रौतहटको कटहरिया नगरपालिकामा माओवादीको जित पक्का

रौतहटको कटहरिया नगरपालिकामा माओवादीको जित पक्का

काठमाडौं, असोज ८ ।  रौतहटको कटहरिया नगरपालिकामा माओवादीको जित लगभग पक्का  भएकाे छ ।

११७० मत गन्न बाँकी छँदा : माओवादी ३१०६ मत रहेकाे छ भने कांग्रेस २०५० रहेकाे छ ।  तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ मा भएको निर्वाचनको ११५ स्थानको मतपरिणाम सार्वजनिक हुँदासम्म नेकपा माओवादी केन्द्रले २१ तह जितिसकेकाे छ ।

यसअघि नै  नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जितको संख्या शतक पुर्याएको छ । यो संगै माओवादीले आफू आफैंमा ठूला दलहरुको रुपमा नेपाली राजनीतिमा दर्ज गराएको छ।

नेकपा एमाले र नेपाली काँग्रेसले पनि शतक कटाईसकेका छन्।

सात प्रदेशमध्ये पहिलो र दोस्रो चरणमा भएको ६ प्रदेशको निर्वाचनमा शतक पूरा गर्न नसककेको माओवादीको लागि शतक पूरा गर्नको लागि एउटा आशा थियो २ नं प्रदेश। प्रचण्डले जे होस् एक पटक फेरि पनि मधेशी जनताको मन जितेर आफ्नो चुनावी रणनीति पूरा गरेका छन्।

समय र तत्कालीन वातावरण बुझेर सान्दर्भिक भाषण दिन माहिर प्रचण्डकै अभिव्यक्ति र चातुर्यताले स्थानीय तहमा माओवादीले शतक कटाएको छ।
अहिले प्रचण्डको एउटा अभिव्यक्ति मधेशसँग उनलाई जोडेर कुरा गर्दा सबैले भन्ने प्रचण्डको मधेश प्रेम अझैसम्म पनि चलिरहेको देखिएको छ। प्रचण्डले मधेशलाई कति प्रेम गर्छन् त्यो विस्तारै समयले बताउँदै जाला तर प्रचण्डको मायाजालमा फसेर मधेशी जनताले उनको पार्टीलाई एकपटकको लागि राम्रै विश्वास गरेको देखिएको छ। सिरहा क्षेत्र ५ बाट उम्मेदवारीको घोषणा गर्दै प्रचण्डले भनेका थिए,– ‘साच्चै भन्नुहुन्छ भने मधेशसँग मेरो ‘लभ’ परेको छ। मेरो यो मायामा कहिल्यै कमि आउने छैन।’ उनको मेरो यो मायामा कहिल्यै कमि आउने छैन भन्ने अभिव्यक्तिलाई मधेशले यसपटक सावित गराईदिएको छ।

अघिल्ला स्थानीय तहको अवस्था

गत बैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचन अन्तर्गत् प्रदेश नं ३, ४ र ६ नम्बर प्रदेशका ३४ वटा जिल्ला भित्र ४ वटा महानगरपालिका, एउटा उपमहानगरपालिका, ९२ वटा नगरपालिका र १८६ वटा गाउँपालिकामा जनप्रतिनिधि चयनका लागि मतदान गरिएको थियो।
त्यसमा माओवादीले एक महानगर सहित १० नगरपालिका र ३६ गाउँपालिका गरी कूल ४७ स्थानीय तहमा विजय हाँसिल गरेको थियो। कूल २ सय ८३ मध्ये माओवादीले ल्याएको मत १६ प्रतिशत मात्रै थियो।

त्यस्तै, दोस्रो चरणको निर्वाचनमा कूल १० नगरपालिका र २८ गाउँपालिका सहित ३८ स्थानीय तहमा माओवादीले विजय हाँसिल गरेको छ।

जवकी दोस्रो चरणमा तीन प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहका झण्डै ६४ लाख मतदाताको प्रतिनिधिका लागि मतदान गरिएको थियो। त्यतिगर्दा माओवादीले कूल ६ सय १७ स्थानीय तह मध्ये ८५ वटामा मात्रै निर्वाचनमा विजय हाँसिल गरेको थियो जुन कूल ६१७ को झण्डै १४ प्रतिशत हो।

तेस्रो चरणको एकमात्र आस बोकेर पार्टीको १०० सिट पुग्नेगरी अध्यक्ष प्रचण्ड झण्डै दुई साता लामो मधेश बसाईको लागि २ न‌ं प्रदेशमा गएका थिए। उनले त्यतिबेला मधेशसँगमात्रै होईन उनले मधेशी जनतासँग पनि प्रेम गरे र मधेशी जनतालार्इ मायाजालले सम्मानजनक मत प्राप्त गरे। उनले यो निर्वाचनमा सम्मानजनक स्थान पाउनको लागि कहिले मधेशको कच्चि बाटोमा एक्लै हिँडे भने कहिले मधेशका स्थानीयहरुसँग अँकमाल गरेर हिँडे।

पूर्व प्रधानमन्त्री बनिसकेका प्रचण्डले देखाएको यो प्रेमकै कारण पछिल्लो परिणाम अनुसार माओवादी ११ नगरपालिका र ८ गाउँपालिका सहित १९ स्थानीय तहमा विजयी भईसकेको छ भने ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तहमा अगाडि छ।

नेकपा माअोवादी केन्द्रले जितेका स्थानीय तह:

103.कर्जन्हा नगरपालिका, सिरहा, गंगा पासवान

102.मौलापुर नगरपालिका, रौतहट, रिना साह

101.रामगोपालपुर नगरपालिका, महोत्तरी, अशोककुमार मण्डल

100.गौशाला नगरपालिका, महोत्तरी, शिवनाथ महतो

99.मिर्चैया नगरपालिका, सिरहा, श्रवणकुमार यादव

98.सहिदनगर नगरपालिका, धनुषा, उदयकुमार यादव

97.बागमती नगरपालिका, सर्लाही, भरतकुमार थापा

96.धनगढीमाई नगरपालिका, सिरहा, हरिनारायण चौधरी

95.औरही गाँउपालिका, सिरहा, सिद्धार्थ यादव

94.ठोरी गाउँपालिका, पर्सा, पदमलाल श्रेष्ठ

93.अर्नामा गाउँपालिका, सिरहा, ठकु महतो कोइरी

92.यमुनामाई गाउँपालिका, रौतहट, श्रीप्रसाद मुखीया बीन

91.महोत्तरीको साम्सी गाउँपालिका, महोत्तरी, फारुक शेख

90.छिपहरामाई गाउँपालिका, पर्सा, मनोज कुमार

89. चक्रघट्टा गाउँपालिका, सिरहा, विक्रम यादव

88.विदेह नगरपालिका, धनुषा, वेचनदास तम्मा

87.जगरनाथपुर गाउँपालिका, पर्सा, जालिम मिया अन्सारी

86.बर्दिवास नगरपालिका, महोत्तरी, विदुरकुमार कार्की

85.नुवाकोट, ककनी गाउँपालिका, मनबहादुर तामाङ लामा

84.नुवाकोट, पञ्चकन्या गाउँपालिका, तेजबहादुर लामा तामाङ

83.सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका, अमानसिंह तामाङ

82.सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका, राजकुमार पौडेल

81.रामेछाप, दोरम्बा गाउँपालिका, कमानसिंह तामाङ

80.रामेछाप, सुनापति गाउँपालिका, धावा लामा

79.सिन्धुली, मरिण गाउँपालिका, पानीराज बम्जन

78.सिन्धुली, सुनकोशी गाउँपालिका, दिपा बोहरा दाहाल

77.काभ्रेपलान्चोक, चौंरीदेउराली गाउँपालिका, दिनानाथ गौतम

76.काभ्रेपलान्चोक, महाभारत गाउँपालिका, कान्छामान जिम्बा

75.ललितपुर, कोन्ज्योसोम गाउँपालिका, गोपिलाल सिन्ताङ

74.धादिङ, बेनीघाट रोराङ्ग गाउँपालिका, हरि डल्लाकोटी

73.मकवानपुर, थाहा नगरपालिका, लवशेर विष्ट

72.मकवानपुर, वाग्मती गाउँपालिका, सर्केश घलान

71.चितवन,भरतपुर महानगरपालिका, रेणु दाहाल

70.चितवन,माडी नगरपालिका, ठाकुरप्रसाद ढकाल

69.गोरखा,सुलीकोट गाउँपालिका, बिष्णु भट्ट

68.गोरखा,शहिद लखन गाउँपालिका, रमेश थापा

67.तनहुँ,बन्दिपुर गाउँपालिका, पुर्णसिंह थापा

66.बाग्लुङ,ताराखोला गाउँपालिका, प्रकाश घर्ती

65.हुम्ला ,नाम्खा गाउँपालिका, विष्णु तामाङ

64.हुम्ला ,सर्केगाड गाउँपालिका, कृष्ण रोकाय

63.हुम्ला ,चंखेली गाउँपालिका, धनलाल चौलागाई

62.हुम्ला ,ताजाकोट गाउँपालिका, वाग्दल मल्ल

61.कालिकोट,रास्कोट नगरपालिका, काशीचन्द्र वराल

60.कालिकोट,तिलागुफा नगरपालिका, रतनबहादुर शाही

59.कालिकोट,पचालझरना गाउँपालिका, खडराज सेजुवाल

58.कालिकोट,सान्नी त्रीवेणी गाउँपालिका, डम्बरबहादुर शाही

57.कालिकोट,पलता गाउँपालिका, लक्ष्मण बम

56.जुम्ला,हिमा गाउँपालिका, रजबहादुर शाही

55.जुम्ला,गुठीचौर गाउँपालिका, हरिबहादुर भण्डारी

54.जुम्ला,तातोपानी गाउँपालिका, नवराज न्यौपाने

53.जाजरकोट,त्रिवेणी नलगाड नगरपालिका, टेकबहादुर रावल

52.जाजरकोट,जुनिचादे गाउँपालिका, कृष्णबहादुर केसी

51.डोल्पा,जगदुल्ला गाउँपालिका, नारसिंह रोकाया

50.डोल्पा,मुड्केचुला गाउँपालिका, दत्तबहादुर शाही

49.सल्यान,बागचाैर नगरपालिका, लोकमान बुढाथोकी

48.सल्यान,दार्मा गाउँपालिका, निमबहादुर केसी

47.सल्यान,कुमाखमालिका गाउँपालिका, दिलमाया बुढामगर

46.रुकुम , मुसिकोट नगरपालिका, देवीलाल गौतम

45.रुकुम ,चाैरजहारी नगरपालिका, विशल शर्मा

44.रुकुम ,आठबिसकोट नगरपालिका, गोर्खबहादुर केसी

43.रुकुम ,बाँफिकोट गाउँपालिका, धर्मबहादुर केसी

42.रुकुम ,सानीभेरी गाउँपालिका, नरबहादुर पुन

41.रुकुम ,त्रिवेणी गाउँपालिका, झक्कुप्रसाद घर्ती

40.लम्जुङ्ग,दोर्दी गाउँपालिका, ओम बहादुर गुरुङ

39.सिन्धुली,हरिहरपुरगढी गाउँपालिका, कर्साङ तामाङ

38.पाँचथर,मिक्लाजुङ गाउँपालिका, अमरराज माखिम

37.भोजपुर,आमचोक गाउँपालिका, अशोक राई

36.मोरङ,रंगेली नगरपालिका, दिलिपकुमार अग्रवाल

35.सोलुखुम्बु,दुधकौशिका गाउँपालिका, असिम राई

34.सोलुखुम्बु,महाकुलुङ गाउँपालिका, सागर किराँती

33.सोलुखुम्बु,लिखु पिके गाउँपालिका, डम्बरबहादुर बस्नेत

32.खोटाङ,साकेला गाउँपालिका, अर्जुनकुमार खड्का

31.ओखलढुङ्गा,चिशंखुगढी गाउँपालिका, निशान्त शर्मा

30.उदयपुर,सुनकोशी गाउँपालिका, मेजर कुमार राई

29.रुपन्देही,अाेमसतिया गाउँपालिका, हिरा केवट

28.अर्घाखाँची,भुमिकास्थान नगरपालिका, रेशम थापा

27.नवलपरासी,पाल्हिनन्दन गाउँपालिका, दीपक गुप्ता

26.दाङ,बँगलाचुली गाउँपालिका, भत्तबहादुर ओली

25.रुकुम,पुथ उत्तरगँगा गाउँपालिका, ओमप्रकास घर्ती

24.रुकुम,भूमे गाउँपालिका, रामसुर बुडा

23.रुकुम,सिस्ने गाउँपालिका, कुमारी बराल गौतम

22.रोल्पा, रोल्पा नगरपालिका, पुर्ण केसी

21.रोल्पा, दुर्इ खोली गाउँपालिका, निमकान्त डाँगी

20.रोल्पा,माडी गाउँपालिका, नन्दबहादुर पुनमगर

19.रोल्पा, सुकीदह गाउँपालिका, , बीरबहादुर केसी

18.रोल्पा,सुनछहरी गाउँपालिका, आशबहादुर पुन

17.रोल्पा,सुवर्णवती गाउँपालिका, गुनेन्द्र घर्तीमगर

16.रोल्पा,थबाङ गाउँपालिका, वीरबहादुर घर्तीमगर

15.प्युठान, प्युठान नगरपालिका, अर्जुन कुमार कक्षपती

14. बर्दिया, मधुवन नगरपालिका, गणेश बहादुर चौधरी

13. बर्दिया,राजापुर नगरपालिका, शिवप्रसाद चौधरी

12. बर्दिया,बारबर्दिया नगरपालिका, दुर्गाबहादुर थारु

11. गुल्मी, धुर्कोट गाउँपालिका, भुपाल पोखरेल

10. बैतडी, पुर्चौडी नगरपालिका, रणबहादुर कुवर

9. डडेलधुरा, अजयमेरु गाउँपालिका, उमेशप्रसाद भट्ट

8. कन्चनपुर, बेलौरी नगरपालिका, पोतीलाल चौधरी

7. कन्चनपुर, लालझाडी गाउँपालिका, मदनसेन वडायक

6. कैलाली, भजनी नगरपालिका, शेरबहादुर चौधरी

5. कैलाली, कैलारी गाउँपालिका, लाजुराम चौधरी

4. डोटी, बोगटान गाउँपालिका, कमल गड्सिला

3. अछाम, मेल्लेख गाउँपालिका, लोकबहादुर बोहोरा

2. अछाम, रामारोशन गाउँपालिका, भंङकर साउद

1. दार्चुला, मार्मा गाउँपालिका, जगतसिंह धामी

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै उहाँले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताउनुभयो । सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै उहाँले आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ। द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका साथै मेलमिलापमा जोड दिनेछौँ।’ उहाँले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

देशब्यापी भारी वर्षा सुरु, आज र भोलि रात्री बस नचल्ने

काठमाडौं । पूर्वीकेन्द्रित वर्षा देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारसम्म देशभर सिमसिमदेखि भीषण वर्षाको सम्भावना छ । केही ठाउँमा त अत्यधिक वर्षाको चेतावनी दिइएको छ । मनसुनी वायु कायमै रहेका वेला बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले देशभर वर्षा हुन थालेपछि सरकारले पहिरोको जोखिम रहेका क्षेत्रमा रात्रिबस चलाउन रोक लगाएको छ । गृह मन्त्रालयको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्डले भीषण वर्षाको आकलन भइ रेडअलर्ट (उच्च जोखिम) जारी भएकामध्ये ४२ पहाडी र हिमाली जिल्लामा शुक्रबार र शनिबार रात्रिबस चलाउन रोक लगाएको हो । कोशीका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर तथा बागमतीका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा दुई दिन रात्रिबस चल्न पाउने छैनन् । त्यस्तै, गण्डकीका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा र दाङमा रात्रिबस गुडाउन रोक लगाइएको छ । कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुुदूरपश्चिमका डोटी र अछाममा पनि रात्रीबस चलाउन रोक लगाइएको छ । कोशीदेखि लुम्बिनीसम्मका धेरै स्थानमा वर्षा हुने, राति पश्चिममा पनि मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार कोशीदेखि पश्चिममा लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । त्यहाँदेखि पश्चिमी क्षेत्रमा भने केही स्थानमा वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा सुदूरपश्चिम र  कर्णालीका थोरै स्थानमा भने भीषण वर्षाको चेतावनी दिइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने अत्यधिक वर्षाको आकलन छ । तराई हावाहुरी चल्नेछ ।  शुक्रबार राति भने  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थान पानी पर्ने देखिएको छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भीषण तथा बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  अत्यधिक वर्षाको पनि सम्भावना छ । शनिबार भने बागमतीदेखि पश्चिममा लुम्बिनी (मधेशबाहेक) का धेरै क्षेत्रमा वर्षाको सम्भावना  छ । तर, बाँकी प्रदेशका भने केही स्थानमा वर्षा हुनेछ । बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भीषण तथा  गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अत्यधिक वर्षाको पनि चेतावनी दिइएको छ । राति गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी पर्ने देखिन्छ ।  

लोकप्रिय