कञ्चनपुर घटनाप्रति सरकार गम्भिर हुन अावश्यक

कञ्चनपुर घटनाप्रति सरकार गम्भिर हुन अावश्यक

प्रकाश उप्रेती

चारआली, चैत ६ । कञ्चनपुर घटना राष्ट्रिय स्वभिमानप्रतिको प्रहार भएको ठहर गर्दै झापाको मेचीनगरको नव सृजनशील युवा समाजले उक्त घटनालाई सरकारले चासो दिन आग्रह गरेको छ ।
निर्दोष व्यक्ति गोविन्द गौतमलाई भारतीय एसएसवीले गोली हानेर हत्या गरेको १० दिन वितिसक्दा पनि सरकारले चासो नदेखाएकै कारण दोषीलाई कारवाही नभएको भन्दै समाजले आइतबार श्रद्धाञ्जलि सभाबाट सरकारलाई चासो दिन आग्रह गरेको हो ।

भारतले सीमा क्षेत्रमा लगाइएको नियम अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई उल्लङ्घन गरेको भन्दै नेपाल सरकारले नेपालको राष्ट्रिय स्वभिमानलाई अक्षुण राख्न नेपाली नागरिकको अधिकारप्रति जिम्मेवार बन्न समेत आग्रह गरेको छ ।

श्रद्धाञ्जलि कार्यक्रममा बोल्दै माओवादी केन्द्रका बद्री फुयाँलले एसएसवीले ठाडै नेपाली भूमीमा प्रवेश गरी सोझा नेपालीमाथि गरेको आक्रमण तथा हत्या नियोजित र नेपाल—भारत सीमाका अन्तराष्ट्रिय मूल्य मान्यतालाई नाघेको बताए । उनले सीमा क्षेत्रमा जस्तोसुकै घटना भए घटनाको प्रकृति हेरेर त्यसलाई नियन्त्रण लिन, साम्य पार्न गोली प्रहार गर्न पाइने व्यवस्था नभएकाले भारतले अन्तर्राष्ट्रिय क्षेत्रमा माफी माग्नुपर्ने बताए ।

भारतले विभिन्न बहानामा कहिले नेपालको सीमा अतिक्रमण, कहिले नेपालको स्वाधिनता, राष्ट्रियतामा आच आउने किसिमका गतिविधिका कारण नेपाल र नेपालीको सपना पूरा हुन नसक्ने फुयाँलको दावी थियो ।
कार्यक्रममा नेकपा एमालेका सुरेश बुढाथोकीले कञ्चनपुर घटनापछि सरकार निरीह बनेको आरोप लगाए । उनले नेपाली जनताले आफ्नो राष्ट्रको स्वभिमान बचाउन खोज्दा मृत्युबरण गर्दा समेत सरकार मौन हुनु, १० दिन वितिसक्दा पनि सत्यतथ्य छानविनका लागि भारत सरकारसँग समन्वय गर्न नसक्नुले सरकारले भारतप्रति लाचारीपन देखाएको उल्लेख गरे ।
नव सृजनशील युवा समाजका अध्यक्ष बद्री महतले अन्तराष्ट्रिय मूल्य मान्यता विपरीत भारतले नेपाली नागरिकलाई प्रहार गर्दै गोली बर्साउनुले नेपालको राष्ट्रिय स्वभिमानप्रतिको प्रहार भएको बताए ।

उक्त घटनाप्रति भारतले नेपालसँग माफी माग्नुपर्ने, मृतकका परिवारलाई न्याय दिलाई क्षतिपूति प्रदान गर्नुपर्ने र फेरि त्यस्ता घटना नदोहो¥याउन नेपाली राजनीतिज्ञहरु गम्भीर हुन जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा राप्रपा नेपालकी सविना वजगाई, नेपाली कांग्रेसका अर्जुन थेवे, माओवादी केन्द्रका कुमार भट्टराई, लक्ष्मण कार्की, निरु परियार, अवी चौधरी, युवराज न्यौपानेलगायतले घटनामा संलग्न एसएसवीलाई नियन्त्रणमा लिई दोषीमाथि कडा कारवाही गरी गोविन्द गौतमको परिवारलाई उचित न्याय र राहत प्रदान गर्नुपर्नेमा जोड दिए ।

स्वर्गीय गोविन्द गौतमको फोटो, प्ले—कार्ड र नेपाली राष्ट्रिय झण्डासहित चारआली चोकबाट इलामरोड र पूर्व–पश्चिम लोकमार्गमा खवरदारीका नारासहित ¥यालीपछि कोणसभामा परिणत भएको थियो । कार्यक्रममा चारआली क्षेत्रमा सञ्चालनमा रहेका प्रतिभा युवा क्लब, क्रेटिभ नेप्लिज युथ क्लब, चारआली जेसीज, ट्याक्टर संघ चारआली, होटल व्यवसायी संघ चारआलीलगायतका संघसंस्थाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रकाश उप्रेतीले गरेका थिए ।

विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको दर १३८ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९असार ८० का लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा तोकिएको छ। युरोपियन युरोको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा कायम गरिएको छ भने बेलायती पाउन्ड स्ट्रलिङको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३२ पैसा तोकिएको छ। अन्य प्रमुख मुद्राहरूको दर यसप्रकार छ: स्वीस फ्र्यांक: खरिददर १६९.०७, बिक्रीदर १६९.८० अस्ट्रेलियन डलर: खरिददर ८९.६४, बिक्रीदर ९०.०३ क्यानेडियन डलर: खरिददर १००.८६, बिक्रीदर १०१.३० सिंगापुर डलर: खरिददर १०७.५८, बिक्रीदर १०८.०५ जापानी येन (१० यन): खरिददर ९.५०, बिक्रीदर ९.५४ चिनियाँ युआन: खरिददर १९.२५, बिक्रीदर १९.३४ साउदी रियाल: खरिददर ३६.८४, बिक्रीदर ३७.०० कतारी रियाल: खरिददर ३७.९२, बिक्रीदर ३८.०९ यूएई दिराम: खरिददर ३७.६४, बिक्रीदर ३७.८१ मलेसियन रिंगेट: खरिददर ३२.५१, बिक्रीदर ३२.६५ त्यस्तै, भारतीय रुपैयाँ १०० को विनिमयदर १६० रुपैयाँ खरिददर र १६० रुपैयाँ १५ पैसा बिक्रीदरमा कायम गरिएको छ। राष्ट्र बैंकले यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै बेला परिवर्तन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर राष्ट्र बैंकको दरभन्दा केही फरक हुन सक्ने पनि जानकारी दिएको छ।

आज रातिदेखि देशभर भारी वर्षाको सम्भावना, सचेत रहन मौसमविद् र विभागकाे आग्रह

काठमाडौं । शनिबार रातिदेखि देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेलका अनुसार झापाबाट भारी वर्षा सुरु भइसकेको छ। उनले शनिबार बेलुका सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुईवटा मौसमी मोडेलले फरक स्थानहरूमा वर्षाको सम्भावना देखाए पनि तराई र चुरे क्षेत्रहरू बढी जोखिममा रहेको उल्लेख गरेका छन्। “दुईवटा मोडेलले भारी वर्षाको ठाउँ फरक देखाएको छ, तर सम्भावना धेरै तराई र चुरे भागमा बढी छ,” पोखरेलले लेखेका छन्। देशका विभिन्न भूभागमा अहिले पनि वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि आउँदो तीन दिन देशभर वर्षा जारी रहने पूर्वानुमान गरेको छ। महाशाखाले शनिबार बेलुका जारी गरेको बुलेटिनमा सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। बुलेटिनअनुसार कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। महाशाखाले वर्षाका कारण नदीहरूको जलसतह बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षय जस्ता विपद् आउन सक्ने भन्दै जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, यातायात र हवाई सेवा प्रभावित हुन सक्ने चेतावनी दिएको छ। यस्ता सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ। मुख्य सुझावहरू बाढी तथा पहिरोको जोखिम भएका स्थानमा विशेष सतर्कता अपनाउन अनुरोध यात्राअघि मौसम पूर्वानुमानको जानकारी लिनु आवश्यक स्थानीय निकाय र प्रशासनको सूचना तथा निर्देशन पालना गर्न सुझाव

विश्व योग दिवस २०८२: अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्व योग दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपाली जनसमुदाय, योग साधकहरू र विश्वभरिका योगप्रेमीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना  दिँदै योगलाई "हाम्रो प्राचीन सभ्यताको अमूल्य निधि" भन्नुभएको छ ।  जसले शारीरिक तथा मानसिक स्वास्थ्यलाई सँगसँगै समृद्ध बनाउने उल्लेख गर्नुभएको छ। "यस वर्षको विश्व योग दिवसको नारा 'Yoga for One Earth, One Health' ले हामीलाई व्यक्तिगत स्वास्थ्य र सामाजिक चेतनाको विकाससँगै आत्मानुशासन, सन्तुलन र शान्तिको मार्गमा डोर्याउन प्रेरित गरेको छ," उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ। अध्यक्ष प्रचण्डले योगको उत्पत्ति र विकास भएको ऐतिहासिक पृष्ठभूमि रहेको नेपाललाई विश्वभरिका योग साधकहरूका लागि एक आदर्श गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वाससमेत व्यक्त गर्नुभएको छ। विश्वभर हरेक वर्ष जुन २१ तारिखमा मनाइने योग दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्।

नेपालमा विपद्‌को अवस्था र पूर्वतयारी विषयक अन्तरक्रिया गर्दै माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज नेपालमा विपद्‌को अवस्था र पूर्वतयारी विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त अन्तरक्रियामा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा विपद्‌को अवस्था र पूर्वतयारी सम्बन्धी धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ। विपद्‌ व्यवस्थापन केन्द्रीय विभाग, नेकपा (माओवादी केन्द्र) को आयोजनामा हुने सो अन्तरक्रिया कार्यक्रम आज दिउँसो १:०० बजे ताज ब्यांक्वेट, तिनकुनेमा आयोजना गरिएको हो। कार्यक्रममा विपद्‌को हालको अवस्था, तयारीका उपायहरू, सरकार र राजनीतिक दलहरूको भूमिका लगायतका विषयमा विस्तृत छलफल हुने आयोजकले जनाएको छ। उक्त कार्यक्रममा विपद्‌ व्यवस्थापनमा संलग्न विज्ञ, सरोकारवाला निकायका प्रतिनिधि, सुरक्षाकर्मी, जनप्रतिनिधि तथा माओवादी केन्द्रका नेताहरूको सहभागिता रहने जनाइएको छ।

लोकप्रिय