उत्तरी शान्सीको लोक संस्कृतिको बेइजिङ प्रस्तुतीमा नेपाली राजदूत श्रेष्ठ सहभागी

उत्तरी शान्सीको लोक संस्कृतिको बेइजिङ प्रस्तुतीमा नेपाली राजदूत श्रेष्ठ सहभागी

बेइजिङ । मे ३१ तारिखदेखि तीन दिन बेइजिङमा उत्तरी शान्सीको सुन्दर नगरी युलिनको लोकगीत र अन्तर्राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदा आदानप्रदान तथा  प्रदर्शनी सम्पन्न भएको छ ।  कार्यक्रमा नेपाल, लेसोथो, रोमानिया, इक्वेडर, बुर्किना फासो, कोटे डी आइवर, सेन्ट्रल अफ्रिकन रिपब्लिक, साथै बेल्ट एन्ड रोड इनिसिएटिभको एशिया प्रशान्त कोर समूहका कूटनीतिज्ञ, अमूर्त सांस्कृतिक सम्पदाका उत्तराधिकारीहरू र विश्वविद्यालयका प्राध्यापकहरू सहभागी थिए।

अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पदाको सो भेलामा सांस्कृतिक सम्पदाको सहयोग, संरक्षण र सम्पदाको बारेमा छलफल गर्न स्वदेश र विदेशबाट पाहुनाहरूलाई एकसाथ आमन्त्रण गरिएको थियो।

कार्यक्रममा, रूस र युलिनका संगीतकर्मीहरुले पस्तुति गरेका थिए । मञ्चको सजावट र कलाकारको बेजोड प्रस्तुतीले पाहुनाहरूलाई तुरुन्तै उत्तरी शान्सीको स्थानीय स्वादले समृद्ध वातावरणमा पुर्‍याएको आयोजकले जनाएको छ।  यस्ता प्रदर्शनीहरूले परम्परागत संस्कृतिको प्रचारप्रसारमा नयाँ जीवन्तता दिने गरेको विश्वास रहेको छ । कार्यक्रममा सहभागी चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले भने, “मलाई आजको प्रदर्शनीको प्रस्तुति शैली निकै मन पर्यो।मैले पहिले देखेको अन्य प्रदर्शनी भन्दा यो फरक थियो । जुन पर्दशनीले उत्तरी शान्सी लोक गीतहरूको ऐतिहासिक विकासलाई प्रदर्शन गर्न प्रविधिको प्रयोग गरेको महशुस मैले गरे।  म भविष्यमा नेपालको सांस्कृतिक सम्पदा र उत्तरी शान्सीबीचको गहिरो आदानप्रदानको हुने अपेक्षा गर्दछु, हाम्रा दुई क्षेत्रहरूबीचको मैत्रीपूर्ण अन्तरक्रियालाई थप प्रवर्द्धन गर्न जरुरी छ ।

बेल्ट एण्ड रोड एसिया-प्यासिफिक कोर ग्रुप समितिका सल्लाहकार डिग्बी जेम्स वेनले भने, “केही वर्ष पहिले युलिनको भ्रमण गर्न पाउँदा मलाई खुशी लागेको थियो।  त्यहाँका जनताहरू सहृदयी छन्, खाना स्वादिष्ट छ, र मलाई सबैभन्दा बढी प्रभावित गरेको स्थानीय याङ्को प्रदर्शन र लोक गीतहरू थिए।  आज फेरी यस्तै प्रस्तुति देखेर नाचगानमा सामेल नभै रहन सकिन ।  उत्तरी शान्सीको संस्कृति साँच्चै मनमोहक छ।"

यसप्रकारका सांस्कृतिक र साङ्गितिक सम्पदाहरुको प्रदर्शनीले संस्कृतिको अन्वेषण,अभ्यास र अन्तर्राष्ट्रियरुपमा आदानप्रदानमा योगदान पुर्याउने बताइएको छ ।

सत्ता पक्षीय दलको बैठक बालुवाटारमा जारी

काठमाडौँ । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलका शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले जारी रहेको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत सहभागी छन् ।  बैठकमा विचाराधीन विभिन्न अध्यादेशहरूलगायत विषयमा छलफल भएको छ । यसअघि शुक्रबार एमाले र काँग्रेसका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न थियो ।  

महान जनयुद्ध: एक टिप्पणी

अर्धसामन्ती शोषण र अर्धऔपनिवेशिक उत्पीडनबाट पिल्सिएका नेपाली जनताको वर्गीय,जातीय, क्षेत्रीय र लैङ्गिक असमानता र विभेदका विरुद्धको सचेत र संगठित पहलकदमी थियो- जनयुद्ध। स्वतन्त्रता र मुक्तिको वकालत गर्ने नेपाली जनतामाथि थोपरिएको सामन्ती, दलाल र नोकरशाही वर्गीय अत्याचार, आतंक र निरंकुश दमनका विरुद्धको जनविद्रोह थियो- जनयुद्ध। रोल्पा, रुकुम लगायतका देशका दर्जनौं जिल्लामा वैचारिक आस्थाकै कारण वामपन्थी र कम्युनिस्ट क्रान्तिकारीहरुलाई समाप्त गर्ने उद्देश्यले शुरु गरिएको रोमियो अप्रेसन, कम्बिङ्ग अप्रेसन जस्ता जनदमन, झुट्ठा मुद्दा, जेलनेल, राज्यआतंक र निहत्था जनताको नरसंहारका विरुद्धको सशस्त्र जनप्रतिरोध थियो- जनयुद्ध। यो हिंसा थिएन- राज्यआतंक र नरसंहारका विरुद्धको जनप्रतिरोध थियो- जनप्रतिरोध !! जनयुद्ध नेपाली इतिहासमा नेपाली जनताको एक अद्दितिय त्याग, अकल्पनीय समर्पण र वलिदानको गौरवगाथा थियो- जसले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर बिहानीमा पुर्याउने मातृत्व प्रदान गर्यो। जनयुद्धले आफुलाई राजनीतिक परिवर्तनको आधार बनाउदै राजतन्त्रका विरुद्ध लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा ल्याउन सकारात्मक योगदान गर्यो। फलस्वरूप नेपाली जनक्रान्तिले मौलिक रूपमा आफुलाई संयुक्त जनआन्दोलनमा विकास गर्दै संविधानसभाको बाटोमा अघि बढ्यो। आज जनयुद्धले नेपालको क्रान्ति र शान्ति प्रक्रियाको विशिष्ट र मौलिक बाटो पार गर्दै संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र यसको कार्यान्वयनको चरणमा विकास गरेको छ। परिवर्तनको यो प्रक्रियामा जनयुद्धको भुमिकालाई सहि ढंगले बुझ्ने, बुझाउने र यसका आदर्शलाई राजनीतिमा आत्मासाथ गर्ने कुराले राजनीतिलाई स्वार्थसिद्धीको हतियार र नाफाको व्यापार बनाउनबाट बचाउछ। उद्देश्यमुलक यात्रा र निष्ठापुर्ण समर्पणको लागि तयार बनाउछ।  त्यसले म भन्छु, आउ सबैले एकसाथ भनौं:- * महान् जनयुद्ध- जिन्दावाद ✊ * महान् सहिद तथा वेपत्ता योद्धाहरू- लाल सलाम ✊ * जनक्रान्तिका घाइते तथा अपांग योद्धाहरू र सम्पुर्ण क्रान्ति योद्धामा- लाल सलाम ✊ * सहिद तथा वेपत्ता योद्धाका परिवारजनमा- हार्दिक नमन 🙏 * गणतन्त्र नायक अध्यक्ष क. प्रचण्ड  लाल सलाम

सुनको मूल्य एक लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले प्रतितोला एक लाख ७० हजार रुपैयाँ नाघेको छ । मंगलबार तोलामा ८०० रुपैयाँ बढेर एक लाख ७० हजार रुपैयाँमाथि पुगेको हो । सोमबार सुन प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ९७५ रुपैयाँ थियो । आज ३० रुपैयाँले घटेर एक हजार ९४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

नयाँशक्तिको उपाध्यक्षमा मानुषी निर्विरोध, यी नेता पनि भए निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ। दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएको पार्टीको प्रचारप्रसार विभागले जानकारी गराएको छ । उनीहरूसहित केही सदस्य पदमा पनि निर्विरोध निर्वाचित भएका प्रचारप्रसार विभागले जनाएको छ । नेसपा (नयाँ शक्ति) मा पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यमा निर्विरोध नेताहरू उपाध्यक्ष (महिला) – मानुषी यमि भट्टराई उपाध्यक्ष (दलित) – दुर्गा सोब कोसी प्रदेश केन्द्रीय सदस्य (खुला) – मणि राई कोसी प्रदेश केन्द्रीय सदस्य (महिला)– तारा बास्तोला दवाडी मधेस प्रदेश केन्द्रीय सदस्य (महिला) – बिबि समिना खातुन वाग्मती प्रदेश केन्द्रीय सदस्य (महिला) – वसुन्धरा सापकोटा गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुला) – चित्र सापकोटा गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला)– नारायणी अधिकारी लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुला)– कमल खनाल लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) – सुनीता काफ्ले कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुला) – लक्ष्मीप्रसाद भट्टराई कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) – मीराकुमारी मल्ल सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुला) – रतनबहादुर टमटा सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला)– सत्यदेवी चापागाईं भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुला) – लोकेन्द्रबहादुर सुनार केन्द्रीय सदस्य – खुला युवा महिला – निशा श्रेष्ठ आदिवासी जनजाति युवा महिला – मन्जुमाया तामाङ मधेसी महिला – अमृताकुमारी देवी दलित के।स। युवा – हिक्मत वि.क. थारु महिला – गीता थनेत यस्तै, नेसपाको अध्यक्ष पदमा डा.बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दिएका छन् ।

लोकप्रिय