ललितपुर साइकलको शहर : वाम गठबन्धन

ललितपुर साइकलको शहर : वाम गठबन्धन

ललितपुर, मंसिर १६ । बढ्दो सशहरीकरणले काठमाडौँ उपत्यकालाई साँघुरो बनाएको छ । धुवाँ धुलोले वातावरणलाई नराम्ररी प्रभावित पारेको छ । मानवीय स्वास्थ्यमा समेत गम्भीर प्रकारका समस्या खडा गरेको छ ।

राजधानी शहरलाई सफा र स्वच्छ बनाउने भन्दै विभिन्न कार्यक्रम घोषणा पनि भए । तर कार्यान्वयनको पाटोबाट हेर्दा भने घोषित कार्यक्रम कहिल्यै अगाडि बढ्न सकेन । विशेषगरी पछिल्लो दिनमा राजधानीलाई साइकलको सहर बनाउने अभियान चल्न थालेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिदै जाँदा राजधानीको ललितपुरलाई विशेष गरी सांस्कृतिक राजधानी र साइलकको सहर बनाउने लक्ष्यसहितको कार्यक्रम प्रतिनिधिसभाका उम्मेदवारले घोषणा गरेका छन् ।
विशेषगरी वामगठबन्धनमा आवद्ध उम्मेदवारले ललितपुरलाई साइकल सिटी बनाउने र सांस्कृतिक राजधानी ललितपुर बन्न सक्छ भन्ने ध्येयका साथ कार्यक्रम अगाडि सारेका छन् ।

ललितपुरको सांस्कृतिक महत्व र ऐतिहासिक सम्पदाको जगेर्ना गर्ने लक्ष्यका साथ कला र संस्कृतिको राजधानीको विषय अगाडि सारिएको उम्मेदवारको तर्क छ । निर्वाचनको समयमा मोटरसाइकल ¥याली तथा जुलुश हुनु सामान्यजस्तै विषय बनेको छ । तर सांस्कृतिक राजधानीको जगेर्ना गर्ने र प्रचारप्रसार गर्ने लक्ष्यका साथ आज ललितपुरमा साइकल ¥यालीको आयोजना गरियो ।

उक्त ¥यालीको मूल मर्म भनेकै पर्यटकीय चक्रपथ बनाउने र वातावरण संरक्षणका लागि जनचेतना जगाउने उद्देश्य रहेको सहभागीले बताएका छन् । ललितपुरका तीनवटै निर्वाचन क्षेत्रका वाम गठबन्धनका उम्मेदवारले ललितपुरको शहरी क्षेत्रलाई सांस्कृतिक राजधानी बनाउने चुनावी घोषणापत्र तयार पारेका छन् ।

विशेषगरी पाटनदरबार, सातदोबाटो, हरिसिद्धि, ठैंब, नागदह, सुनाकोठी, ठेचो, बुङ्मति, सैंबु, एकान्तकुना हुँदै जावलाखेलसम्मको कुल २७ किलोमिटरको क्षेत्रलाई पर्यटकीय चक्रपथ र साइकलको सहर बनाउने लक्ष्य राखिएको छ ।

साइकल सिटी बनाउने अभियानमा लागेका ललितपुरका मनोज महर्जन हाम्रो सांस्कृतिक नगरीलाई नयाँ परिचय दिने अभियान शुरु भएकोमा खुशी व्यक्त गरे । साइलक ¥यालीमा सहभागी उनले भने, “हाम्रो मौलिक पहिचान गुम्ने खतरा बढिरहेको बेला यस्ता कार्यक्रमले नागरिकको चेतनास्तर बढाउन सहयोग गर्दछ ।”
स्थानीयले आफूहरुलाई असाध्यै सरहाना गरेको जानकारी दिनहुँदै ठेचोका अर्का सहभागी सन्तोष महर्जन राम्रो काम जसले शुरु गरे पनि सहयोग गर्नुपर्ने बताए । “अव्यवस्थित शहरीकरणका कारण दैनिकजसो नयाँ घर बन्दै गएका छन् । सवारीसाधन आयातमा समेत वृद्धि भएको छ । विश्वका विभिन्न स्थानमा साइकल शहर बनेको र जनजीवनसमेत सहज भएका छन् । नेपालमा पनि त्यस्तो सम्भावना रहन्छ भन्ने मलाई लागेको छ” महर्जन भने ।

ललितपुरको बुङ्मतिमा त साइलकको सहर बनाउने अभियान नै शुरु गरेका दीपेन्द्र तुलाधार पनि अभियानमा सहभागी थिए । उनले ‘बुङ्मति ट्रायल’ भनेर साइकल प्रवद्र्धनको अभियान नै चलाएका छन् । “ललितपुरलाई सांस्कृतिक नगरी र साइकलको सहर बनाउन सकिन्छ, राजनीतिक इच्छाशक्ति आवश्यक छ” उनले भने ।

वाम गठबन्धनले लिच्छवीकालीन र मल्लकालीन कला एवं संस्कृतिको प्रवद्र्धन गर्ने, पाटन दरबार क्षेत्रलाई सवारी मुक्त बनाउने कार्यक्रम चुनावी घोषणापत्रमा समावेश गरेको छ । बुङ्मतिका अमन तुलाधर बढ्दो शहरीकरण र बढ्दो सवारी नियन्त्रणका लागि पनि साइकल प्रवद्र्धन गर्ने विषय महत्वपूर्ण भएको विचार व्यक्त गरे । तुलाधरसमेत साइकल ¥यालीमा सहभागी थिए ।

ललितपुर क्षेत्र नं ३ का वाम गठबन्धनका उम्मेदवार पम्फा भुसाल ललितपुरको मौलिक पहिचानलाई भावी सन्ततिका लागिसमेत जस्ताको तस्तै राख्ने लक्ष्यका साथ आफूहरुले अभियान शुरु गरेको बताइन । साइलकको शहर ललितपुर भन्ने पनि हाम्रो अर्को अभियान हो उनको भनाइ छ ।
पाटन दरबार क्षेत्रकै स्थानीयवासीसमेत रहेका ललितपुर क्षेत्र नं ३ का प्रदेशसभाका उम्मेदवार राजकाजी महर्जन स्थानीयको चाहना र भावनालाई वाम गठबन्धनले मुखरित गर्न खोजेको बताए । “आइतबार नेवारको सांस्कृतिक पर्वको रुपमा ज्यापू दिवस मनाउन लागिएको छ । त्यसको समेत प्रचारप्रसार होस् र नेवारी कला संस्कृतिको समेत सम्वद्र्धन होस् भन्ने हाम्रो चाहना हो । यस्तो अभियान सञ्चालन गर्दा स्थानीयले असाध्यै ठूलो सहयोग गरेका छन्” महर्जनले भने ।

सोही क्षेत्रका प्रदेश ‘ख’ का उम्मेदवार जीवन खड्का ललितपुरलाई सांस्कृृतिक राजधानी बनाउने र साइकलको शहर बनाउने विषय विगत लामो समयदेखिको माग भए पनि अहिले आएर साकार हुन लागेको बताए । साइकलको शहर बनाउने अभियानको आजै पाटन दरबार क्षेत्रमा सो क्षेत्रका वाम गठबन्धनका उम्मेदवारले संयुक्तरुपमा उद्घाटनसमेत गरेका छन् ।

वाम गठबन्धनका उम्मेदवार मात्रै होइन, नेपाली काँग्रेसका उम्मेदवारसमेत ललितपुरको संस्कृति र पहिचानको संरक्षण गर्नुपर्छ भन्नेमा एक मत छन् । ललितपुर क्षेत्र नं ३ का उम्मेदवार मदन अमात्यले ललितपुर कला र संस्कृतिमा धनी रहेकाले त्यसको सम्वद्र्धन गर्ने विषय आफ्नो पनि कार्यसूची भएको बताए । पाटनका स्थानीयवासी उत्तम महर्जन ललितपुरलाई सांस्कृतिक नगरी र साइकलको शहर बनाउने कार्यक्रम जसले ल्याए पनि महत्वपूर्ण रहेको बताए ।

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ। नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।  बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ। यस्ता छन् निर्णयहरू १.पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा जम्मा गर्ने । २.पार्टी सदस्य र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिह रू बाट राहत सहयोग राहत कोषमा जम्मा गर्ने । ३.दीर्घकालीन पुनस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने । ४.बाढिपहिरोको क्षतीबारे स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न र आवश्यक सहजिकरण गर्न केन्द्रीय कार्यालयम हेल्प डेक्स राख्ने।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

लोकप्रिय