डा. महर्जनका प्रतिबद्धताले किर्तिपुरबासीको मन जित्यो

काठमाडौं ।मंसिर १६ गते हुने उपनिर्वाचनका लागि देशभर राजनीतिक माहोल तातेका बेला कीर्तिपुर नगरपालिकाका मेयर पदमा माओवादी केन्द्रका उम्मेदवार डा। शिवशरण महर्जनले सार्वजनिक गरेका प्रतिबद्धताले जनताको मन जितेको छ। त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक, किर्तिपुरमा खानेपानी, शिक्षा, यातायात लगायतका काममा अगुवाई गरेका सामाजिक अभियन्ता र सम्मानित व्यक्तित्वका रूपमा परिचित महर्जनले यसपटक नेकपा (एकीकृत समाजवादी), जसपा, नेसकाको समर्थन पाएका छन्, जसले यो प्रतिस्पर्धालाई थप चासोको विषय बनाएको छ।
डा.महर्जनको प्रतिबद्धतालाई कीर्तिपुरको समृद्धि, स्वावलम्बन र शुद्ध प्रशासनको खाका मान्न सकिन्छ । उहाँको ३५ बुँदे प्रतिबद्धताले स्थानीय जनताको जीवनस्तर उकास्दै नगरपालिकाको समग्र विकासको परिकल्पना प्रस्तुत गरेको छ। उनी स्ववासी समस्याको तत्काल समाधान गर्न प्रतिबद्ध छन्। निःशुल्क फोहोरमैला व्यवस्थापन, खानेपानी र विद्युत् शुल्कमा सहुलियत र घरघरमा समानुपातिक खानेपानी वितरणजस्ता आधारभूत सेवाहरूको कार्यान्वयनलाई प्राथमिकतामा राखेका छन्।
महर्जनको योजना केवल आधारभूत सुविधासम्म सीमित छैन। उनले सबै क्षेत्रमा कालोपत्रे सडक विस्तार, चोभारदेखि सतुंगलसम्म सडक निर्माण र सार्वजनिक पूर्वाधारमा लगानीमार्फत नगरवासीको जीवनलाई सहज बनाउने दृष्टिकोण अघि सारेका छन्। यसैगरी, स्वास्थ्य सेवामा आमूल सुधारका लागि २५ शैयाको विष्णुदेवी अस्पताल निर्माण गर्ने योजना उनका मुख्य प्रतिवद्धतामा पर्छ। त्रिभुवन विश्वविद्यालयमा शिक्षण अस्पतालको शाखा स्थापनादेखि स्थानीय उत्पादनलाई ब्राण्डिङ गरी व्यवस्थित बजार निर्माण गर्नेसम्मका कार्यक्रमहरू उनको योजनामा समावेश छन्।
पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षणमा पनि उनको दृष्टि स्पष्ट छ। चम्पादेवी हुँदै हेटौंडा जोड्ने पक्की सडक, सांस्कृतिक तथा जातीय सङ्ग्रहालयको स्थापना र कीर्तिपुरलाई सूचना प्रविधिमैत्री नगर बनाउँदै निःशुल्क इन्टरनेट सेवाको विस्तारले नगरको पहिचानलाई अझ बलियो बनाउने उनको योजना छ।
महिला, युवा र खेलकुदको क्षेत्रमा उनले विशेष प्राथमिकता दिएका छन्। महिलाको लागि स्वरोजगार परियोजनाहरू सञ्चालन, युवालाई स्वरोजगारमुखी बनाउने र खेलाडीहरूको सम्मानका लागि मासिक भत्ताको सुनिश्चितता उनका ठूला कदमहरू हुन्। नगर खेलकुद परिषद् गठन गरेर सबैको पहुँच विस्तार गर्ने र चोभारमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हल बनाउने योजना कीर्तिपुरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोगी हुनेछन्।
डा। महर्जनको दृष्टिकोण मात्र विकास र समृद्धिमा सीमित छैन। उनले भ्रष्टाचारमुक्त र पारदर्शी शासन प्रणालीको वकालत गरेका छन्। सहकारी पीडितहरूको बचत फिर्ता गर्न पहल गर्ने, कर प्रणालीलाई सुधार गर्दै जनमैत्री बनाउने र विकास निर्माणका कार्यलाई सर्वपक्षीय ढंगले अघि बढाउने अठोटले उनको नेतृत्व क्षमतालाई उजागर गर्छ।
डा.महर्जनको प्रतिबद्धता पत्र केवल वाचा नभई कीर्तिपुरवासीका लागि एउटा स्पष्ट मार्गदर्शन हो, जसले समृद्ध, सुशासनयुक्त, र आत्मनिर्भर नगर निर्माणको आधार तय गर्न सक्छ। कीर्तिपुरको राजनीतिक वातावरण तातेका बेला महर्जनको योजनाले मतदातालाई आकर्षित गर्न सक्ने विश्लेषण गरिएको छ। अब, कीर्तिपुरवासीको मतले उहाँका नगर बनाउने योजनालाई समर्थन गर्छ कि गर्दैन भन्ने विषयले यस निर्वाचनलाई थप रोचक बनाएको छ।
कोसी, वाग्मती र गण्डकीमा धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहँदा वर्षाको गतिविधि बढ्ने देखिएको विभागले जनाएको हो। विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। विशेषगरी कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसबाहेक कोसी र वाग्मती प्रदेशका पहाडी भूभागमा एकदुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। यस क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको समेत सम्भावना रहेको बताइएको छ। रातिको पूर्वानुमानअनुसार, देशभर साधारणतया बदली रहनेछ भने कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै स्थानमा वर्षा हुने सम्भावना छ। यी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने देखिएको छ। विभागले संभावित भारी वर्षाको कारण पहिरो, बाढी र जलस्रोतको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन सबैलाई अनुरोध गरेको छ। विशेषगरी हिमाली र उच्च पहाडी क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिइएको छ।
मौसम पूर्वानुमानः भारी वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशभरको मौसम आगामी २४ घण्टासम्म सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेशका केही स्थानहरूमा पनि वर्षा हुन सक्ने विभागले पूर्वानुमान गरेको छ। यससँगै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको बताइएको छ। बिभागले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी भू–क्षय, बाढी तथा पहिरोको जोखिम हुने स्थानहरूमा सतर्क रहन नागरिकहरूलाई अनुरोध गरिएको छ।
हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : अध्यक्ष प्रचण्ड
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको स्पष्ट पार्नुभएको छ। नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारमा रहँदा देशको समग्र आर्थिक रूपान्तरणका लागि उत्पादनशील राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र दलाल पूँजीलाई नियन्त्रण गर्ने योजनाबद्ध प्रयास गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले सरकारको नेतृत्व गर्दा राष्ट्रिय पूँजी प्रवर्द्धन कसरी गर्ने भन्नेमा ध्यान केन्द्रित गरेका थियौं। हाम्रो नीति र कार्यक्रमहरू हेर्ने हो भने, त्यसको मूल मर्म दलाल पूँजीपतिलाई नियन्त्रण गर्दै राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र सुशासन कायम गर्ने मा नै केन्दृत थियो। तर, दुर्भाग्यवश, यो कुरा ९ तपाईंहरू० राष्ट्रिय पूँजीपतिले भन्दा दलाल पूँजीपतिले पहिले बुझे। उनीहरूलाई लाग्यो—यदि माओवादी सत्तामा बस्यो भने, उनीहरूको स्वार्थमा आँच आउँछ। त्यसैले सरकार को नेतृत्व आफूले नेतृत्व गर्न सक्ने अवस्था त भएन । सोहि कारण उनीहरूले कांग्रेस र एमालेलाई खरिद गरेर सत्ता समीकरण बनाए। यो कुरा म विगतदेखि भन्दै आएको छु।” अध्यक्ष प्रचण्डले जनजीविकासँग प्रत्यक्ष जोडिएका ठूला पूर्वाधार परियोजनाहरू अघि बढाइएको स्मरण गर्दै भन्नुभयो, “सरकारको नेतृत्व गर्दै गर्दा हामीले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोरजस्ता परियोजनाहरूको अवधारणा ल्यायौं। ती योजनाहरूले जनताको जीवनस्तरमा ठूला परिवर्तन ल्याएका छन्। रुकुम र बागलुङका जनताले मध्यपहाडी लोकमार्गले ल्याएको क्रान्तिकारी परिवर्तन अनुभव गरिसकेका छन्। पछिल्लो सरकार सञ्चालनका क्रममा हामीले आठवटा उत्तरी नाका खोल्ने निर्णय पनि गर्यौं, जसले एकतर्फी व्यापार निर्भरता कम गर्न सहयोग पुर्याएको छ।” उहाँले माओवादी नेतृत्वको सरकारले विद्युत् लोडसेडिङ अन्त्य, किसानको ऋण मिनाह, र सामाजिक न्यायको कार्यान्वयन जस्ता जनपक्षीय कामहरू गरेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि जनताको पक्षमा उभिने नीतिहरू लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा महासंघका प्रतिनिधिहरूले वर्तमान आर्थिक संकट, लगानीको वातावरण, र नीति स्थायित्वका विषयमा आफ्ना जिज्ञासा र सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र महासंघका फ्याक्सन इञ्चार्ज गंगा कार्कीले पनि सम्बोधन गर्नुभएको थियो।
आज देशभर मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायतका पहाडी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। राति कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोसी, वाग्मती र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। विभागले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ।