाउने बित्तिकै कुनै विषमस्थिति आउनुअघि नै त्यसको अन्त्य गर्नुपर्छ । इक्टोपिक प्रिग्नेन्सीलाई समयमै परीक्षण गरियो भने शिशुको ज्यान बचाउन नसकिएपनि आमाको ज्यान बचाउन सकिन्छ । गर्भावस्थामा हुने अर्को प्रमुख समस्या उच्च रक्तचाप हो । अन्य रोगको कारणले पनि उच्च रक्तचाप भएको हुन सक्छ वा उच्च रक्तचाप पहिलोपटक गर्भावस्थामा देखिन सक्छ । २० साताकी गर्भवती महिला वा शिशु पाएको २४ घन्टाभित्र लगातार रक्तचाप १४०–९० हुनु वा कम्तीमा ४ घन्टाको परक पारेर दुईपटक रक्तचाप नाप्दा १४०–९० हुनु (पहिलो रक्तचाप सामान्य रहेको अवस्थामा) लाई गर्भावस्थाको रक्तचाप वा गेस्टेसलन हाइपर टेन्सन भनिन्छ । यस्तो अवस्थामा गर्भको शिशु तथा आमाको मृत्यु हुने संभावना कम हुन्छ, तर अर्को पटक गर्भवती हुँदा रक्तचाप बढी हुनुका साथै अन्य समस्या पनि देखापर्न सक्छन् । उच्च रक्तचापसँगै पिसाबमा प्रोटिन देखिनुले ठूलो समस्या ल्याउन सक्छ । यसबाट आमा बेहोश हुने, रक्तचाप बढ्ने, अचेत हुने, संक्रमित हुने तथा आमाको मृत्यु समेत हुन सक्ने हुन्छ। गर्भावस्थामा यस्तो समस्या आउनाले शिशु कम तौलको हुने, महिना नपुग्दै जन्मने तथा गर्भमै शिशुको मृत्युसमेत हुनसक्छ । गर्भवती महिलामा देखापर्ने यस किसिमको समस्यालाई प्रि– इक्नाप्पसिया भनिन्छ, यो पहिलो पटकको गर्भमा बढी देखिन्छ । शरीरका सम्पूर्ण रक्तनली, विशेष गरी पाठेघर, मिर्गौला र मस्तिष्कमा रक्तनलीहरू आवश्यकभन्दा बढी संकुचित भएका कारण उच्च रक्तचाप तथा प्रिइक्लाम्पसिया हुन्छ । प्रि–इक्लाप्पसियामा भएका गर्भवती महिला एकपटक मात्र पनि अचेत हुने वा बेहोस हुने अवस्थालाई इक्लाम्पसिया भनिन्छ । एक पटकमात्र पनि इक्लाम्पसिया भएका, गर्भवती महिला तथा गर्भमा रहेको शिशु दुवैका लागि खतरा बढेर जान्छ। गेस्टेसलन हाइपर टेन्सन, प्रि इक्नाप्पसिया तथा इक्लाम्पसिया जटिल किसिमका समस्या हुन्। यसका लागि नियमित रूपमा, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्छ । यस्तो समस्याका लागि सुविधा सम्पन्न अस्पतालमा भर्ना भएर उपचार गराउँदा पनि अप्रिय समाचार सुन्नुपर्ने हुन्छ । गर्भावस्थामा अन्य सामान्य समस्या पनि देखापर्न सक्छन् । यो अवस्थामा वाकवाक लाग्नु तथा बान्ता हुन खोज्नुलाई ठूलो समस्या मानिँदैन । त्यस्तो अवस्थामा चिल्लो तथा मसलेदार खानेकुरा सेवन नगरी सुख्खा खानेकुरा खानुपर्छ । यस्तो समस्या सामान्यतया पहिलो तीन महिनासम्म हुन्छ । गर्भको शिशुले सामान्यतया १२ हप्ता पार गरिसकेपछि वाकवाक लाग्न छोड्छ । यद्यपि कसै–कसैलाई यो समस्याले पनि निकै पिरोल्न सक्छ। यस्तो पीडालाई हाइपरइमेसिस् ग्राभिडम् भनिन्छ। यस्तो स्थिति प्रायः पहिलो पटकको गर्भमा बढी भएको पाइन्छ । गर्भमा एकभन्दा बढी शिशु रहे तथा अव्यवस्थित गर्भ रहेको अवस्थामा पनि यो समस्या बढी देखिन्छ। यो समस्या वंशाणुगत पनि हुनसक्छ । गर्भावस्थामा एचसीजी हार्मोनको मात्रा बढ्छ । यो हार्मोनको मात्रा सामान्यभन्दा बढी भए धेरै बान्ता हुन सक्छ। एचसीजी हार्मोन धेरै अवस्थामा पत्ता लगाउन सकिँदैन। गर्भमा धेरै पानी हुनु, दुई वा त्यसभन्दा बढी शिशु हुनु आदि त्यसका प्रमुख कारण हुन्। यसबाहेक भिटामिन बी वा प्रोटिनको कमी हुनु तथा मानसिक समस्याहरूले हाइपरइमेसिस् ग्राभिडम् गराउन सक्छन्। गर्भावस्थामा पनि अन्य अवस्थामा जस्तै पिसाबको संक्रमण, पेटको अल्सर, एपेन्डिसाइटिस, पित्त थैलीको संक्रमण, कलेजोको संक्रमण आदिले बान्ता गराउन सक्छ । गर्भावस्थामा सामान्यभन्दा बढी वान्ता भए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । यस्तो बेला बान्ताको कारण पत्ता लगाउन विभिन्न परीक्षण (रगत, पिसाब, भिडियो एक्स–रे) गर्नुपर्ने हुन सक्छ। कसैकसैमा धेरै बान्ता भएर धेरै पानी तथा लवण खेर गएको हुनसक्छ । त्यस्तो अवस्थामा बिरामीलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने हुन सक्छ। पहिलो तीन महिनामा भएको सानो समस्याले पनि गर्भ तुहिने सम्भावना रहन्छ। यो अवस्थामा लामो दूरीको यात्रा गर्नु, मानसिक तनाव लिनु, धूम्रपान तथा मद्यपान गर्नु हानिकारक साबित हुनसक्छ । सामान्यतया गर्भावस्थाको दोस्रो तीन महिना समस्या बिहीन हुन्छ । यो अवस्थामा खानामा रुचि बढ्ने, तौल बढ्ने तथा पेट देखिन थाल्ने हुन्छ । यही अवस्थामा रगतको मात्रा बढाउन आइरन तथा क्याल्सियमको कमी हुन नदिन गर्भवती महिलालाई क्याल्सियम चक्कीका साथै टीटी भ्याक्सिन दिइन्छ । करिब ५० देखि ७० प्रतिशत महिलालाई गर्भको ४ महिनादेखि कम्मरको पीडा सुरु हुने गरेको अध्ययनले देखाएको छ । कम्मरको पीडाका अन्य कारणमा गर्भवती महिलाको तौल बढ्नु पनि एक हो । यो बढेको तौललाई पनि कम्मरले थाम्नुपर्ने हुन्छ । यो अवस्थामा पाठेघर तन्किएर बढेको हुन्छ, जसले तल्ला नशाहरूलाई च्यापेको वा प्रेसर दिएको हुन्छ । यी कारणहरूले गर्दा नै कम्मरको पीड हुन्छ भन्ने विज्ञहरूको धारणा छ । गर्भावस्थामा भएको कम्मरको पीडाका लागि आत्तिनुपर्दैन। यस्तो अवस्थामा पीडा कम गर्ने औषधि सेवन गर्नेभन्दा पनि सामान्य व्यायाम गर्ने, तातोले सेक्ने तथा पीडा कम गर्ने मल्हमहरू (डीएफओ जेल, निन्जा जेल) प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै यो अवस्थामा कसैकसैलाई एसिडिटीले सताउन सक्छ । मुखमा अमिलो पानी आउने, उल्टी (बान्ता) हुन खोज्ने, पेट पोल्ने वा दुख्ने एसिडिटीका लक्षण हुन् । नियमितरूपमा सन्तुलित भोजन गर्ने, चिल्लो, पिरो, अमिलो कम खाने तथा धेरैबेर भोकै नबस्ने कार्यले मात्र पनि यो समस्या कम गर्न सकिन्छ । गर्भको अन्तिम अवस्थामा आएर पनि विभिन्न किसिमका स्वास्थ्य समस्या देखापर्न सक्छन् र यस्ता समस्याले मानसिक तनावमात्र उत्पन्न गर्दैनन्, आमा एवं गर्भस्थ शिशु दुवैका लागि खतरा साबित हुन सक्छन्। त्यसैले आफूमा कुनै किसिमका समस्या भए चिकित्सकको सल्लाह लिइहाल्नुपर्छ । अस्पतालको छनोट कसरी गर्ने ? साधारणतया हामीले अस्पताल छनोट गर्दा आफूलाई पायक पर्ने ठाउँ हेर्छौं । त्यसो त आपतकालीन अवस्थामा जुन अस्पताल नजिक छ त्यहीँ जान्छौं । अस्पताल छनोट गर्दा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ किनभने अहिले अस्पतालबाटै पनि संक्रमण फैलन सक्छ । त्यसैले अस्पतालमा के-कस्ता सुविधा छन् हेर्नुपर्छ । अस्पताल छनोट गर्दा निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छः ० सबैभन्दा पहिले नजिकमा भएका अस्पतालको सूची बनाउनुपर्छ। ० नजिकको अस्पतालले मात्र हुँदैन । आफ्नो स्वास्थ्यसँग सम्बन्धित सबै उपचार उक्त अस्पतालमा हुन्छ कि हुँदैन त्यो पनि हेर्नु आवश्यक छ। ० अस्पताल छनोट गर्दा आफूलाई मन पर्ने तथा चिनजानको चिकित्सक छान्नुपर्छ। ० अस्पतालमा बिरामीप्रति गरिने व्यवहार कस्तो छ विचार पुर्‍याउनु आवश्यक हुन्छ। ० अस्पतालको सरसफाइ तथा बिरामीलाई दिइने सुविधाका विषयमा ध्यान दिनुपर्छ। ० अस्पतालको संक्रमण रोक्न के-कस्ता उपाय अपनाइन्छ विचार पुर्‍याउनुपर्छ। महमा ऊर्जा एक चम्चा महले मानिसको शरीरमा ऊर्जा प्रदान गर्छ। यसमा पाइने ग्लुकोज तथा फुट क्रोजका कारण कलेजोलाई ग्लाइकोजेन नामक रसायन प्राप्त हुन्छ। यो रसायन शरीरका लागि अत्यन्त लाभदायक मानिन्छ। नियमित महको सेवनले ऊर्जा प्रदान गरेर कुनै पनि काम गर्ने जाँगर बढाउँछ। महमा कुनै बाहिरी तत्व मिसिएको हुनुहुँदैन । राति राम्रो शुद्ध मह खाए मस्तिष्कले राम्रोसँग काम गर्छ। कलेजोमा जम्मा भएको फुटक्रोजले मस्तिष्कलाई काम गर्ने शक्ति दिन्छ । महले रोग प्रतिरोधक क्षमता पनि बढाउँछ । महको सेवनले शरीरलाई विभिन्न प्रकारका विकारबाट टाढा राख्न सहयोग पुर्‍याउँछ। महमा आन्तरिक एवं बाह्य रूपमा ब्याक्टेरियासँग लड्ने तत्व हुन्छ । जाडो मौसममा धेरै मानिस रुघाखोकीको सिकार हुने भएकाले नियमित मह सेवन गरे उक्त संक्रमणबाट बच्न सकिन्छ । अनुसन्धानबाट पनि महमा विषाणु नष्ट गर्ने क्षमता भएको कुरा प्रमाणित भैसकेको छ । निद्रामा पनि क्रियाशील मानिसहरू आफ्नो सुन्दरता बढाउन विभिन्न उपाय अपनाउँछन् । दिनभरिको व्यस्ततामा सुन्दरता बढाउने क्रियाकलाप सम्भव नहुन सक्छ । त्यसैले सुत्ने बेला केही उपाय अपनाएर बिहान उठ्दा पहिलेभन्दा फुर्तिलो र तेजिलो महसुस गर्न सकिन्छ । मानिसहरू आफ्नो छाला नरम राख्न सुत्ने बेला विशेष किसिमका प्रसाधन प्रयोग गर्छन् । कोही आफ्नो हातमा भ्यासलिन लगाएर पन्जा लगाउँछन् त कोही अनुहारमा फेसप्याक वा दाग–धब्बामा टुथपेस्ट लगाएर सुत्छन् । छाला विशेषज्ञ इव लोभका अनुसार निदाएका बेला शारीरिक प्रक्रियामा परिवर्तन भइरहन्छ र केही हार्मोनको स्राव बढी हुन्छ । निदाएका बेला तन्तुको मर्मत र पुनर्जीवनका अतिरिक्त छालाका कोशिकाहरू, रक्त वा मस्तिष्क कोशिकाहरू टुट्ने–फुट्ने तथा मर्मत र पुनर्जीवन हुने कार्य भइरहन्छ। निद्राले हाम्रो रोग प्रतिरोधक क्षमता बढाउँछ । एक अमेरिकी पोषण विशेषज्ञका अनुसार शारीरिक अङ्गको पुनर्जीवन र मर्मतको कार्य तबसम्म सुरु हुँदैन जबसम्म कमसेकम ६ घन्टाको निद्रा पूरा हुँदैन । जब हामी निदाएका हुन्छौँ तब हाम्रो अनुहार स्थिर हुन्छ । यसले दिनभरिको श्रम र थकानबाट राहत दिलाउँछ । छाला विशेषज्ञ करेन बुर्कका अनुसार निदाएका बेला अनुहारले अनावश्यक तनावबाट मुक्ति पाउँछ । करेन बुर्कको सुझावअनुसार पीठको बलमा सुत्दा वा घुँडाको तलतिर सिरानी राखेर सुत्दा आराम महसुस गर्न सकिन्छ । छाला विशेषज्ञ निकोल लोवेका अनुसार सुत्दा मोस्चराइजरको प्रयोग आवश्यक छ। तातो कोठामा सुत्दा छाला रुखो अर्थात् फुस्रो हुनसक्छ । त्यसैले ओछ्यानमा जानुभन्दा पहिले क्रिम लगाउनुपर्छ। रातिको खाना ढिलो खाने बानी परिवर्तन गर्नुपर्छ । सुत्दा शारीरिक मेटाबोलिज्मको गति सुस्त हुन्छ किनभने त्यतिबेला हाम्रो शरीरको शक्ति क्यालोरीमा खर्च भएको हुँदैन । सुत्नुभन्दा अघि व्यायाम गर्नु राम्रो हुन्छ, यसले एड्रोनाइल बढाउँछ र शरीर जाग्छ । सुत्नुअघिको सहवास पनि प्रकृति प्रदत्त व्यायाम हो । यसका अतिरिक्त योगासन एवं ध्यान पनि सहायकसिद्ध हुन्छन् । दीपकलाल श्रेष्ठ गर्मीका लागि स्वास्थ्य टिप्स बिहानै पौष्टिक तत्व समावेश भएको नास्ता खानुपर्छ। बिहान–बेलुका हल्का खाना खानु राम्रो हुन्छ। खाना खानुअघि तथा खाना खानासाथ तुरुन्त पानी पिउनु हुँदैन। पर्याप्त मात्रामा कागती पानी सेवन गर्नु उपयुक्त हुन्छ। भोक लागेको बेला मात्र खाना खानुपर्छ कम चिल्लो भएका खानेकुरा खानुपर्छ। पानी पर्याप्त मात्रामा पिउनुपर्छ। तरबुजाको जुस पिउनुपर्छ। बिहान उठ्नासाथ तामाको भाँडामा राखिएको मनतातो पानी पिउनुपर्छ। राति सुत्ने बेलामा एक गिलास मनतातो पानीमा कागती हालेर पिउँदा फाइदा पुग्छ। भात एवं रोटी कम तथा तरकारी र फलफूल बढी खानुपर्छ। खाना खानासाथ तुरुन्त सुत्नु हुँदैन। खाना खाएपछि ४०-५० कदम हिँडडुल गरेर मात्र सुत्न जानुपर्छ। दैनिक खुला हावामा हिँड्ने तथा हल्का व्यायाम गर्ने बानी बसाल्नुपर्छ। वजन कम गर्ने सरल उपाय डाइटिसियनबाट डाइट चार्ट बनाउनुपर्छ। निर्धारित समयमा खाना खानुपर्छ। खाना खाएको तीन घन्टासम्म केही खानु हुँदैन। दिनहुँ बिहान व्यायाम गर्नुपर्छ। बाहिरको खाना कम खानुपर्छ। प्रत्येक हप्ता आफ्नो वजन जाँच गर्नुपर्छ। सलाद तथा जुस प्रशस्त सेवन गर्नुपर्छ। मस्तिष्कलाई कसरी सक्रिय बनाउने ? मांसपेशी जस्तै मस्तिष्कलाई पनि कसरतको आवश्यकता पर्छ। निम्न लिखित उपायले मस्तिष्कलाई वृद्धावस्थासम्म पनि सक्रिय राख्छ । बालबालिकाका साथमा चलचित्र हेर्नुपर्छ । बाधा–अड्चनको समाधान गर्नुपर्छ । अफिस जाने नयाँ बाटो रोज्नुपर्छ । श्रीमान्–श्रीमती प्रेमपूर्वक बस्नुपर्छ । यसले मानिसको न्युरोन्स विकसित गर्न मद्दत गर्छ। भरसक दिनहुँ नयाँ(नयाँ प्रयोग गर्नुपर्छ । जीवनमा तनावलाई स्थान दिनु हुँदैन। रक्त अल्पताका लागि भोजन पालुंगो एवं गाजरको रसमा मह मिसाएर पिउनु लाभदायक हुन्छ। अनार, अंगुर, सुन्तला, मौसम, केरा, स्याउ, गोलभेंडा, चुकन्दर, बन्दा आदि नियमित रूपमा सेवन गर्नुपर्छ। हरिया सागपात, पालुंगो, बाँबरी नियमित भोजनमा समावेश गर्नुपर्छ। अन्जिर एवं दाख खानु पनि फाइदाजनक हुन्छ। मेथी, बेसार, निमका पात पनि रक्त अल्पताका रोगीका लागि वेश हुन्छ। गहुँको जमराको रस दिनहुँ पिउँदा पनि राम्रो हुन्छ। चोकर सहितको गहुँको परिकार, ब्राउन राइस, हरिया सागपात, बन्दा आदिमा प्राकृतिक रूपमै आइरन तत्व पाइन्छ। माछा, मासु, कलेजो, अण्डा आदिले हेमोग्लोबिन बन्न सघाउ पुर्‍याउँछ । शाकाहारीले दूध, दूधबाट बनेका परिकार, भटमास, बदाम आदि खानुपर्छ । सय ग्राम ब्राउन राइसमा ३० ग्राम कालो भटमास तथा ३० ग्राम छोकडा मिसाई पकाउने र सख्खर मिसाएर खाए फाइदा हुन्छ। पालुंगोको सागमा कलेजो मिसाएर पकाउने र सुपका रूपमा खाए लाभदायक हुन्छ। अण्डा, कुरिलो, राजमा, ओखर पनि रक्त अल्पताका लागि उपयोगी मानिन्छ। राति किन बाउँडिन्छ गोडा राति कसै–कसैको गोडा बाउँडिन्छ। यसका धेरै कारणमध्ये काम गर्ने बेलामा मांसपेशी तन्किनु, धेरै समयसम्म एउटै ठाउँमा उभिनु, एन्टी साइकोटिक्स, डियोरेक्टिस औषधिको सेवन तथा शरीरमा पोटासियम, क्याल्सियम तथा पानीको कमी आदि हुन सक्छ । यस्तो समस्याबाट छुटकारा पाउन पोटासियमयुक्त खाद्यपदार्थ मेथी, पालुंगो तथा बन्दागोभी आदि खानुपर्छ । पर्याप्त पानी पिउनुपर्छ । अल्कोहल तथा कफिन सेवन गर्नुहुँदैन। गोडाको कसरत गर्नुपर्छ र गोडा बाउँडिएका बेला ओछ्यानबाट उठेर हिँड्नुपर्छ । डाइनेटिक्स स्वास्थ्यको आधुनिक विज्ञान डा.आदर्श प्रधान वर्तमान युग तीव्रगतिमा दौडिरहेको छ । समयसँगै हामी पनि एक–अर्काबीच प्रतिस्पर्धा गर्दै बाँचिरहेका छौं । यस्तो भागदौड तथा तनावयुक्त वातावरणमा हाम्रो स्वास्थ्य चाहेर पनि सोचेजस्तो राम्रो हुन सक्दैन । अहिलेको जीवनशैलीमा हामीभित्र नचाहिँदा संवेग, उत्तेजना, सनक, भयजस्ता मानसिक भावना जम्मा भैरहेका हुन्छन् । यस्ता नकारात्मक मानसिक भावनाले गर्दा हामीमध्ये धेरैमा आत्मविश्वासको कमी, निराशा, हीनताबोध, भय बढ्दै गएको पाइन्छ । मेडिकल साइन्सले पनि यदि यस्तो अवस्था बढ्दै गयो भने असाध्य रूपमा मानसिक रोगी हुनसक्ने कुरा स्वीकार गरेको छ । डाइनेटिक्स एउटा यस्तो आधुनिक विज्ञान हो जसको प्रयोगले हाम्रो मस्तिष्कभित्र दबिरहेको अनावश्यक संवेग, उत्तेजना, सनक, भय, दुःख आदि मानसिक भावनालाई उत्खनन गरेर नकारात्मक मानसिक अवस्थालाई सही अवस्थामा ल्याउन मद्दत गर्छ । डाइनेटिक्सको सिद्धान्तअनुसार मानसिक तनावले गर्दा नै मानिसलाई रोग लाग्छ । मानिसको जीवनमा तनाव त आइरहन्छ, तर तनावलाई कसरी लिने र दबिरहेको तनावलाई मस्तिष्कबाट कसरी मुक्त गर्ने भन्ने कुरा डाइनेटिक्सले सिकाउँछ । एलरोन हर्बडले प्रतिपादन गरेको यो आध्यात्मिक ज्ञानले हाम्रो आत्मा, मस्तिष्क र शरीरलाई सन्तुलनमा राख्न सिकाउँछ । डाइनेटिक्समा अडिटिङको माध्यमबाट रोगीको उपचार गरिन्छ । यो उपचारबाट जस्तोसुकै मानसिक, शारीरिक, भावनात्मक रोगीको सफल उपचार गर्न सकिन्छ । डाइनेटिक्सको सिद्धान्तअनुरूप प्रत्येक मानिसमा दुईवटा मस्तिष्क हुन्छन् । ती दुईवटा मस्तिष्कमध्ये प्रतिक्रियात्मक मस्तिष्कमा रहने मानसिक छाया चित्रहरूको संकलनलाई इनग्राम भनिन्छ । हामीमा भएको शारीरिक पीडा, दुर्घटना, भय, बेहोस हुँदा हुने अनुभूतिको छाप उक्त मस्तिष्कमा हुन्छ । हाम्रो मस्तिष्कमा भएका यी इनग्रामले गर्दा हामीमा अनावश्यक भय, निराशा, मानसिक समस्या, शारीरिक पीडा आदि उत्पन्न हुन्छन् । डाइनेटिक्स एउटा माध्यमिक परामर्श विधि हो, जसमा अडिटरद्वारा रोगी वा निरोगीलाई अनावश्यक इनग्राम हटाउन अडिटिङ गरिन्छ । डाइनेटिक्सको भाषामा अडिटिङ गराउन आउने व्यक्तिलाई प्रि–क्लियर (स्पष्ट हुन बाँकी) भनिन्छ । जसको मस्तिष्कभित्र नकारात्मक आवेग, संवेदना, भावना हुन्छ त्यस्तो व्यक्तिलाई प्रि(क्लियर भनिन्छ । प्रि–क्लियरलाई अडिटिङ गरिसकेपछि मानिसभित्र रहेको नकारात्मक आवेग, संवेदना हट्नुका साथै उसभित्र रहेको समस्यालाई ऊ आफैंले बोध गर्छ । आफूभित्र रहेको समस्यालाई बुझेर हटाएपछि प्रि–क्लियरलाई स्पष्ट भएको मानिन्छ । अतः डाइनेटिक्स लक्ष्य भनेको मानिसलाई प्रि–क्लियरबाट क्लियर बनाउनु हो । डाइनेटिक्स सिद्धान्तका प्रवर्तक एलरोन हर्बडले तनाव नाप्ने मेसिनको पनि आविष्कार गरेका छन्, जुन मेसिनबाट मानिसभित्र रहेको तनावलाई सजिलै नाप्न सकिन्छ । नापेर आएका अंकका आधारमा मानिसमित्र रहेको मानसिक अवस्था पत्ता लगाइन्छ । एलरोन हर्बडका पुस्तकहरूः एलरोन हर्बडले सयौं महत्त्वपूर्ण पुस्तक लेखेका छन् । ती पुस्तकहरूको अध्ययन एवं प्रयोगपछि हामीले दिमागी अवरोधहरूबाट पार पाउन सक्नुका साथै तिनीहरूको नियन्त्रणमाथि क्रमिक सफलता पाएर भविष्यका खुसीहरू कसरी पाउन सकिन्छ भन्ने जानकारी प्राप्त गर्न सक्छौं । एलरोन हर्बडको विश्वभर सर्वाधिक बिक्री भएको पुस्तक डाइनेटिक्सः मानसिक स्वास्थ्यको आधुनिक विज्ञान हो जुन पुस्तकमा डाइनेटिक्स सिद्धान्तको प्रयोग, अडिटिङ प्रक्रिया, डाइनेटिक्सको प्रयोगले जीवनमा कसरी काम गर्छ भन्ने कुरा समावेश छ । नेपालमा डाइनेटिक्सः नेपालमा लोकेन्द्रबहादुर चन्द प्रधानन्त्री भएको बेलामा अमेरिकाबाट डाइनेटिक्स विज्ञहरू ल्याएर सबै मन्त्रीलाई होटल र्‍याडिसनमा प्रशिक्षण दिइएको थियो । नेपालमा ५ वर्षअघि पुस्तक बिक्रीबाट सुरु भएको डाइनेटिक्स संस्थाको कार्य हाल डाइनेटिक्स वर्कसप, अडिटिङ, जीवन विधायक शिक्षण कोर्सको संचालनसम्म पुगेको छ । काठमाडौंको न्यूप्लाजास्थित यो संस्थाका संस्थापक अध्यक्ष एमएलगुरुङ तथा कार्यकारी निर्देशक नगेन्द्र पौड्याल हुन् । हाल यो संस्थामा तनाव नाप्ने मेसिनका साथै ओशिय परीक्षण पनि गरिन्छ । ओशिय परीक्षणबाट हाम्रो मानसिक एवं भावनात्मक अवस्थाका बारेमा सजिलै थाहा पाउन सकिन्छ । डाइनेटिक्सका जीवन विधायक शिक्षण कोर्स अरू शिक्षण कोर्सजस्तो होइन । यसका कोर्सहरू प्रयोगात्मक हुन्छन्, जुन हामीले आफ्नो जीवनमा प्रयोग गर्नुपर्छ । यो जीवन विधायक शिक्षण कोर्सको अध्ययनपछि अध्ययन गर्ने व्यक्तिको जीवनमा परिवर्तन आउँछ भन्ने संस्थाको दाबी छ । एजेन्सी

यस्ता छन् ध्यान गर्दाका फाइदा

काठमाडौं । ओशोका अनुयायीले किन ध्यान गर्छन्, यसमा धेरैको जिज्ञासा होला । वास्तवमा ध्यान विचारसिद्धिको अवस्था हो । ध्यान कुनै वस्तुप्रतिको एकाग्रता भने होइन । यो आफैँमा विश्राम पाउने एउटा प्रक्रिया हो । ओशो दर्शनअनुसार यस (ध्यान) लाई सक्रिय ध्यान पनि भनिन्छ । यसभित्र योग, प्राणायाम (श्वासप्रश्वासको अभ्यास) आदि पर्छन् । अब जानौँ ध्यान गर्दाका फाइदाः मनमा शान्तिध्यान गरेरै मनमा हुने अनेक अशान्तिबाट टाढा रहन सकिन्छ । ध्यान गर्दा मन एकाग्र हुने भएकाले बाहिरी कामबाट हुने भय, डर र चिन्तालाई हटाउन सकिन्छ । त्यस्तै, आफूमा धैर्यताको विकास गर्न ध्यान गर्न आवश्यक छ । तनाव व्यवस्थापनभौतिक जीवनबाट हुने हरेक किसिमको तनावलाई ध्यानको माध्यमले सजिलै व्यवस्थापन गर्न सकिन्छ । यसका कारण हुने स्वास्थ्य समस्याबाट समेत बच्न सकिन्छ । ध्यान गर्दा आफ्नो मस्तिष्कलाई आफैँले एकाग्र गरिने हुनाले व्याकुलता, ईष्र्या तथा निराशा हटेर जान्छ । सकारात्मक सोचध्यान गर्दा मानिसमा नकारात्मकता हटेर जान्छ, सकारात्मक सोच पलाउँछ । सकारात्मक सोचले मानिसको व्यक्तित्वमा नै परिवर्तन ल्याउँछ । मनबाट नकारात्मक सोच हट्नेबित्तिकै मानिसमा सिर्जनशीलता स्वतः बढ्छ । जसले गर्दा मानिसको व्यवहारमा नम्रता आउने भएकाले उसले समाजमा राम्रो सम्बन्ध कायम राख्न सक्छ । शारीरिक तन्दुरुस्तीशरीरमा राम्ररी रक्तसञ्चार गराउन ध्यानले भूमिका खेल्छ । जसबाट प्रत्येक कोषिकामा ऊर्जा उत्पन्न हुने गर्छ । नियमित गरिने ध्यानबाट रक्तचाप र रगतमा ग्लुकोजको मात्रा नियन्त्रण हुन्छ । त्यस्तै, रोगप्रतिरोधी क्षमताको विकासका साथै घाउ, अनिद्रा, जोर्र्नी र टाउको दुखाइबाट राहत पाउन सकिन्छ । भावनालाई बढाउने सेरोटोनिन हार्मोनको विकास पनि ध्यानबाट प्राप्त हुन्छ । जसबाट व्यक्तिको भावदशा र व्यवहारमा सुधार आउँछ । यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

रिलेनसनशिपमा हुँदा यी ५ गल्ती कहिल्यै गर्नुहुँदैन

दिनानुदिन मानिसहरुमा सामाजिक सञ्जालको प्रभाव बढ्दै गइरहेको छ । सामाजिक सञ्जालको क्रेज यस्तो छ कि मानिसहरु आफ्नो धेरैजस्तो समय विभिन्न किसिमका पोस्ट शेयर गर्नमा नै व्यस्त रहन्छन् । मानिसहरु सामाजिक सञ्जालको प्रयोग व्यवसायिक प्रयोजनको लागि मात्र होइन आफ्नो व्यक्तिगत विषयहरु पनि सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । आफ्ना व्यक्तिगत जीवनसँग सम्बन्धित र सम्बन्धसँग जोडिएका विविध कुराहरु सामाजिक सञ्जालमा शेयर गर्नु कत्तिको उचित हुन्छ त ? व्यक्तिगत जीवनसँग सम्बन्धित कुराहरु सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्दा यसले मानिसको जीवनमा पार्ने प्रभाव निकै नराम्रो हुन सक्छ । के सही वा के गलत हो त्यसलाई पहिचान गरेर मात्रै सामाजिक सञ्जालमा शेयर गर्न आवश्यक छ । सम्बन्ध र व्यक्तिगत जीवनसँग मेल खाने के–के कुरा सामाजिक सञ्जालमा शेयर गर्नुहुँदैन ? झै–झगडाः सामान्य वादविवाद वा झगडा हरेक सम्बन्धमा हुन्छ र यसलाई सामान्य नै मानिन्छ । तर त्यही झगडाको विषयमा सामाजिक सञ्जालमा लेख्नु वा देखाउनु एकदमै गलत कुरा हो । यसले आपसी झगडा झन् बढाउँछ । यसका साथै त्यसले तपाईंको पार्टनरको आत्मसम्मानमा चोट पुग्न सक्छ भने, अन्य मानिसको अगाडि उसको छवि नराम्रो हुन सक्छ । त्यसैले यस्ता कुरा सामाजिक सञ्जालमा पोस्ट गर्नुभन्दा कुनै मिल्ने मान्छेसँग मनको कुरा शेयर गर्नुपर्छ । महंगो उपहारः तपाईंको पार्टनरले तपाईंलाई दिएको उपहारको बारेमा सामाजिक सञ्जालमा देखाउनु गलत हो । उपहारहरु सामाजिक सञ्जालमा शेयर गर्दा पार्टनरको साथ साथै अरुको नजरमा नराम्रो भावना पैदा हुनसक्छ । व्यक्तिगत फोटोः आफ्नो पार्टनरसँग लिएका व्यक्तिगत तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदैन । यसले विभिन्न समस्या पैदा गर्न सक्छन् । घुम्न जाने ठाउँको जानकारीः यदि तपाईं छुट्टीमा कतै घुम्न जाँदै हुनुहुन्छ भने त्यो कुरा सामाजिक सञ्जालमा नदेखाउनुहोस् । ब्रेकअपः यदि तपाईं र तपाईंको पार्टनरबीच ब्रेकअप भएको छ र त्यसलाई सामाजिक सञ्जालमा पोस्ट् नगर्नुहोस् । त्यसले तपाईंलाई मानिसले हेर्ने दृष्टिकोण नराम्रो हुनसक्छ । र पछि पुन सम्बन्धमा सुधार आउने सम्भावना पनि कम हुँदै जान्छ । एजेन्सी

निद्रासम्बन्धी १० भ्रम जसलाई हामीले आजैबाट त्याग्नुपर्ने

एजेन्सी । हामीमध्ये धेरैको निद्राबारे केही धारणा बनाएका हुन्छौं । तीमध्ये केही अनुसन्धानमा आधारित हुन्छन् भने हामीमध्ये कतिले त्यस्ता भ्रम पालेका हुन्छौं जसले स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको हुने एनवाईयू लाङ्गोन हेल्थ स्कूल एण्ड मेडिसिनका अनुसन्धानकर्ताले बताएका छन् । एनवाईयू लाङ्गोन हेल्थ स्कूलकी पोष्टडक्टरल रिसर्च फेलो रेबेका रबिन्सले हाम्रो सुताई र उठाईबीच निकै गहिरो सम्बन्ध हुने बताएकी छिन् । रबिन्स र उनका सहकर्मीले निद्राको सही तालिकाको अध्ययनका लागि आठ हजार वेबसाइटको अध्ययन गरे । त्यहाँ उल्लेखित धारणालाई ‘स्लिप मेडिसिन एक्सपर्ट’सँग सल्लाह गरे । तीमध्ये कुन भ्रम हो वा कुन यथार्थ हो भन्ने निश्चित गर्दै यसलाई झुटो र स्वास्थ्यको हिसाबले कति महत्वपूर्ण छ भनेर सूचीबद्ध गरियो । यसैका आधारमा निद्राबारे हामीले पाल्ने यस्ता १० भ्रमबारे यहाँ जानकारी दिइएको छ । यस्ता भ्रमलाई आजबाटै हामीले त्याग्नुपर्ने विशेषज्ञ बताउँछन् ।   भ्रम नं १ः वयस्कलाई पाँच घण्टा वा सोभन्दा कम सुते पुग्छः ‘यदि तपाईं दिनमा निकै फुर्तिलो हुन चाहनुहुन्छ, बिरामी हुन चाहनुहुन्नँ, मानसिक रुपमा बलियो हुन चाहनुहुन्छ, आफूले चाहेको जस्तो जीवनशैली अपनाउन चाहनुहुन्छ भने तपाईं कति घण्टा सुत्नुपर्छ रु’ डिपार्टमेन्ट अफ पपुलेशन हेल्थका वरिष्ठ अनुसन्धानकर्ता गिरार्डिन जिन–लुइसले प्रश्न सोधे । ‘धेरैले पाँच घण्टा वा सोभन्दा कम सुते पर्याप्त हुने बताउन सक्छन्,’ उनले भने । ‘हामीले पत्ता लगाएको सबैभन्दा ठूलो समस्याग्रस्त धारणा यही नै हो ।’ उमेर अनुसार हामी दैनिक सातदेखि १० घण्टा सुत्नैपर्छ । तर अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार एक तिहाई अमेरिकी सात घण्टाभन्दा कम सुत्छन् । वर्ल्ड स्लिप डे स्ट्याटिस्टिक्सका अनुसार पर्याप्त निद्रा नपुग्दा ४५ प्रतिशतको स्वास्थ्यमा नकारात्मक असर पुगिरहेको छ । ‘लगातार पाँच घण्टा वा सोभन्दा कम सुत्नेहरुको स्वास्थ्यमा विकराल समस्या निम्तिने प्रमाण नै हामीसँग छ जसमा हृदयसम्बन्धि रोग र छिटो मृत्यु हुने पर्दछन्,’ रबिन्स भन्छिन् । बेलायतका १० हजार तीन सय ८ जना निजामती कर्मचारीमाथि एउटा अनुसन्धान गरिएको थियो । यसमा सात घण्टा सुत्ने कर्मचारी केही रातका लागि पाँच घण्टा मात्र सुत्दा उनीहरुको मृत्युदर दोब्बरले बढेको पाइयो, विशेषगरी मुटुसम्बन्धि रोगका कारण । विज्ञानले पनि थोरै सुत्दा रक्तचाप उच्च हुने, रोग प्रतिरोधी क्षमता कम हुने, तौल बढ्ने, यौनेच्छामा कमी, मुड परिवर्तन भइरहने, डिप्रेशन, मधुमेहको उच्च जोखिम, स्ट्रोक, दिमागी रोग र केही प्रकारको क्यान्सर हुने बताएको पुष्टि गरिसकेको छ । भ्रम नं २ः निदाउने त हो, जहाँ र जहिले सुते पनि भइहाल्यो नि ! पर्याप्त विश्राम लिएका व्यक्ति कार, ट्रेन, विमान चल्न सुरु भएलगत्तै निदाउने गरेको धेरैले धारणा बनाएका हुन्छन् । वास्तवमा यो ठिक विपरित हो । ‘जहाँ पनि जतापनि निदाइहाल्नु भनेको तपाईंले पर्याप्त निन्द्रा नपाएको संकेत हो,’ रबिन्सले भनिन् । ‘यसको अर्थ यो हो कि तपाईंको शरीर यति थकित छ कि तपाईंले मौका पाएलगत्तै निन्द्राको बोझ हल्का पार्न खोज्नुहुन्छ ।’ निन्द्रा नपुग्दा तपाईंको दिमागमा एडेनोसाइन नामको रसायन श्राव हुन्छ जसका कारण तपाईंलाई दिनभरी झुप्प–झुप्प भइरहन्छ । मिठो निन्द्रा लाग्दा यो रसायनको श्राव निकै कम हुन्छ र जब तपाईं उठ्नुहुन्छ तपाईं फ्रेश भएको महसुस गर्नुहुन्छ । भ्रम नं ३ः तपाईंको दिमाग र शरीरले कम निन्द्रा बिस्तारै पचाउन सक्छ दिनदिनै कम सुत्ने व्यक्तिहरुको दिमाग र शरीर क्रमशः यसमा अभ्यस्त हुँदै जाने धेरैले सोचिरहेका हुन्छन् । तर विशेषज्ञका अनुसार यो पनि एउटा भ्रम नै हो । किनभने हाम्रो शरीरले पूर्ण रुपमा आफूलाई पुनर्स्थापित गर्न निन्द्राको चारवटा भिन्न चरण पार गर्नुपर्छ । पहिलो चरणमा, तपाईं कम सुत्न थाल्नुहुन्छ र तपाईं आफ्नो वातावरणसँग कम घुलमिल हुनुहुनेछ । दोस्रो चरणमा तपाईं आफ्नो धेरैजसो समय सुतेर नै बिताउनु हुनेछ । तेस्रो र चौथो चरणमा सबैभन्दा गहिरो, सबैभन्दा राम्रो निन्द्रा र –यापिड आइ मुभमेन्ट (REM) स्लिप पर्छ ।  ‘REM मा तपाईंको दिमाग सबैभन्दा बढी प्रतिक्रियाशील हुन्छ,’ रबिन्सले भनिन् । ‘यदि तपाईंको दिमागी तरङ्गलाई हेर्ने हो भने तपाईंको दिमाग ब्यूँझिरहेको देख्नुहुनेछ ।’ REM तपाईं निदाएको जुनसुकै बेला पनि सुरु हुनसक्छ तर साधारणतया यो तपाईं निदाएको ९० मिनेटपछि सुरु हुन्छ । REM  त्यतिबेला हुन्छ जब तपाईंको शरीर र दिमाग तपाईंका यादहरु कैद गर्न व्यस्त हुन्छन् । तपाईं सपना देखिरहेका बेला पनि च्भ्ः हुन्छ । तपाईं च्भ्ः निन्द्रामा हुँदा हात र खुट्टाका माशंपेशी अस्थायी रुपमा पक्षघात हुन्छन् त्यसकारण तपाईं सपनामा बहकिएर आफूलाई असर पुर्याउन सक्नुहुन्नँ । मिठो निन्द्राका लागि तपाईंको  REM साइकल दोहोरिरहन्छ । यसले तपाईंको सुत्ने समयको २५ प्रतिशत ओगटेको हुन्छ । निन्द्राको अर्को महत्वपूर्ण पाटो भनेको गहिरो निन्द्रा हो । यतिबेला तपाईंको दिमागको तरङ्ग डेल्टा वा स्लो वेभ स्लिपमा परिणत हुन्छ । यतिबेला मानव वृद्धि हर्मोनको श्राव हुन्छ र यादहरु कैद हुन्छन् । ‘गहिरो निन्द्रा न्यूरोनको विकासका लागि, मासंपेशीको मर्मतका लागि र रोग प्रतिरोधी क्षमताको विकासका लागि अत्यधिक महत्वपूर्ण छ,’ रबिन्सले भनिन् । गहिरो निन्द्रामा भएका मानिसहरुलाई ब्यूँझाउन निकै गाह्रो हुन्छ । यदि तपाईंलाई जबर्जस्ती ब्यूँझाइयो भने तपाईंलाई थकाई लागेको महसुस हुन्छ । तपाईंको दिमागले आधा घण्टासम्म राम्रोसँग काम गर्न सक्दैन,’ अनुसन्धानले भन्छ । भ्रम नं ४ः घुर्ने बानी रिस उठ्दो भएपनि हानिकारक हुँदैन बीचबीचमा सास रोकिएर ठूलो आवाजमा घुर्नुलाई स्लिप एप्निया भनिन्छ । यो एउटा यस्तो निन्द्रा विकार हो जसले नेशनल हार्ट, लंग एण्ड ब्लड इन्स्टिच्युटका अनुसार हृदयघात, दम, उच्च रक्तचाप, क्यान्सर, मधुमेह, मृगौला रोगको सम्भावना बढाउने गर्छ । ‘स्लिप एप्नियाले निकै थकित बनाउँछ,’ रबिन्सले भनिन् । ‘यस्ता व्यक्तिहरु बारम्बार ब्यूँझिरहन्छन् । उनीहरु निकै थाक्ने भएकाले दिनरात निदाउन प्रत्यत्न गरिरहेका हुन्छन् । यस्तो लाग्छ कि यसले हाम्रो ३० प्रतिशत जनसंख्यालाई प्रभावित पारेको छ । ’ भ्रम नं ५ः राती सुत्नुअघि मद्यपान गर्दा मज्जाले निन्द्रा लाग्छ ‘मद्यपानले तपाईंलाई छिटो निन्द्रा लाग्न सहयोग त गर्ला तर यसले तपाईंलाई गहिरो निन्द्रामा पर्न भने दिँदैन,’ रबिन्सले भनिन् । ‘यसले तपाईंलाई च्भ्ः बाट बाहिर निकालिरहन्छ जसका कारण तपाईं मज्जाले निदाउन सक्नुहुन्नँ त्यसैले त रक्सी पिएर सुतेको मान्छे उठ्दा आलस्य महसुस गर्छन्,’ रबिन्स भन्छिन् । भ्रम नं ६ः निन्द्रा लागेन रु ओछ्यानमा पल्टिएर आँखा चिम्लनुहोस् र निदाउन प्रयत्न गर्नुहोस् तपाईंले मान्नुपर्छ कि यो लाइन अर्थपूर्ण छ । तपाईं बेडमा सुतेर आँखा नचिम्ली कसरी निदाउन सक्नुहुन्छ रु यद्यपी, निदाउन प्रयत्न गरेको १५ मिनेटभित्र निदाइसक्नुपर्ने निद्रा विशेषज्ञ बताउँछन् । बेडमा गएपछि निद्रा नलाग्ने बानीलाई रबिन्स जिममा गएर ट्रेडमिलमा उभिने तर केही पनि नगर्ने जस्तो बताउँछिन् । रबिन्स भन्छिन्, ‘एक व्यक्ति मस्त निन्द्रामा पर्न १५ मिनेटको समय लाग्छ । यदि तपाईं १५ मिनेटभन्दा बढी समयका लागि कोल्टे फेरिरहनुहुन्छ भने बेडबाट निस्कनुहोस्, दिमाग खियाउनु नपर्ने काम गर्नुहोस् । मधुरो बत्ती बाल्नुहोस् र मोजा पट्याउनुहोस्,’ उनी सल्लाह दिन्छिन् । भ्रम नं ७ः दिउँसो जतिबेला सुतेपनि फरक पर्दैन केही विशेषज्ञका अनुसार यो एउटा यस्तो भ्रम हो जसले स्वास्थ्यलाई नकारात्मक असर पुर्याउने गर्छ । ‘मानिसहरुले आफ्नो निद्राको तालिका नै बनाउनुपर्छ किनभने यसले हामो जैविक समयतालिका नियन्त्रण गर्ने गर्छ,’ जिन–लुइसले भने । ‘यसले हाम्रो शरीरको सम्पूर्ण हर्मोन, तापक्रम, खानपिन, पाचनक्रिया र सुत्ने–उठ्ने साइकल नियन्त्रण गर्छ ।’ यदि तपाईंको जैविक समयतालिका र बाहिरी वातावरणबीचको तादम्य मिल्दैन भने तपाईं असन्तुलित, बेचैन र जतिबेला पनि निद्रा लागेको जस्तो महसुस गर्नुहुनेछ । फरक समय तालिकामा काम गर्नेहरुलाई मुटु रोग, अल्सर, डिप्रेशन, मोटोपना र केही प्रकारको क्यान्सरको अत्यधिक जोखिम हुन्छ । यस्ता व्यक्तिहरु केही कुरामा ढिला प्रतिक्रिया दिने किसिमका हुन्छन् त्यसकारण कार्यस्थलमा विभिन्न दुर्घटनाको शिकार बन्ने गर्छन् । ८ः बेडमा टिभी हेरेर विश्राम लिनु राम्रो काइदा होः यो हामी सबैले गर्छौं । हामीमध्ये धेरैजना सुत्नु अघि ल्यापटप र स्मार्टफोन नियाल्छौं । दुर्भाग्यवश, यसले तपाईंको निद्रा बिगारिरहेको हुन्छ । ‘विद्युतीय उपकरणले निलो प्रकाश फाल्ने गर्छ र यही निलो प्रकाशले हरेक बिहान हाम्रो दिमागलाई जागा हुन निर्देशन दिन्छ,’ रबिन्स भन्छिन् । ‘सुत्नुअघि हामी निलो प्रकाश फाल्ने टेलिभिजन र स्मार्टफोनबाट जोगिनुपर्छ । हामीलाई जे कुराले आनन्द दिन्छ, त्यो कुरा गर्नुपर्छ ।’ नेशनल स्लिप फाउन्डेशनका अनुसार निलो प्रकाशले स्लिप हर्मोन भनिने मेलाटोनिनको श्रावमा प्रभाव पार्छ । सुत्नु दुई घण्टाअघि टिभीलगायत विद्युतीय उपकरण हेर्दा तपाईंलाई निद्रा लाग्न बेर लाग्न सक्छ, तपाईंलाई गहिरो निद्रा लाग्नबाट रोक्छ । यसो गर्दा तपाईं आठ घण्टा वा सोभन्दा बढी सुतेर उठ्दा पनि तपाईंलाई आलस्य महसुस हुन्छ । अबेर रातीसम्म काम गर्नुपरेको खण्डमा स्क्रिनको चमकलाई घटाउने र स्क्रिनको रङलाई सूर्यास्त हुँदाको प्रकाशसँग मेल खाने किसिमको बनाउनुपर्छ । रातो र पहेँलो रङको तरङ्ग कम हुन्छ र यसले मेलाटोनिनलाई कमै असर गर्दछ । भ्रम नं ९ः  स्नूज दबाउनु राम्रो हो १ अलार्म बज्ने बित्तिकै उठ्नु पर्दैन बिहान उठ्नुअघि धेरैले स्नूज बटन दबाउनुहुन्छ होला । ‘स्नूज बटन दबाउने तपाईंको बानी त्याग्नुहोस् । तपाईंको शरीर पुनः निद्रामा जान्छ – निकै हल्का, कम गुणस्तरको निद्रा ।’ रबिन्सले भनिन् । ‘तपाईं आफ्नो निद्राको अन्तिम समयमा आइपुग्दा तपाईंको शरीरले सम्भवतः च्भ्ः चक्रलाई बिट मार्ने प्रक्रियामा हुन्छ । स्नूज बटन दबाउने बित्तिकै तपाईंको दिमाग पुनः नयाँ च्भ्ः चक्रमा जान्छ । केही मिनेटपछि अलार्म पुनः बजेपछि तपाईं उक्त चक्रको अन्त्यमा नभई बीचतीरै उठ्नुहुन्छ त्यसकारण तपाईं उठ्दा पुनः शिथिल महसुस गर्नुहुन्छ । स्नूज बटन दबाउने आफ्नो बानी हटाउन गाह्रो भइरहेको छ भने सुत्नुअघि आफ्नो फोनलाई कोठाको कुनै कुनामा राख्नुहोस् ता कि अलार्म निभाउन तपाईं उठेर हिँड्नै परोस् । भ्रम नं १०ःसपना सम्झनु भनेको मिठो निन्द्राको संकेत हो ‘यो सरासर गलत हो किनभने हामीमध्ये धेरैले एक रातमा चार वा पाँचपटक सपना देख्छौं,’ जिन– लुईसले भने । ‘र हामीलाई यो याद नै हुँदैन किनभने हामी त्यतिबेला ब्यूँझिएका हुँदैनौं र निद्रा पनि बिग्रिरहेको हुँदैन ।’ फ्रान्समा गरिएको एक अनुसन्धान अनुसार जसले आफ्नो सपना सम्झन्छन् उनीहरुको मस्तिष्क निकै क्रियाशील हुन्छ । यस्ता व्यक्तिहरु राती बारम्बार उठिरहन्छन् र सानो आवाज आउँदा पनि ब्यूँझिने किसिमका हुन्छन् । ‘यदि हामी मज्जाले निदाएका छौं भने सपना सम्झिनै सक्दैनौं,’ जिन लुईसले भने ।

किन उभिएर पानी पिउनु हुँदैन ? कारण यस्तो छ

स्वस्थ शरीरको लागि पानी एकदम आवश्यक छ । तर पानी कति र कसरी पिउने, त्यसले पनि शरीर स्वस्थ हुनु नहुनुमा फरक पार्छ। उभिएर पानी पिउँदा शरीरलाई नोक्सान पुग्न सक्छ । आयुर्वेदको अनुसार उभिएर पानी पिउँदा शरीरमा नकारात्मक असर पर्छ। जब हामी उभिएर पानी पिउँछौँ, शरीरमा तरल पदार्थको सन्तुलनमा बाधा पुग्छ। यो बाधाले शरीरमा विषाक्त पदार्थको उत्पादन र खाना अपाचनको सम्भावना बढाउछ। मिर्गौलामा हानी उभिएर पानी पिउँदा पानी नछानिई सिधै शरीरको तल्लो भागमा जान्छ। यसले शरीरमा अशुद्ध तत्व जम्मा हुने सम्भावना बढी हुन्छ। अशुद्ध तत्व धेरै मात्रामा जम्मा भएपछि मृगौलामा हानी पुगी मिर्गौलाले ठिकसँग काम गर्न सक्दैन। जोर्नीमा पीडा एक अध्ययनको अनुसार उभिएर पानी पिउँदा पानीको प्रवाह उच्च हुन्छ। उच्च प्रवाह भएको पानी हावासँगै शरीरमा प्रवेश गर्दा शरीरको सबै प्रणालीमा असर गरी शरीरमा गाँठा देखिने र जोर्नीमा पीडाको कारण बन्नसक्छ। लगातार उभिएर पानी पिउँदा मुटु र फोक्सोमा पनि समस्या उत्पन्न हुन्छ। अल्सर हुने सम्भावना उभिएर पानी पिउँदा एसोफेगसको तल्लो भागमा अधिक नोक्सान पुग्छ। जसको कारण पेटमा अल्सर हुने सम्भावना बढ्छ। शरीरमा हुने पीडामा वृद्धि उभिएर पानी पिउँदा शरीरमा बढी दबाब परी शरीरको जैविक प्रणालीमा प्रभाव पर्छ। त्यो प्रभावले शरीरको भइरहेको दुःखाइमा वृद्धि हुन्छ। र शरीरमा यसै पनि पिडा हुने सम्भावना बढ्छ। शरीरलाई बेफाइदा उभिएर पानी पिउँदा, पिएको पानी कलेजोमा व्यवस्थित हुन पाउँदैन। यसरी पिएको पानीले शरीरलाई कुनै फाईदा हुँदैन। शरीरले पानीबाट प्राप्त गर्न पर्ने कुनै पनि तत्व प्राप्त गर्दैन, केवल पसिना र पिसाबको रूपमा बाहिर निस्कन्छ। हेल्थअनबक्सबाट

लागुऔषधको कुलतबाट छुटकारा पाउन अपनाउनहोुस यस्ता उपाय !

काठमाडौं, चैत २६ । –लागुऔषधबाट छुटकारा पाउन सबैभन्दा पहिले आफ्नो समस्या पहिचान गर्नुपर्ने हुन्छ । ड्रग्सका कारण व्यक्तिगत स्वास्थ्य तथा समाजमा असर परिरहेको छ भन्ने बुझेपछि प्रयोगकर्ताले परिवर्तनका लागि निर्णय लिनुपर्छ । –तनाव कत्तिको छ, जीवन कसरी चल्दै छ, स्वास्थ्यमा ड्रग्सको असर कति परेको छ, यी र यस्ता प्रश्न आफैँसँग गर्नुहोस् । –आफ्ना लागि ड्रग्सभन्दा महत्वपूर्ण  कुरा के–के छन्, जस्तो– परिवार, करिअर, तपाईंको स्वास्थ्य, तपाईंले माया गरेर घरमा पालेका जनावर, तपाईंकी श्रीमती वा गर्लफ्रेन्ड । यस्ता कुराको सूची तयार गर्नुहोस् । –ड्रग्सका कारण तपाईंको जीवनमा के भइरहेको छ र यसलाई त्याग गर्दा तपाईंलाई आर्थिक र सामाजिक रूपमा के–कस्ता फाइदा हुन्छन् भनेर सोच्नुहोस् । –तपाईंलाई ड्रग्स छाड्न के कुराले अवरोध गरिरहेको छ भनेर आफैँलाई प्रश्न गर्नुहोस् । यो सामाग्री नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

रक्तदान गर्नु अघि जान्नैपर्ने कुरा

काठमाडौं, चैत १७ । १८ देखि ६० वर्षसम्मका मानिस रक्तदान उमेर समूहमा पर्छन् । रक्तदान गर्ने मानिसको तौल ४५ किलोग्रामभन्दा बढी हुनुपर्छ । रक्तदान गर्ने व्यक्तिलाई मलेरिया, जन्डिस, मधुमेह, क्षयरोग र एड्सलगायत कुनै पनि यौनरोग लागेको हुनुहुँदैन । मदिरा सेवन गरेको २४ घन्टाभित्र रगत दिनुहुँदैन । त्यस्तै, लागुपदार्थ सेवन गरेका व्यक्तिले पनि रक्तदान गर्नुहुँदैन । रक्तदान गरेको तीन महिनापछि मात्र पुनः रक्तदान गर्न सकिन्छ । गर्भवती, ६ महिना नपुगेकी सुत्केरी र महिनावारी भइरहेको अवस्थामा पनि रक्तदान गर्नुहुँदैन । रक्तदान गर्ने व्यक्तिको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन । रक्तदान गर्नुभन्दा तीन घन्टाअघि पोषिलो खाना सेवन गर्नु राम्रो हुन्छ । र, रक्तदानको समय जुसको सेवन गर्दा पनि स्वास्थ्यमा फाइदा पुग्छ । यस्तो खानाले थकाइ लाग्न दिँदैन ।