उम्मेदवारमाथि शृङ्खलाबद्ध आक्रमण निन्दनीय छ : वाम गठबन्धन

उम्मेदवारमाथि शृङ्खलाबद्ध आक्रमण निन्दनीय छ : वाम गठबन्धन

काठमाडौ‌, कात्तिक २५ । आफ्ना उम्मेदवारलाई केन्द्रित गरेर आक्रमण हुन थालेपछि वाम गठबन्धनले आपत्ति जनाएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सरकार लाग्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै गठबन्धनले त्यस्तो आपराधिक क्रियाकलाप निन्दनीय र क्षमायोग्य नभएको प्रतिक्रिया दिएको छ । गठबन्धनले निर्वाचनको वातावरण बिगार्ने मनशायका साथ भइरहेको त्यस्तो गतिविधि क्षम्य नभएको बताउँदै त्यस्तो अराजनीतिक गतिविधि नगर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।

झापामा निर्वाचन प्रचार अभियानमा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘वाम गठबन्धनबाट अत्तालिएकाहरुकै योजनामा बम पड्काउने र उम्मेदवारमाथि आक्रमण गर्ने प्रयास भइरहेकामा’ आपत्ति जनाए । उनले भने, “केही मान्छेलाई वाम गठबन्धन मन परेको छैन, बम पड्काइएको छ । हतोत्साही बनाउने प्रयास गरिएको छ । यस्तो क्रियाकलाप हामीलाई सह्य छैन ।”

यस्तै गठबन्धनमा सहभागी नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चितवनमा आयोजित जनसभालाई सम्बोधन गर्दै भन्नुभयो, “हिजो (शुक्रबार) रुकुममा जनार्दन शर्मामाथि ग्रिनेड हानियो । आज वर्षमान पुन चढेको गाडी नजिक माइन बिस्फोट गराइयो । यो निर्वाचन भाँड्ने मनशायले गरिएको आक्रमण हो ।”

उनले केही दिनअघि बहालवाला मन्त्रीले नै हतियारधारी समूह छुटाउन विज्ञप्ति जारी गरेको भन्दै त्यस्ता घटना सामान्य नभएको बताउनुभयो । उनले विभिन्न कसरत गरेर पनि निर्वाचन रोक्न नसकेपछि सरकार नै विभिन्न शक्तिलाई प्रयोग गरेर चुनाव रोक्न त खोज्दै छैन भन्ने गम्भीर प्रश्न जन्मिएको आशंका व्यक्त गर्नुभयो । चुनाव रोक्न खोजिए त्यो हाम्रा लागि मान्य नहुने अध्यक्ष दाहालको भनाइ थियो ।

आक्रमणबारे रासससँग कुरा गर्दै रोल्पाका वाम गठबन्धनका उम्मेदवार पुनले केही तत्वले आफू र बाम गठबन्धनलाई तर्साउन खोजे पनि त्यसबाट आफू नतर्सने बताए । उनले चुनावी अभियान निरन्तर अगाडि बढ्ने बताउँदै नेता तथा कार्यकर्तालाई संयमित भएर अभियानमा लाग्न आग्रह गरे । रोल्पाको ओतमा चुनावी अभियानका क्रममा आज बिहान १०ः३० मा अपरिचित व्यक्तिले माइन विष्फोट गराएका थिए । नेता पुनले भने, “हत्या गर्ने नियतका साथ आक्रमण भएको हो तर हामी आत्तिएका छैनौँ ।” उम्मेदवार पुन, नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल घर्तीलगायत सवार सवारीलाई नै लक्ष्य गरेर विष्फोट गराइएको थियो ।

यसैबीच निर्वाचन आयोगले रोल्पा र रुकुम विष्फोटबारे चासो देखाएको छ । आयोगले शान्ति सुरक्षाको प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले नेता पुनसँग आक्रमणका बारेमा चासो व्यक्त गरेको छ । आयोगले आइतबार उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठक बोलाएको छ । प्रहरीले केही दिन पहिले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका रोल्पा जिल्ला इन्चार्ज दलहादुर खत्री र सचिव सन्तोष सुवेदीलाई पक्राउ गरेको थियो । प्रहरीले सोही समूहले आक्रमण गराएको हुन सक्ने आशंका गरेको छ ।

उता शुक्रबार आक्रमणमा परेका रुकुमका वाम गठन्धनका उम्मेदवार शर्माले मृत्यु जितेर आएकालाई सानातिना आक्रमणले फरक नपार्ने र आक्रमण गर्नेलाई जनताले नै उचित कारबाही गर्ने प्रतिक्रिया राससलाई दिनुभयो । विनाविभागीय मन्त्री शर्माले भने, “गठबन्धनबाट आत्तिएका शक्तिले निर्वाचनविरुद्ध अनेकन हर्कत गरेका छन् । आक्रमण गरेर उम्मेदवारलाई तर्साउन खोजिएको छ तर त्यस्तो क्रियाकलापले हामी तर्सदैनौँ ।”

उपप्रम महराबाट निन्दा

उपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले वाम गठबन्धनका उम्मेदवारमाथि शृङ्खलाबद्ध रुपमा भइरहेको आक्रमणको निन्दा गरे ।

दाङ क्षेत्र नं २ का उम्मेदवार महराले रोल्पा र रुकुमका उम्मेदवारमाथि भइरहेको आक्रमणको विज्ञप्तिमार्फत भत्र्सना गर्नुभएको छ । रुकुममा शुक्रबार वामपन्थी गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शर्मा र रोल्पामा पुन चढेको गाडीलाई लक्ष्य गरी बम विष्फोट गराइएको र रोल्पामै प्रदेशसभा सदस्य उम्मेदवार कुलप्रसाद केसी चढेको गाडीमाथि ढुंगामुढाको प्रयास भएको थियो ।

नेता महराले निर्वाचन सफल बनाउन थप गम्भीर हुँदै सबै उम्मेदवार र मतदाताको पूर्ण शान्ति सुरक्षाको प्रबन्ध मिलाउन गृह प्रशासनको ध्यानाकर्षण गराउनुभएको छ । उनले घटनाप्रति आतंकित नहुन तथा संयम र धैर्यका साथ संविधान कार्यान्वयनको अभियानमा सक्रिय सहभागिता जनाउन जनसमुदायमा आगह्र गरे ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी र पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाउन प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपत् व्यवस्थापनमा सरकार उदासिन देखिएको भन्दै बेपत्ताको खोजी, घाइतेको उपचार, पुनर्स्थापना र पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाउन सरकारलाई आग्रह गर्नुभएको छ ।  उहाँले आज प्रेस वक्तव्यमार्फत यस्तो आग्रह गर्नुभएको हो ।  प्रस्तुत छ, वक्तव्यको पूर्ण पाठ केही दिनयताको अविरल वर्षाको कारण ठूलो जनधनको क्षति भएको छ । पछिल्लो विपद्मा मात्रै झण्डै एक सय बढी नागरिकको ज्यान गएको छ भने ठूलो संख्यामा बेपत्ता र घाइते भएका छन् । हजारौं नागरिक घरवारविहीन भएका छन् । बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दछु । मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।  अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी गर्नु, घाइतेहरुको उपचार गर्नु, घरबारविहीन भएकाहरुलाई सुरक्षित गर्दै पुनस्र्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हुनेछ । तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरुको निःशुल्क उपचार र विस्थापितहरुलाई पुनस्र्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि संभावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गर्दछु । राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने जुन पीडादायी अवस्था देखियो, यसले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि गर्दछ ।  अहिले पनि विभिन्न स्थानमा मुख्य राजमार्गसहित सडक, सञ्चार र विद्युतका पूर्वाधार क्षतिग्रस्त अवस्थामा छन् । नेपालीहरुका मुख्य पर्व दशैं तिहार नजिकिएकाले युद्धस्तरमा पुनर्निर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । हाम्रो पार्टीका सम्बन्धित क्षेत्रमा रहनुभएका सबै नेता कार्यकर्ता साथीहरु उद्धार र पुनस्र्थापनाको काममा लागिरहनुभएको छ । उहाँहरु सबैलाई धन्यवाद दिंदै बेपत्ता नगारिकको खोजी, बिस्थापितहरुको पुनस्र्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण लगायतका कार्यमा निरन्तर लाग्न पुनः निर्देशित गर्दछु ।  

कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचिसहित)

काठमाडौं । वर्षासँगै आएको बाढी पहिरोका कारण विभिन्न राजमार्गहरू अझै अवरुद्ध छन् । साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ। नेपाल प्रहरीले सार्वजनिक सूची अनुसार पृथ्वी राजमार्ग, सिस्नेरी सडकखण्ड, मध्य पहाडी लोकमार्गलगायत पूर्ण रूपमा अवरुद्ध छ ।

लोकप्रिय