डा आरजु र नारदमुनिलार्इ कडा टक्कर दिदै विवेकशील साझाका भण्डारी

डा आरजु र नारदमुनिलार्इ कडा टक्कर दिदै विवेकशील साझाका भण्डारी

धनगढी, मंसिर १५ । पार्टीको बलियो संगठन, यसअघि पार्टी उम्मेदवारको निरन्तरको जीतले आसन्न निर्वाचनमा पनि कैलाली–५ बाट काँग्रेस नेत्री डा आरजु राणा देउवा निर्वाचन जित्नेमा ढुक्क देखिएकी छन् ।

सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको कैलाली निर्वाचन क्षेत्र नं ५ धनगढी क्षेत्रमा प्रधानमन्त्री पत्नी नै पहिलोपटक प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्ष निर्वाचनमा होमिएपछि प्रदेश नं ७ मै निकै उत्सुकतासाथ हेरिएको छ ।

यसअघि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका थिए ।

त्यसैगरी केही समयअघि सम्पन्न स्थानीय तह निर्वाचनमा पनि धनगढी उपमहानगरपालिकामा काँग्रेस उम्मेदवारले मारेको विजयले डा राणालाई जितका लागि थप सहज हुने आंकलन गरिएको छ ।

विभिन्न गैरसरकारी निकायमार्फत धनगढीलगायत प्रदेश नम्बर ७ मा समाजिक एवं महिला सशक्तीकरणका क्षेत्रमा झण्डै दुई दशक काम गरिसकेकी डा राणा आफूले निर्वाचन जिते समृद्ध धनगढी, धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने, भूमिहीनको समस्या समाधान, उपमहानगरको ढल व्यवस्थापन, नदी कटान नियन्त्रण, स्वास्थ्य शिक्षालगायतको क्षेत्रको विकास गर्ने एजेण्डासहित मतदाताको घरदैलोमा पुगिरहेकी छन् ।

उनले मतदातासामु गौरीफन्टा नाकाको स्तरोन्नतिका साथै किसानको सहाजताका लागि यसै क्षेत्रमा मलखाद उद्योग स्थापनाका लागिसमेत पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

धनगढीमा निजी निवास खरिद गरेर स्थानीयवासीसमेत बनेकी डा राणाले आफू तीन हजार मतान्तरले जित्ने दाबी गर्छिन् । शुक्रबार उनकै निजी निवासमा कुरा गर्दै उनले विपक्षीले जस्तोसुकै अफवाह फैलाए पनि आफूलाई निर्वाचन जित्न कुनै चुनौती नरहेको धारणा व्यक्त गरीन् ।

“ऋणमा घर खरिद गर्दा पनि विपक्षीले ठूलै मुद्दा बनाए” उनले भनिन्, “विपक्षीसँग काँग्रेस विरोध गर्नसक्नै कुनै पनि एजेण्डा नै भएन, त्यसैले घरको मुद्दा उठाए ।” आफ्नो उम्मदेवारीले महिला मतदाता बढी उत्साही रहेको उनको भनाइ थियो ।

निराश छैनन् नारदमुनि

हेभीवेट उम्मेदवारका रुपमा हेरिएकी डा।राणालाई वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले कडा चुनौती दिइरहेका छन् ।

विसं २०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालीन धनगढी नगरपालिकाको उपप्रमुखमा विजयी र २०६४ सालमा समानुपातिक सांसद् रहनुभएका रानालाई वाम गठबन्धनको दरिलो साथ रहेको छ । साथै, उनलाई जातिगत हिसाबले थारु समुदायको पनि साथ रहने वाम गठबन्धका नेताहरूको भनाइ छ । यद्यपि सो समुदायमा आफूहरूको पनि संगठन बलियो रहेको काँग्रेस नेताहरूको दाबी छ ।

धनगढीस्थित गेटा विमानस्थलको स्तरोन्नति, सघन सहरी विकास कार्यक्रमको कार्यन्वयन, धनगढीलाई शैक्षिक, सांस्कृतिक र व्यापारिक केन्द्रका रुपमा विकास गर्ने, खेलकुद क्षेत्रको विकास, नदी नियन्त्रणलगायतका कार्यक्रमसहित राना चुनावी मैदानमा छन् ।

धनगढीलाई थारु समुदायको भाषा, साहित्य र संस्कृतिको अध्ययनको गन्तव्य बनाउने आश्वासनसहित उनि जातीय मत तान्ने राणनीतिमा समेत छन् ।

वाम गठबन्धनका उम्मेदवार रानाले भने, म यहीँ जन्मे हुर्केको र सबैसँग घुलमिल रहेकाले चुनावी नतिजा मेरै पक्षमा आउनेछ ।”

यहाँ सांगठनिकरुपले एमालेको अवस्था बलियो रहेको र विभाजनका कारण माओवादी केन्द्रको अवस्था केही कमजोर भए पनि दुवैको मत जोड्दा गठबन्धन नै अगाडि रहेकाले पनि जित सुनिश्चित रहेको दाबी उनको छ ।

टक्कर दिदै विवेकशील

दुई बलिया गठबन्धनको चुनावी भिडन्त जबर्जस्त हुने आंकलन गरिएका बेला यसै क्षेत्रमा विवकेशील साझा पार्टीले अघि सारेका उम्मेदवार ओझिलो उम्मेदवार रहेका छन् ।

कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदै विवेकशील साझा पार्टीबाट कैलाली ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका दिनेश भण्डारीलाई यहाँका प्रतिष्ठित व्यापारी गोपाल हमालको दरिलो साथ छ ।

गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हमालले पाएको सम्मानजनक मत विवकेशील साझा पार्टीले आफ्नौ पक्षमा आउने दाबी गरेको छ ।

उक्त निर्वाचनमा दोस्रो स्थानमा मत ल्याउन सफल भएका हमाल हालै विवेकशील साझा पार्टीका ७ नम्बर प्रदेशको नेतृत्व सम्हालेका छन् ।

कूल ९१ हजार ८१८ मतदाता रहेको कैलाली–५ मा प्रतिनिधिसभामा आठजना उम्मेदवार रहेका छन् । यसै निर्वाचन क्षेत्रका विभिन्न पार्टीबाट दुई पदका लागि १६ जना उम्मेदवार चुनावी मैदान रहे पनि मुख्य प्रतिष्पर्धा भने वाम र लोकतान्त्रिक गठबन्धनबीच हुने देखिएको छ ।

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ। नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।  बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ। यस्ता छन् निर्णयहरू १.पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा जम्मा गर्ने । २.पार्टी सदस्य र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिह रू बाट राहत सहयोग राहत कोषमा जम्मा गर्ने । ३.दीर्घकालीन पुनस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने । ४.बाढिपहिरोको क्षतीबारे स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न र आवश्यक सहजिकरण गर्न केन्द्रीय कार्यालयम हेल्प डेक्स राख्ने।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

लोकप्रिय